हेल्थ टुडे,
काठमाडौं, ३ भदौ : आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकासका लागि आयुर्वेदिक ’स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका निमित्त महानिर्देशक डा. श्यामबाबु यादवका अनुसार पहिलो चरणमा ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई २५ स्वास्थ्य संस्थामार्फत स्वर्णप्रासन थोपा खुवाइनेछ ।
यो कार्यक्रमका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आगामी वर्षमा सबै स्थानीय तहमा कार्यक्रम विस्तार गर्ने योजना विभागको बनाएको छ । डा. यादवका अनुसार बालबालिकाको स्वास्थ्य र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने उद्देश्यका साथ सरकारले आयुर्वेदिक पद्धतिअनुसार तयार गरिएको ‘स्वर्णप्रासन’ कार्यक्रम सुरु गरेको छ ।
यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विशेष निर्देशिका स्वीकृत गरिसकेको छ । निमित्त महानिर्देशक डा. यादवका अनुसार पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत कार्यक्रम सुरु हुनेछ ।
डा. यादवका अनुसार, स्वर्णप्रासन भनेको स्वर्ण भस्म, मह र घिउ मिलाएर शास्त्रीय विधिअनुसार तयार गरिएको विशेष औषधि हो । यो ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दिइन्छ ।
‘यसले बच्चाको शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ र रोगविरुद्ध लड्ने क्षमता विकास गर्न सहयोग पु¥याउँछ,’ उनले भने । हाल स्वदेशी उद्योगले उत्पादन नगरेका कारण सुरुमा भारतबाट आयातित स्वर्ण भष्म प्रयोग गरिने भएको छ । ५ भदौदेखि कार्यक्रम सञ्चालन हुने तयारी भइरहेको छ । नेपालमा प्रारम्भिक परीक्षण कार्यक्रम दाङ, भरतपुर (चितवन) र वीरगञ्जमा सम्पन्न भइसकेको छ । डा. यादवका अनुसार परीक्षणमा स्वर्णप्रासन खुवाएको बच्चाहरू शारीरिक र मानसिक रूपमा राम्रो विकास भएका देखिएका छन् । यसका साथै छिमेकी राष्ट्रहरूमा पनि यसको प्रयोग भइरहेको छ ।
आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Leave a Reply