• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 11th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

प्रोस्टेट समस्याको उत्तम विकल्प अप्रेसन

November 26th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रोस्टेट समस्याको उत्तम विकल्प अप्रेसन

प्रा.डा.अर्जुनदेव भट्ट

पुरुषमा प्रोस्टेट (पुरुष) ग्रन्थी बढेर पिसाब रोकिन्छ । यो कुरा सन् १६४९ मा अनुमान विज्ञहरूले अनुमान गरेका थिए । १९औं शताब्दीको अन्त्यमा बढेको ग्रन्थीको शल्यक्रिया गरी त्यो अनुमानलाई व्यवहारमा सिद्ध गरियो । २१औं शताब्दीमा विज्ञानले प्रोस्टेट ग्रन्थी शल्यक्रियालाई बिरामीमैत्री बनाएर बिना चिरफार, थोरै समय अस्पतालमा भर्ना भएर पुग्ने अवस्थामा पु¥याएको छ । प्रायः यो शल्यक्रिया वृद्ध उमेरमा गरिने र त्यो समयमा धेरै बिरामीको मधुमेह, उच्च रक्तचाप, फोक्सोसम्बन्धी रोग इत्यादि हुने भएकाले पूर्वतयारीको सिलसिलामा बिरामीको सम्पूर्ण अध्ययन गर्नुपर्ने हुन्छ । प्रायःजसो बिरामी शल्य उपचारअघि लामो वा छोटो समय प्रोस्टेट संलग्न औषधोपचार गरेरै आउने गर्छन् । त्यसैले शल्य उपचारमा प्रवेश गर्नुको मूल उद्देश्य औषधोपचारबाट उपलब्ध गर्न नसकेको फाइदा प्राप्त गर्नु हो ।

मूत्र सञ्चालनमा असर

प्रोस्टेट ग्रन्थीको तौल औसतमा १०–२०÷२५ ग्रामसम्म हुन्छ । ४० वर्ष नाघेका पुरुषको प्रोस्टेट ग्रन्थी बढ्ने क्रममा हुन्छ । ग्रन्थी वृद्धि हुँदै जाँदा मूत्रनलीको प्वाल साँघुरो भएर मूत्र निष्कासनमा नकारात्मक असर पर्छ । सुरुमा पिसाब फेरिसकेपछि अन्त्यमा केही थोपा खस्छ । समय बित्दै जाँदा पूरा पिसाब ननिख्रेको अनुभव हुने, जानासाथ पिसाब नखुल्ने हुनाले केहीबेर पर्खनुपर्ने वा कन्नुपर्ने, पिसाबको धारा लुलो वा मसिनो हुने, राति पिसाब फेर्न उठ्नुपर्ने, पिसाब पोल्ने, छिटोछिटो पिसाब फेरिराख्नुपर्ने जस्ता लक्षण देखिन थाल्छ । मूत्रथैलीमा पत्थरी जम्ने, राति सुतेको बेला थाहै नपाई पिसाब चुहिने मिर्गाैलाको कार्यक्षमता कम हुनेजस्ता लक्षण भने लामो समयपछि देखिन सक्छ । तर यी सबै लक्षण देखा पर्ने प्रोस्टेट ग्रन्थी ज्यादै ठूलो हुनुपर्छ भन्ने छैन । ग्रन्थी सानो ठूलो जत्रो भए पनि मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग (जसलाई पुरुष ग्रन्थीले बेरेर राखेको हुन्छ) ले लचकता गुमाएमा पिसाब सञ्चालनमा अवरोध उत्पन्न हुन्छ । साथै ग्रन्थीको बीचको भाग वृद्धि भएर मूत्रथैलीको घाँटीमा बिर्को (भल्भ) जस्तो भएमा मूत्र सञ्चालनमा ज्यादै नराम्रो असर पर्छ । लचकता गुमाएको मूत्रथैलीको घाँटी र मूत्रनलीको सुरुको भाग तथा प्रोस्टेटको बीचको भाग बढेर बिर्कोजस्तो भएको अवस्थामा औषधोपचारले सन्तोषजनक मूत्र सञ्चालन हुन्न । त्यसैले यस्ता बिरामी उपयुक्त उपचारको खोजीमा भौतारिरहेका हुन्छन् । ठूलो प्रोस्टेट हुने बिरामी तथा खासै ग्रन्थी नबढेका बिरामीहरू जो औषधोपचारमा सन्तुष्ट नभएर शल्यक्रिया गराउन तत्पर हुन्छन्, सबैको प्रमुख चाहना मूत्र सञ्चालन औषधि सेवन गर्दाभन्दा खुलेर होस् दिनरात धेरैपल्ट पिसाब फेर्न नपरोस्, पिसाब ननिख्रेर मिर्गौला नबिग्रियोस् भन्नु नै हुन्छ । सबै चाहना जायज, स्वाभाविक तथा नैसर्गिक हुन् ।

