• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

August 12th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न


हेल्थ टुडे,

काठमाडौं, २२ साउन : कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी र क्षेत्रिय उपत्यका यातायत व्यवस्थापन संस्थाको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको ब्रम्हखेल बसपार्कमा साउन २२ गते एक दिने नि:शुल्क स्वास्थ्य सिविर एवं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसिएसन नेपाल पुर्वि भेगिय क्षेत्र र शंकरापुर अस्पतालको सहकार्यमा सम्पन्न भएको स्वास्थ्य सिविर र रक्तदानमा सय जना भन्दा बढीले उपचार सेवा र रक्तदान गरेका थिए । ब्रम्हखेल बसपार्कका बस व्यवसायी, बस चालक, सहचालक र स्थानिसवासीलाई केन्द्रित गरेर स्वास्थ्य सिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमको उदघाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारीले क्याम्पसले समुदायको स्वास्थ्यलाई ध्यानमा राखेर विभिन्न कार्यक्रम आयोजना गर्दै आइरहेको जानकारी दिदै स्वास्थ्य सिविर र रक्तदान कार्यक्रम पनि त्यसकै निरन्तरता भएको बताए । कोटेश्वर क्याम्पस सामुदायिक क्याम्पस भएकाले समुदायका हरेक गतिविधिसंग सहकार्य गरेर क्याम्पस अगाडि बढ्ने अधिकारीले बताए ।
कार्यक्रममा क्षेत्रिय उपत्यका यातायत व्यवस्थापन संस्थाका अध्यक्ष प्रकाश नेपालले सधै कामको चपेटामा हुने बस व्यवसायी, चालक र सहचालकहरुको स्वास्थ्यलाई मध्यनजर गरेर स्वास्थ्य सिविर सञ्चालन गरेको बताए । उनले सिविरमा स्वास्थ्य जाचका साथै आँखा जाचका लागि पनि वरिष्ठ नेत्र रोग विज्ञ सेवा प्रदान गरिएकोले सिविर लाभदायक भएको बताए ।

कार्यक्रममा ब्लड डोनर्स एसोसिएसन पुर्वि भेगिय क्षेत्रका अध्यक्ष रवि रिमाल, कोटेश्वर क्याम्पसका अनुसन्धान व्यवस्थापन ईकाइ प्रमुख सेदुनाथ ढकाल, समाजशास्त्र, ग्रामिण विकास र पत्रिकारिता विभाग प्रमुख कल्पना मरहट्ठा, प्रशासन प्रमुख न्हुच्छेलाल महर्जन र पत्रकारिताका उपप्राध्यापक पदमराज जोशीको पनि सक्रिय सहभागिता रहेको थियो ।
स्वास्थ्य सिविरमा शंकरापुर अस्पतालका वरिष्ठ नेत्र रोग विज्ञ डा.सुचित भण्डारी, एमडी मेडिसिन डा. सुरेश दाहाल, मेडिकल अधिकृत डा. सुरज दाहाल, तुलसी ढुंगाना, तुलसी चुडाल तथा स्टाफ नर्सहरु अनुस्का ढकाल र आरती शर्माले सेवा प्रदान गरेका थिए । कार्यक्रममा कोटेश्वर क्याम्पस स्नातक तहमा अध्ययनरत समाजिक अध्ययनका विद्यार्थीहरुले स्वयं सेवकको रुपमा काम गरेका थिए ।

कार्यक्रममा वडा कावा अध्यक्ष किरण पण्डित, स्वतन्त्र मजदुर संघका कोषाध्यक्ष जिवन बस्नेत लगायतका स्थानिसवासी र समाजसेवीले कोटेश्वर क्याम्पससँगको सहकार्य उपलब्धिमूलक भएको बताएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड
Next article डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132862
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web