• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

रिसाइरहने बानीले हृदयाघात

November 18th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रिसाइरहने बानीले हृदयाघात

 

डा.भारत रावत

आफूलाई एकदमै रिस उठेको बेला सम्झनुहोस् त ! रिसाएको बेला तपार्इंको मुटुको चाल एकदम छिटो हुन्छ, मुख रातो हुन्छ, भनाइको तात्पर्य के हो भने रिसाएको बेला तपाईंमा हुने शारीरिक परिवर्तन यही नै हो । तपाईंको मुटुको चाल बढ्नाले र दाह्रा किट्ने गर्नाले रक्तचाप बढ्छ ।

यी सबै प्रसंगहरू तपार्इंलाई रक्तचाप बढाउने कारक तत्व बन्छन् र उच्च रक्तचाप पक्षाघात गराउने मूल कारण पनि हो । रिसाएको बेला मानिसको मुटुमा अक्सिजन परिपूर्ण भएको रगत आपूर्ति गर्ने धमनी साँघुरिन्छ र त्यसले गर्दा रगत बाक्लिएर खतरनाक रूपमा जम्ने सम्भावना हुन्छ जसले गर्दा हृदयाघात वा पक्षघात हुन सक्छ । त्यसैले यदि तपाईं कसैसित रिसाउनुहुन्छ भने त्यसले तपाईंलाई नै बढी हानि पु¥याउँछ भन्ने कुरा सम्झनामा राखिरहनुहोस् ।

रिसाइरहने बानी अथवा झडंग गर्ने स्वभाव अँगाल्नाले तपाईंलाई नराम्रो खाना खाने, चुरोट तान्ने वा रक्सी सेवन गर्ने नराम्रा लततर्फ लैजाने धेरै सम्भावना छ । जसले केवल मुटुको रोग वृद्धि गर्नलाई मद्दत गर्छ । आफ्नो रिसलाई नियन्त्रण गर्ने तरिका सिक्नु वा जान्नुभयो भने यसले तपार्इंमा पर्ने दबाबलाई कम गर्न मद्दत गर्छ भन्ने नै हो भने यसले ज्यानसमेत बचाउँछ । झडंग रिसाउनु या रिसलाई लुकाउन खोज्नुभन्दा यसलाई विस्तारै शान्त भएर प्रकट गर्नु अत्यन्त स्वस्थकर हुन्छ । ससाना कुरामा पनि झडंग रिसाउने या सधैंजस्तो रिसाइरहने व्यक्तिलाई मुटुको रोग लाग्ने वा हृदयाघात हुने खतरा बढी हुन्छ । रिस र स्वास्थ्यको सोझो सम्बन्ध हुन्छ भन्ने कुरा अनुसन्धानहरूले देखाएका छन् । सन् २००४ मा गरिएको एक अध्ययनमा रिस तथा कुण्ठाले मुटुको चाल असामान्य तुल्याउँछ र आकस्मिक मृत्यु निम्त्याउन सक्छ । कमजोर मुटुलाई स्वचालनमा ल्याउने उपकरण शरीरभित्र प्रत्यारोपण गर्दा वैज्ञानिकहरूले शारीरिक तनावले भन्दा मानसिक तनावले व्यक्तिमा मुटुको गति असामान्य तवरले छिटो हुन जान्छ भनी पत्ता लगाएका छन् । मुटुको गति असामान्य गराउने एकमात्र कारण मानसिक तनाव हो भनी बुझाउने यो पहिलो अध्ययन हो । अनुसन्धानकर्ताहरूले मुटुका गति असामान्य भएका व्यक्तित्वहरू पत्ता लगाउन भविष्यले मद्दत गर्नेछ भनी आशा राखेका छन् । मुटुको रोग विस्तारै बढाउँदै लैजान रिसले महत्वपूर्ण भूमिका खेल्छ । आफ्नो रिस पोख्ने व्यक्तिलाई भन्दा भित्रभित्र रिस पाल्ने व्यक्तिलाई ७५ प्रतिशत बढी मुटुका धमनीको रोग हुने सम्भावना रहेको एक अध्ययनले देखाएको छ । रिस र उच्च रक्तचापको सम्बन्ध रहेको बारे पनि अनुसन्धानहरूले देखाएका छन् ।

केही अरू अध्ययनअनुसार रिसले कम स्तरका व्यक्तिलाई भन्दा रिसको प्रचण्ड स्तर भएका व्यक्तिलाई तीन दोब्बर बढी हृदयाघात हुने वा छाती दुख्ने सम्भावना हुन्छ भन्ने छ । खासगरी रिस उठेको बेला केही कुरा फुटालौं वा कसैको टाउको फुटाऔं भन्ने भावना उब्जने व्यक्तिहरूमा यो सम्भावना अझ बढी हुन्छ । समयको अन्तरालका साथै रिसका कारण नोक्सान पु¥याउने खालका असरहरू बढ्दै जान सक्छन् । सन् २००२ मा गरिएको अध्ययनले धेरै रिस चाहे त्यो लुकाइएको होस् वा प्रदर्शन गरिएको होस्, त्यसबाट बढेको तनाव खपेका व्यक्तिमा हृदयाघात बढी भएको पाइएको छ । युवा मानिसमा सुरु गरी तिनीहरूको ४८ वर्षको उमेरसम्म जारी राखिएको हुनाले यो अध्ययन विशेष मानिएको छ ।

रिससँगसँगै आउने शारीरिक परिवर्तन मुटुको गति छिटो हुनु र रक्तचाप बढ्नु हो । यो परिवर्तन क्षणिक हो तर लामो वा लगातार रिसाइरहने भयो भने यसले रक्तचापलाई उच्च बनाउन योगदान गर्छ । साधारणतः कम झगडालु व्यक्तिमा भन्दा बढी झगडालुमा रिसको तीव्रता हुने कुरा अनुसन्धानबाट पत्ता लागेको छ । साथै यस्ता झगडालु मानिसमा रिस पनि लामो समयसम्म रहिरहन्छ । झगडा गर्न उद्यत् मानिसमा बढी र लामो समयसम्म रक्तचाप बढ्छ ।

रिस र पक्षघातका बारेमा गरिएको अनुसन्धानले प्रकट नगरिएका रिस, विद्वेष तथा लामो समयदेखिको रिसभन्दा सोझो एवम् शान्त तरिकाले व्यक्त वा प्रकट गरिएको रिस बढी स्वस्थकर हुन्छ भनेको छ । ससाना नकारात्मक व्यवहारले पनि राम्रो मस्तिष्क तथा मुटुमा असर पार्छन् भनी अन्य अध्ययनले ध्यानाकर्षण गरेका छन् । उदाहरणका लागि एक अध्ययनले धेरै बिरामीहरूमा अध्ययन गर्दा धैर्य नभएका, करकरे तथा अरूलाई जित्ने व्यक्तिलाई मुटु रोग र पक्षघातको बढी जोखिम भएको पाइएको छ ।

( डा. रावत मुटु रोग विशेषज्ञ हुन ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बुवा भन्नुहुन्छ, छोरी नर्स होइन डाक्टर हो
Next article यसरि हुन सक्छ पुरुषमा बाँझोपन

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132765
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web