उपचार गर्दा ध्यान दिनुपर्ने कुरा

प्रोस्टेट ग्रन्थी बढ्न नदिने तथा घटाउने र मूत्र सञ्चालन बढी सजिलो पार्ने दुवै खालका औषधिको प्रयोग एकैसाथ गर्दा वढी प्रभावकारी र मूत्र लक्षणमा राम्रो उपलब्धि हासिल हुन्छ ।

१. साना प्रोस्टेट ग्रन्थी भएका बिरामी ठूला ग्रन्थी हुनेको तुलनामा माथि उल्लेखित संयुक्त औषधोपचार गर्दा पनि मूत्र लक्षणमा खासै कमी महसुस गर्दैनन् ।

२. मूत्र बेगको उच्च गति १० मिलिलिटर प्रतिसेकेन्डभन्दा कम भएमा ७० वर्ष नाघेका पुरुष उनीहरूभन्दा कान्छाको दाँजोमा छिट्टै जटिल समस्या अनुभव गर्छन् । त्यसैले पिसाब फेरिसकेपछि थैलीमा धेरै मूत्र बाँकी रहने मूत्र उच्च बेग घटेका ७० नाघेका वृद्धहरूको जाँच बढी छिटोछिटो हुनुपर्छ ।

३. प्रोस्टेट ग्रन्थीको वृद्धि ७० नाघेका पुरुषमा त्योभन्दा कम उमेरका पुरुषको दाँजोमा सुस्त हुने भएकाले यसलाई औषधोपचारको प्रभावकारिताको रूपमा लिनु हुन्न ।

कस्ता बिरामीले शल्यक्रिया गराउने ?

१. पिसाब पूरै रोकिएमा ।

२. पिसाब थोरै हुने तर थैलीमा धेरै बाँकी रहेर मिर्गौलाको कार्यक्षमता बिगार्ने अवस्था भएमा ।

३. मूत्रथैलीको लचकता नष्ट भएर तन्किएको अवस्थामा ।

४. मूत्रथैलीको पत्थरी भएमा ।

५. मूत्र रक्तस्राव भएमा ।

६. बारम्बार मूत्र संक्रमण भइरहे ।

७. प्रोस्टेटको मध्यभाग बढेर मूत्रथैलीभित्र एक सेन्टिमिटर वा बढी प्रवेश गरेमा ।

८. औषधोपचारबाट मूत्र सञ्चालन सन्तोषप्रद नभए ।

शल्य उपचारपछिको अपेक्षा ः

१. मूत्र सञ्चालन व्यवस्थित हुन्छ ।

२. मूत्रथैलीमा धेरै पिसाब बाँकी रहन्न ।

३. मिर्गौला बिग्रन दिँदैन ।

४. मूत्र संक्रमण नियन्त्रण गर्छ ।

५. मूत्र रक्तस्राव रोकिन्छ ।

तर यो शल्यक्रियापछि पनि राति पिसाब गर्नै नपर्ने अवस्था ल्याउन सकिँदैन । शल्यक्रिया पूर्व पिसाब रोक्नै नसक्नेले राहत पाए पनि अवस्था निमिट्यान्न हुन्न । यौनक्रीडापछि वीर्य स्खलन बाहिर हुँदैन । मूत्र सञ्चालन सुचारु लक्षित प्रोक्टेट शल्यक्रियाले बिरामीलाई प्रोस्टेट क्यान्सरबाट सुरक्षित पार्न कुनै भूमिका खेल्दैन ।

अन्त्यमा

प्रोस्टेट ग्रन्थी पुरुषको महत्वपूर्ण अंग हो । तर यसले ४० वर्षपछि बढेर वा सुकेर मूत्र सञ्चालनमा व्यवधान गर्न सक्छ । सुरुमा औषधोपचारबाट धेरै बिरामी सन्तोषजनक उपलब्धि हासिल गर्न सक्छन् । तर यो उपचारविधि सन्तोषप्रद हुन छोडेपछि र खासगरी पिसाब पूरै रोकिए, मूत्र रक्तस्राव भए, बारम्बार मूत्र संक्रमण देखा परे, मूत्र थैलीमा पत्थरी जमे वा मिर्गाैला फेल भए शल्यक्रिया एकमात्र उत्तम विकल्प हुन्छ । यो विधि समयमै अपनाउँदा मूत्र सञ्चालन व्यवस्थित हुनुका साथै मिर्गौलाको कार्यक्षमतालाई ह्रास हुन दिँदैन । तर यो उपचारले बिरामीलाई प्रोस्टेट क्यान्सर उन्मुक्त पार्दैन ।

(प्रा.डा. भट्ट, मेडिकेयर अस्पतालका वरिष्ठ युरोलोजिस्ट कन्सल्टेन्ट हुन् ।)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यात्रामा वान्ता भए यसो गरौ
Next article रेडियोलोजीमा जनशक्ति अभाव

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134328
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web