• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

October 7th, 2025 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

डा. मनोहर शर्मा,
हिजोआज शहरीया मानिसहरु माध नभएर ग्रामिण भेकमा बसोबास गरिरहेका माििनसहरुमा मोटोपनको समस्या आम समस्याका रुपमा देखिएको छ । कुनै जमाना थियो मोटोपन भएको व्यक्तिलाई धनी र स्वस्थ्य ठानिन्थ्यो । स्लिम शरीर भएको व्यक्ति खाना नपाएर दुब्लाएको भन्ने मानसिकता थियो । तर अहिले समय फेरिएको छ । मानिसहरु मोटाउनु भन्दा पनि दुब्लाउने विभिन्न उपायको खोजीमा छन । मोटोपन भएका मानिसहरुमा मुटु, कलेजो, फोक्सो सम्बन्धि रोग लाग्ने संभावना बढी भएकाले मानिसहरु अहिले मोटो हुन चाहदैनन् । मोटोपन घटाउन विभिन्न उपायहरु छन । ती मध्ये केही उपायहरु यस प्रकार छन् ।
१.भोकै बसेर चाँडो तौल घटाउने प्रयास गर्नु हुँदैन । यसबाट विभिन्न विकृतिहरू उत्पन्न हुन सक्छन् । हप्ताको १÷२ देखि एक किलो ग्रामभन्दा बढी तौल घटाउनु उपयुक्त हुँदैन ।
२.उसिनेको खाना मात्र खानुपर्छ भन्ने गलत धारणा राख्नु हुँदैन । स्वादका लागि केही मरमसलाहरू प्रयोग गरी खाद्यपदार्थलाई स्वादिष्ट बनाउन सकिन्छ । नुनको मात्रा भने कमै प्रयोग गर्नु उचित हुन्छ ।
३.बिहान–बेलुकीको मुख्य खानाको सुरुआत सुपबाट गर्नु उत्तम हुन्छ । सुप खाएपछि पेट चाँडै भरिन्छ । अरू खाद्यपदार्थ कम खाइन्छ । सुपमा चिल्लो भने हाल्नु हुँदैन । कुनै पनि खाद्यपदार्थलाई राम्रोसँग चपाएर झोल बनेपछि मात्र निल्नु बेस हुन्छ ।
४.दैनिक ३–४ पल्टभन्दा बढी खाना खानु हुँदैन । सधैं नियमित रूपले निश्चित मात्रामा खाद्य पदार्थको प्रयोग गर्नुपर्छ । एकै पल्ट धेरै खानु उचित हुँदैन ।
५.भोकको अनुभूति भइरहेमा अति कम क्यालोरी दिने खाद्यपदार्थहरू जस्तै– गाजर, काँक्रो, कागतीको सर्बत आदि प्रयोग गर्न सकिनेछ ।
६.बेलुकाको खाना (डिनर) अलि सबेरै, बेलुका ७ बजेभित्र खानु उपयुक्त हुन्छ । खाना खानेबित्तिकै सुत्नु हानिकारक हुन्छ ।
७.तौल घटाउनका लागि उचित व्यायाम पनि खाना जत्तिकै महत्वपूर्ण छ । त्यसकारण बिहान सबेरै हिँड्ने अथवा हलुका व्यायाम गर्ने बानी बसाल्नुपर्छ । व्यायाम सकेपछि नियमित स्नान गर्नुपर्छ । यसले शरीरलाई स्वच्छ र फुर्तिलो बनाउँछ । योगासन र प्रणायामबाट पनि तौल घटाउन सकिन्छ ।
८.डाइटिङ सुरु गरेको १–२ हप्तासम्म छटपटी लाग्ने, मीठो, अत्यधिक क्यालोरी दिने खाद्यपदार्थ खान मन लाग्ने, निद्रा नपर्ने, पेट पोल्ने, अमिलचुकी आउने आदि लक्षणहरू देखा पर्न सक्छन । यी लक्षणहरूलाई आत्मबलले दबाउनुपर्छ । तौल घटाउने दृढ संकल्प लिएमा यस्ता सानातिना समस्याहरूलाई सजिलौ निराकरण गर्न सकिन्छ । पेटभित्रको अम्ललाई प्रशस्त पानी पिएर जित्न सकिन्छ । आवश्यक परे एसिडिटी घटाउने औषधि सेवन गरे हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article घर पालुवा जनावरले समेत सार्न सक्छ रोग
Next article मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web