• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

October 29th, 2025 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लुक्ला अस्पतालको २० वर्षे यात्रा  : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

हेल्थ टुडे,
लुक्ला : हिमालको काखमा अवस्थित पासाङल्हामु निकोल निक्की अस्पताल, लुक्लाले आफ्नो २० औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । अस्पतालले सो अवसरमा विगत दुई दशकमा प्राप्त उपलब्धिहरू समेत सार्वजनिक गरेको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ( फोनिज) का सल्लाहकार समेत रहेका अस्पतालका कार्यकारी निर्देशक पासाङकाजी शेर्पाका अनुसार स्थापना भएको २० वर्षमा अस्पतालले तीन लाखभन्दा बढी बिरामीको उपचार र एक हजार पाँच सय शिशुको सुरक्षित जन्म गराएको छ। सगरमाथा आरोहणको सम्झनामा स्थापना गरिएको यस सामुदायिक अस्पतालले हिमाली क्षेत्रका स्थानीयबासीदेखि स्वदेशी र विदेशी पर्यटकसम्मका लागि जीवनरक्षक स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
राष्ट्रिय विभूति पासाङल्हामु शेर्पाले हिमाली समुदायका लागि अस्पताल निर्माण गर्ने सपना देखेकी थिइन्। तर, सगरमाथा आरोहणकै क्रममा उनको निधन भएपछि त्यो सपना अपूरो रह्यो। त्यही बेला स्विजरल्याण्डकी पहिलो महिला ट्रेकिङ गाइड निकोल निक्की हिमालय आरोहणको क्रममा दुर्घटनामा पर्दा लुक्लामा उनको भेट पासाङ ल्हामुका भाई आङ गेलु शेर्पासँग भयो। पछि आङ गेलु निकोलसँगै स्विजरल्याण्डमा पनि साथ रहे । निक्कीले पासाङ ल्हामुको अपूरो सपना पूरा गर्ने प्रतिबद्धता जनाउँदै करिब २५ वर्षअघि लुक्लामा अस्पताल निर्माणको पहल गरेकी थिइन्। फलस्वरूप दुवै महान महिलाको नाममा पासाङल्हामु निकोल निक्की अस्पताल स्थापना भयो, जसले अहिले २० वर्ष पूरा गरेको छ।
फोनिजका सल्लाहकार एवं अस्पतालका निर्देशक पासाङकाजी शेर्पाले अस्पतालले मातृस्वास्थ्य, बालस्वास्थ्य, आपत्कालीन उपचारदेखि हड्डी र आँखासम्बन्धी स्वास्थ्य शिविरसम्म निरन्तर सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार, हिमाल आरोहण र ट्रेकिङका क्रममा घाइते हुने पर्यटकहरूलाई तत्काल रेस्क्यु गरी उपचार गर्ने व्यवस्था गरिएको छ। सोलुखुम्बुका चौरिखर्क, लुक्ला, सेर्कु र नाम्चेसम्मका बासिन्दाले पनि यसै अस्पतालबाट उपचार लिँदै आएका छन्।
कार्यक्रमका प्रमुख अतिथि स्विस राजदूत डानिएला भेरोनिक मोलीले उक्त अस्पताललाई स्विस–नेपाली मित्रताको प्रतीक भन्दै प्रशंसा गरिन्। उनले भनिन्, “हिमालको मुटुमा अवस्थित यो अस्पतालले दुई दशकदेखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ, जुन स्विट्जरल्यान्ड र नेपालको मैत्री सम्बन्धको उज्यालो उदाहरण हो।”
खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरिङ शेर्पाले अस्पतालले स्थानीय तथा पर्यटक दुवैका लागि जीवनरक्षक भूमिका खेलेको बताए। “यो अस्पतालले प्रसूति सेवा, गर्भाशय उपचार, निःशुल्क औषधि वितरण र हिमाली स्वास्थ्य सचेतनामा अमूल्य योगदान र्पुयाएको छ,” उनले भने। स्विजरल्याण्डबाट आएकी अस्पतालकी संस्थापक निकोल निक्कीले २० वर्ष कसरी बित्यो पत्तै नपाएको बताउँदै स्विस दाताद्वय रब र राल्फको सहयोगमा स्थापना भएको ‘जन्म चिल्ड्रेन एजुकेसन प्रोजेक्ट’ले अस्पतालमा जन्मिएका प्रत्येक बालबालिकालाई कक्षा १० सम्म वार्षिक २२० स्विस फ्राङ्क छात्रवृत्ति उपलब्ध गराइँदै आएको जानकारी दिइन्। उनका अनुसार यो वर्ष मात्रै २६१ बालबालिकाले छात्रवृत्ति प्राप्त गरेका छन्।
२५ शय्या क्षमताको यो अस्पतालमा दुई चिकित्सकसहित २५ जना कर्मचारी कार्यरत छन्। अस्पतालले आफ्नो २१ किलोवाटको हाइड्रोपावर र ९ किलोवाटको सोलार प्रणालीबाट विद्युत् उत्पादन गरी स्वावलम्बी रूपमा सञ्चालन गरिरहेको छ। आर्थिक अभाव भएका बिरामीहरूको निःशुल्क उपचार गर्ने तथा काठमाडौं रिफर गर्नुपर्ने अवस्थामा समेत आर्थिक सहयोग गर्ने परम्परा अस्पतालले निरन्तरता दिएको छ।
कार्यक्रममा पासाङल्हामु फाउन्डेशनकी अध्यक्ष तथा पूर्वराजदूत दावाफुटी शेर्पा, पासाङल्हामु शेर्पाका दाजु क्याप्टेन आङ गेलु शेर्पा, स्विसका पूर्वराजदूतसहित तीन दर्जनभन्दा बढी स्विस नागरिक उपस्थित थिए। झन्डै पाँच सय जनाको सहभागिता रहेको समारोहमा स्थानीय महिलाहरूको सांस्कृतिक नृत्य र हिमाली शेर्पा परिकारहरू प्रस्तुत गरिएका थिए, जसले उत्सवलाई झन् रौनकपूर्ण बनायो।
पासाङल्हामु निकोल निक्की अस्पताल आज केवल सोलुखुम्बुको गौरव मात्र होइन, सारा देशका लागि एक नमूना सामुदायिक अस्पतालका रूपमा स्थापित भइसकेको छ, जसले स्वास्थ्य, सहयोग र समर्पणको उज्यालो हिमालमा फैलाइरहेको छ।
 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध
Next article निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132796
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

31
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web