हेल्थ टुडे,
काठमाडौं, २८ माघ : विगत दुई वटा संस्करण चितवनमा भएको नेपाल फर्मा एक्स्पो यो वर्ष भने काठमाडौंको भृकुटी मण्डपमा आयोजना हुने भएको छ । स्वदेशी र विदेशी गरि २०० वटा स्टल रहने एक्स्पो आउदो फागुन २८ देखि ३० गतेसम्म आयोजना गरिने आयोजक नेपाल औषधि उत्पादक संघले बुधबार पत्रकार सम्मेलन गरि जानकारी दिएको हो ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष विप्लब अधिकारीले स्वदेशी औषधि उद्योगको विकास र नयाँ प्रविधिका विषयमा विदेशका भइरहेको प्रगतिका विषयमा जानकारी दिएर औषधिमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ एक्स्पो आयोजना गर्न लागिएको बताए । नेपाल फर्मा एक्स्पोमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याव टेक्नोलोजी, कच्चा पदार्थ र मेसिनरीहरुको प्रदर्शन हुने अध्यक्ष अधिकारीले बताए ।
संघका महासचिव सन्तोष बरालले एक्स्पो मार्फत नेपाली औषधि उद्योगले उत्पादन गरिरहेका गुणस्तरीय औषधिका बिषयमा सरोकारवालालाई विश्वास दिलाउनु पनि एक्स्पोको अर्को पाटो भएको बताए । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले औषधिमा नेपाललाई आत्म निर्भर बनाउने अभियानमा सरकारले हातेमालो गर्न खोजेको बताउदै एक्स्पोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधि विभागको सहकार्य रहेको जानकारी दिए । उनले एक्स्पोमा सरकारी औषधि उद्योगको समेत स्टल रहने बताए ।
एक्स्पोका मिडिया कोअर्डिनेटर शैलेश वैद्यले यस पटकको एक्स्पोमा आयुर्वेद क्षेत्रलाई पनि सहभागी गराइने जानकारी दिए । एक्स्पोमा ९० प्रतिसत स्टल विदशीका हुनेछन भने १० प्रतिसत नेपाली हुने छन् । नेपाली बजारमा खपत हुने औषधिको ५० प्रतिसत पनि औषधि स्वदेशमै उत्पादन हुने गरेको औषधि उत्पादकहरुको दावी छ ।
दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने







Leave a Reply