• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

September 3rd, 2026 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

हेल्थ टुडे,
काठमाडौं, १८ भदौ  : भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोमा परी घाइते भएकामध्ये काठमाडौंका तीन प्रमुख अस्पतालमा ४६ जना उपचाररत रहेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ), राष्ट्रिय ट्रमा सेन्टर र वीर अस्पतालमा उद्धार गरी ल्याइएका घाइतेमध्ये अधिकांश उपचारपछि डिस्चार्ज भइसकेका छन् भने गम्भीर अवस्थाका केही बिरामी अझै उपचाररत छन् ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ३० जना

टिचिङ अस्पतालमा रसुवा बाढीपहिरोमा परी घाइते भएका कुल ७७ जनालाई उपचारका लागि ल्याइएको थियो । तीमध्ये हाल ३० जना उपचाररत छन् । ४२ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने एक जनाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । चार जना अन्य अवस्थामा रहेका छन् ।

अस्पतालका अनुसार उपचाररत घाइतेहरूमा एचडीयू, न्यूरोसर्जरी, अर्थोपेडिक, आईसीयू, प्लास्टिक सर्जरी तथा बर्न वार्डमा उपचार गराइरहेका छन् । केही बिरामीलाई अब्जर्भेसनमा राखिएको छ ।

उपचारका क्रममा मृत्यु हुनेमा २५ वर्षीय कुशल मगर रहेका छन् । बाढीपहिरोमा परी घाइते भएका बिरामीको उपचार तथा स्वास्थ्य अवस्थाको निगरानी निरन्तर भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।

ट्रमा सेन्टरमा १२ जना उपचाररत

राष्ट्रिय ट्रमा सेन्टरमा बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका ५० जनामध्ये ३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । हाल १२ जना उपचाररत छन् ।

उपचाररत १२ जनामध्ये तीन जना उच्च निगरानी कक्ष (एचडीयू)मा छन् भने नौ जना आपत्कालीन कक्ष तथा अन्य वार्डमा उपचाररत छन् । एक जनालाई थप उपचारका लागि अन्य अस्पतालमा रिफर गरिएको छ भने एक जनाको उपचारका क्रममा मृत्यु भएको सेन्टरले जनाएको छ ।

ट्रमा सेन्टरमा उपचाररत घाइतेहरूमा टाउको, छाती, हातखुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरूको स्वास्थ्य अवस्थालाई निरन्तर निगरानीमा राखेर आवश्यक उपचार भइरहेको अस्पतालले जनाएको छ ।

वीर अस्पतालमा चार जना

वीर अस्पतालमा रसुवा बाढीपहिरोबाट उद्धार गरी ल्याइएका १९ जनामध्ये हाल चार जना उपचाररत छन् । बाँकी बिरामी उपचारपछि घर फर्किसकेका छन् ।

तीनवटै अस्पतालका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरी ल्याइएका घाइतेहरूको स्वास्थ्य अवस्था नियमित रूपमा जाँच गरी अवस्थाअनुसार उपचार र विशेष निगरानीको व्यवस्था गरिएको छ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीले ठूलो जनधनको क्षति पु¥याएपछि घाइतेहरूलाई उद्धार गरी काठमाडौं ल्याइएको थियो । गम्भीर घाइतेहरूको उपचार अझै जारी रहेकाले सम्बन्धित अस्पतालहरूले उनीहरूको स्वास्थ्य अवस्थालाई प्राथमिकताका साथ निगरानी गरिरहेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग
Next article औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134296
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

21
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web