• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 16th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

November 26th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलमा खुल्यो क्यान्सर सेन्टर

हेल्थ टुडे

काठमाडौं, १० मंसिर :  ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले आईतबारदेखि क्यान्सरका विरामीको सुविधाकालागि क्यान्सर सेन्टर सञ्चालन गरेको छ । भक्तपुरमा रहेको काठमाडौं क्यान्सर सेन्टरसँगको सहकार्यका स्थापना गरिएको उक्त ‘स्टार काठमाडौं क्यान्सर सेन्टर ’ को आईतबार महिला, वालवालिका तथा समाजकल्याण मन्त्री विक्रम थापाले भव्य समारोहबिच उद्घाटन गरेका हुन् ।

क्यान्सरका विरामीहरुलाई स्तरीय उपचार सेवा प्रदान गर्ने उद्देश्यले क्यान्सर सेन्टर सञ्चालन गरिएको हो । कार्यक्रममा स्टार हस्पिटलका प्रवन्ध निर्देशक डा.शैल रुपाखेती र काठमाडौं क्यान्सर सेन्टरका तर्फबाट मेडिकल डाइरेक्टर डा.सिमित सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । केमो थेरापी बाहेकका अन्य क्यान्सर उपचार सेवा अब स्टार हस्पिटलमै उपलब्ध हुने हस्पिटलका प्रवन्ध निर्देशक डा. रुपाखेतीले बताए । केमो थरापी र गम्भिर किसिमका शल्यक्रिया गर्दा स्टारमा उपचार गराइरहेका विरामीको थप उपचार काठमाडौं क्यान्सर सेन्टरमा हुने छ । स्टार हस्पिटलका सिइओ डा.सन्देश जिसीले स्वदेशका अस्पतालहरुबिच सहकार्य गरेर अगाडि बढ्ने उद्देश्य अनुसार स्टार हस्पिटलमा क्यान्सर सेन्टर स्थापना गरेर सञ्चालन गरिएको बताए ।

कार्यक्रममा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष एवं क्यान्सर रोग विशेषज्ञ डा. अञ्जनीकुमार झाले स्टार हस्पिटल र काठमाडौं क्यान्सर सेन्टरबिच भएको सहकार्य ऐतिहासिक भएको बताए । सोसाइटी अफ सर्जनका अध्यक्ष डा. सिएल भट्टचनले स्टार हस्पिटलले सञ्चालनमा ल्याएको नयाँ क्यान्सर सेन्टरबाट कयौं क्यान्सरका विरामीले सर्वसुलभ उपचार सेवा पाउने विश्वास व्यक्त गरे । स्टार अस्पतालका अध्यक्ष बसन्तचन्द्र मरहट्टाले अस्पतालले सेवा सुविधा बिस्तार गर्दै गइरहेको जानकारी गराउँदै अस्पतालले भविश्यमा थप सेवा बिस्तार गर्ने बताए । १३३ शैया क्षमता रहेको स्टार हस्पिटलले अहिले ८ तले सुविधा सम्पन्न भवन निर्माण गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन सम्पर्क गर्दा कण्डम फुट्यो ! के गर्ने ?
Next article धरै मोटो हुनु अस्वस्थताको कारण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131962
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web