हेल्थ टुडे,
काठमाडौँ, २७ साउन : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) नेपालले स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरुका लागि जापानी इन्सेफ्लाइटिस सम्बन्धि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ । सोमबार आयोजना गरेको अभिमुखीकरणमा करिव २० जना स्वास्थ्य पत्रकार सहभागी थिए । डब्लुएचओ सर्भिलेन्स अफिसर डा. सोनिया भगतले जापानी इन्सफ्लाइटिसका विषयमा प्रस्तुतिकरण दिएकी थिइन । उनका अनुसार लामखुट्टेले संक्रमित सुँगुर बंगुर, हाँस, बकुल्ला, वा जंगली चराहरुलाई टोकेर मानिसलाई टोक्दा यो रोग सर्छ । तर सिधै एउटा मासिनबाट अर्को मानिसमा भने सर्दैन । यो रोगको प्रमुख बाहक क्युलेक्स जातको लामखुट्टे हो । जो खैरो रङको र लामा खुट्टा भएको हुन्छ । यो लामखुट्टे साँझपख तथा झिसमिसे बिहानीको समयमा बढी सक्रिय देखिन्छ । उनले धानखेत तथा पानी भएका तथा पानी जमेका क्षेत्रहरु, सुँगुर तथा हाँस फर्म नजिक भएका बस्तिहरु बढी जोखिमयुक्त भएको समेत बताईन् ।
डा. भगतका अनुसार ज्वरो आउनु, टाउको दुख्नु, वाकवाकी लाग्नु वा बान्ता हुनु, कमजोरी महसुस हुनु जेईका सामान्य लक्षण हुन् । तर उच्च ज्वरो (१०२ डिग्री फरेनहाइट भन्दा बढी), टाउको बेस्सरी दुख्नु, शरीरमा कम्पन हुनु, अर्ध चेत वा बेहोस हुनु, शारीरिक कमजोरी वा पक्षघात हुनु वा कोमा पुग्नु यसका गम्भीर लक्षण हुन् ।
सामान्य साधारण लक्षणहरु हुन्छन् । त्यो भनेको सामान्य ज्वरो आउने र टाउको दुख्ने हुन्छ । कतिमा त्यो रोग लागेको लक्षण पनि देखिदैन । उनी अगाडी थप्छिन् यदि कुनै समुदायमा एक जना जापानिज इन्सेफलाइटिसको गम्भीर संक्रमणमा परेका छन् भने त्यहाँ वरपरका २५० बढीलाई त्यसको संक्रमण भएको हुनसक्छ । कार्यक्रममा जानकारी गराईए अनुसार सन् २०२५ मा मात्र नेपालमा जापानी इन्सफ्लाइटिसका कारण ३ जनाको ज्यान गएको छ भने ३४ जनामा संक्रमण देखिएको छ ।
डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Leave a Reply