• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कसरी लाग्छ रगतसम्बन्धी रोग

November 29th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कसरी लाग्छ रगतसम्बन्धी रोग

डा. विशेष पौड्याल

पछिल्ला वर्षमा नेपालमा पनि रगतसम्बन्धी रोगका बिरामी बढिरहेको पाइएको छ । तर, अधिकांश बिरामी विशेषज्ञ डाक्टरको सल्लाह नै नपाएर वर्षौंदेखि रोग पालेर बस्न बाध्य छन् । केही बिरामी गलत उपचारको सिकार पनि भइरहेका छन् । बिरामीलाई सही विशेषज्ञकहाँ रिफर गर्ने चलन नभएकाले त्यसको प्रत्यक्ष मार बिरामीले खेप्नु परिरहेको छ ।  हाम्रो देशमा अत्यधिक मात्रामा देखिने रगतका रोगहरूमध्ये आइरन र भिटामिनको कमीले हुने रक्तअल्पता, शरीरमा रगत उत्पादन गर्न नसक्ने अवस्था, प्लेटलेटको कमी हुने समस्या र रगतको क्यान्सरहरू हुन् । जनमानसमा रगतका रोगहरूको उपचार नेपालमा हुँदैन भन्ने भ्रम छ । तर त्यसो होइन । स्वदेशमै अधिकांश रगतसम्बन्धी रोगहरूको उपचार गर्न सकिन्छ ।

१.आइरनको कमीले हुने रक्तअल्पता

शरीरमा आइरनको मात्रा कम भएमा यस किसिमको रक्तअल्पता हुने गर्दछ । आइरन शरीरमा कम हुनेबित्तिकै हेमोग्लोबिन बन्ने प्रक्रियामा असर गर्दछ । हेमोग्लोबिनले नै हाम्रो शरीरमा अक्सिजन  ओसारपसार गर्ने काम गर्दछ । यसरी अक्सिजन नै कम भए पछि शरीरमा अक्सिजनको मात्रा कम हुन्छ र फलस्वरूप बिरामीको मुटुको ढुकढुक बढ्ने थकान हुने, कमजोर हुने गर्दछ । बच्चा अवस्थामा आमाको दूध धेरै समयसम्म खुवाएमा, युुवतीहरूमा महिनावारीमा धेरै रगत बगेमा त्यस्तै वयस्कहरूमा र बूढाबूढीमा शरीरको कुनै पनि भागबाट रगत बगिरहेमा यस किसिमको रक्तअल्पता हुने गर्दछ । आइरनको कमीबाट हुने रक्तअल्पता रोग नभई रोगको लक्षणमात्र हो । आइरन चक्की खानुभन्दा अगाडि कसरी बिरामीलाई रक्तअल्पता भयो भनेर पत्ता लगाउनु जरुरी छ ।

२.     भिटामिन बी १२ को कमीले हुने रक्तअल्पता

मुख्यतः शाकाहारी खाना सेवन गर्ने व्यक्तिमा भिटामिन बी१२ को कमीले गर्दा यस किसिमको रक्तअल्पता देखिन्छ । त्यस्तैगरी सागसब्जी नखाने, रक्सी धेरै सेवन गर्ने र छारे रोग र बाथको रोगमा सेवन गरिने कुनै–कुनै औषधिबाट पनि यो रोग देखिन्छ । उपचार गर्दा यस किसिमको रक्तअल्पता निर्मूल हुने गर्दछ ।

३. एप्लास्टिक एनिमिया

यस रोगमा बोनम्यारोले नै शरीरमा चाहिने जति रगत बनाउन सक्दैन । फलस्वरूप रातो रगत (आरबीसी) र सेतो रगत (डब्लूबीसी) र प्लेटलेटको कमी हुन्छ । रातो रगत कम हुँदा थकान हुने, मुटुको धड्कन बढ्ने र सास फेर्न गाह्रो हुने गर्दछ भने सेतो रगत कम भएमा शरीरमा विभिन्न कीटाणुहरूको संक्रमण हुने गर्दछ र त्यस्तै प्लेटलेट कम भएमा शरीरको विभिन्न भागमा नीलो डाम र भित्री भागमा रक्तस्राव हुने गर्दछ । यस रोगको उमेरअनुसार बोनम्यारो प्रत्यारोपण वा औषधिको सेवनले उपचार गरिन्छ ।

४. प्लेटलेट कम हुने रोग

प्लेटलेट कम हुने रोग बढी जसो महिलामा धेरै देखिन्छ । यस रोग बाथरोग लागेको व्यक्तिमा, प्लेटलेट कम गर्ने औषधिको सेवा सेवन गरेमा, भाइरल इन्फेक्सन भएमा पनि देखिन्छ । तर धेरै जस्तो व्यक्तिमा के कारणले यो रोग भयो भन्ने कुरा पत्ता लगाउन सकिन्न । यस रोगमा प्लेटलेट  मात्रा कम हुने तर रातो रगत र सेतो रगत नर्मm लेवलमा नै रहने गर्दछ । शरीरमा नीलो डाम आउने, नाक, गिजाबाट रगत वग्ने, महिनावारीका समयमा धेरै रगत बग्ने यस रोगका मुख्य लक्ष्मण हुन् । यसको  उपचार राम्ररी गरेमा निको हुने गर्दछ ।

५.     रगतको क्यान्सर

रगतको क्यान्सरहरू विभिन्न किसिमका हुन्छन् । सबै रगतका क्यान्सरहरू भयावह हुँदैनन् भन्ने सुनिन्छ यो सत्य होइन । सबै रगत क्यान्सरलाई बोन म्यारो प्रत्यारोपण नै गर्नुपर्दैन । सबै रगत क्यान्सरहरू थाहा पाउनेबित्तिकै उपचार गरिहाल्नुपर्ने पनि हुँदैन । शरीरमा गिर्खाहरू आउने, रगतको कमी हुने, संक्रमण भइरहने, शरीरमा नीलो डाम आउने, दाँत, मुख, गिजाबाट रगत बग्ने, ढाड दुख्ने, फियो ठूलो हुँदै जाने र हड्डी दुख्ने रगत क्यान्सरका लक्षण हुन सक्छन् । के कस्तो किसिमको रगतको क्यान्सर हो भन्ने पत्ता लगाएपछि मात्र उपचार गर्नुपर्दछ । यसरी हामी सबै किसिमका रगतका रोगहरूको उपचार गर्ने गर्दछौं । रगतको रोगको उपचारको लागि अब विदेश नै जान नपर्ने कुराको पनि हामी अवगत गराउन चाहन्छौं ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ९५ प्रतिशतलाई दाँत माझ्नै आउदैन
Next article कसमा हुन्छ बढी यौन इच्छा ?

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web