• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

November 22nd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अपर्झट हुने हृदयघातबाट कसरी बच्ने ?

डा. भगवान कोइराला

अधिकांश हृदयाघात अस्वस्थकर खानपिन र विलासी जीवनशैलीका कारण हुने भएकाले यसलाई हामी आफैँले नियन्त्रणमा ल्याउन सक्छौँ । तर, पनि हामी समयमा ख्याल गर्दैनौँ । रोग लागेर ढलिसकेपछि नियन्त्रण गर्छु भन्दा धेरै ढिला भैसकेको हुन्छ । त्यसकारण हृदयाघातबाट जोगिन मानिसले आफ्नो दैनिकी तथा खानपिनमा नै सुधार ल्याउनु पर्छ । सबैभन्दा प्रमुख कुरा मानिसले आफूलाई भएका उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल, मोटोपन जस्ता कुरालाई नियन्त्रणमा राख्नुपर्छ । यसको सबैभन्दा उत्तम उपाय भनेको नै व्यायाम हो । व्यायामले हृदयाघात गराउने पाँच वटा प्रमुख कारकलाई नियन्त्रण गर्न सकिन्छ ।

हृदयघातबाट बच्न हामीले मुटुलाई स्वस्थ राख्ने उपायहरू जस्तै धूमपान तथा सुर्ती सेवन नगर्ने, अत्याधिक मद्यपान नगर्ने, मोटोपना घटाउने, नियमित व्यायाम गर्ने, सन्तुलित आहार खाने र मानसिक तनावबाट मुक्त हुने गर्नुपर्छ । प्रशस्तमात्रामा हरियो तरकारी र फलफूल खाने गरेमा तथा दैनिक छिटोछिटो दौडिने र व्यायाम गर्ने बानीले हृदयाघातको जोखिम कम्तीमा ८० प्रतिशत घटाउन सकिन्छ । समाज तथा राष्ट्रका तर्फबाट पनि नियन्त्रणका कार्य अगाडि बढाउँनु पर्छ । व्यक्तिले आफ्नो जीवनशैली तथा खानपानमा सुधार ल्याउँदा ल्याँउदै पनि अन्य सामाजिक कारणले पनि हृदयरोग निम्तन सक्छ । प्रदुषण नियन्त्रण गर्ने काम व्यक्ति एउटाको प्रयासले मात्र सम्भव हुन्न । दमले पनि हृदयाघात हुन्छ भन्ने प्रमाणित भैसकेको छ ।

त्यसकारण दम गराउने कारकहरू प्रदुषण, धुलो, धुँवा नियन्त्रणका लागि सरकारले प्रदुषण नियन्त्रणका कार्यक्रम ल्याउँनुपर्छ । ग्रामीण भेगमा धुँवारहित चुलोको बिस्तार गर्न सरकार तथा समुदायले पहल अगाडि बढाउँनु पर्छ । अर्को कुरा अहिले बजारमा बढ्दै गएको जंकफुड नियन्त्रणका लागि पनि सरकारले नीतिगत व्यवस्था गर्नुपर्छ । जंकफुड मुटुरोगको अर्को कारण हो । यसलाई कसरी निरुत्साहित र नियन्त्रणमा ल्याउने भन्ने कानुन बनाउन आवश्यक छ । पश्चिमा देशको जीवनशैली नक्कल गर्ने क्रममा अहिले युवामा हृदयाघातको जोखिम तीव्र रुपमा बढेको छ । ४० वर्षभन्दा कम उमेरका युवामा हृदयाघात भएकामध्ये ९८ प्रतिशत लामो समयदेखि धूमपानको लतमा परेको पाइन्छ । हृदयाघातको उपचारका क्रममा सबैभन्दा कम उमेर २१ वर्षकी युवतीको उपचार गरेको छु ।

ती युवतीलाई जीवनशैलीका कारणले भन्दा पनि मुटुको नली सुन्निने समस्याका कारण हृदयाघात भएको थियो । हृदयाघात वंशाणुगत तथा मुटुका अन्य संक्रमणका कारण पनि हुन्छ । यस्तो समस्या निराकणका लागि समय–समयमा स्वास्थ्य परीक्षण गराइरहनु पर्छ । हृदयाघात भैसकेपछि समयमा नै अस्पतालमा पु¥याउँन सके धेरैको ज्यान जोगाउन सकिन्छ । हृदयाघात नै भएर ढलेका बिरामीको उपचार भनेको बन्द भएको मुटुको रक्तप्रवाहलाई खुलाउनु हो । बन्द रक्तप्रवाहलाई जतिसक्दो चाँडो खुलाउन सक्यो त्यति धेरै बिरामीको बाँच्ने सम्भावना हुन्छ ।बन्द भएको मुटुलाई चिकित्सकले २ तरिकाले खोल्न सक्छन् । पहिलो उपाय भनेको औषधि दिएर र दोस्रो भनेको एन्जियोप्लाष्टि गरेर हो । हृदयाघात भैसकेपछि ज्यान जोगाएका बिरामीले जीवनशैली र खानपिनको बारेमा ध्यान दिनुका साथै नियमित औषधि पनि सेवन गर्नुपर्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कसलाई हुन्छ पाठेघरको मुखको क्यान्सर
Next article सार्क इमर्जेन्सी चिकित्सक सम्मेलन हुदै

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132714
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web