• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

निदाएको बेला यौन सम्पर्क

December 8th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
निदाएको बेला यौन सम्पर्क

डा. खेम कार्की

किशोरावस्था भनेको जिज्ञासु अवस्था हो । यो अवस्थामा सबैले संसारमा भएका सम्बन्ध र बस्तुहरूको बारेमा किन हो ? वा किन हैन ? भन्ने प्रश्न गरिरहेका हुन्छन् । हाम्रो समाजले जहिले पनि यौनलाई गलत, अश्लील र असभ्य भन्दै आएको छ । किशोरकिशोरीका मनमा विभिन्न किसिमका चाहनाहरू उत्पन्न हुन्छन् र त्यसमा पनि जुन कुरा समाज वा परिवारले निषेध गरेको हुन्छ त्यसप्रति उनीहरूको ध्यान अझ बढी केन्द्रित हुनु स्वाभाविक हो ।

विशेषगरी यौनाङ्ग तथा प्रजनन अङ्गको विकास किशोरावस्थामा हुन्छ र यौनसम्बद्ध रागरसहरूको उत्पादन पनि यही समयमा हुने भएका कारण विपरीत लिङ्गीप्रति वा समलिङ्गीप्रति नै आकर्षण बढ्न जान्छ । विपरित लिंगीहरुसँग नजिकिन, माया गर्न र जिस्कन मन लाग्नुका साथै यौनाङ्ग चलाउन र यौनसम्पर्क गर्न पनि मन लाग्नु स्वभाविक हो ।  यौनबारे खुलदुली हुनु अस्वाभाविक होइन । किशोरावस्थादेखि पछिसम्म प्राकृतिक रुपमा हुने यौन तथा प्रजनन् क्रियाकलाप मध्ये एक हो, स्पनदोष ।  निदाएको बेलामा यौन सम्पर्क वा यौन व्रिmयाकलाप गरेको सपना देखेर निदाएकै अवस्थामा पुरुषको लिङ्गबाट आफै वीर्य स्खलन हुनुलाई र महिलाको योनीबाट सामान्य योनीस्राव हुनुलाई स्वप्नदोष वा नाइटफल भनिन्छ ।

किशोरावस्थामा केटा र केटीहरूले कामुक वा यौन उत्तेजक सपना देखेर आफू पनि यौन उत्तेजनाको अनुभव गर्छन् र निदाएकै अवस्थामा वा सपनामै किशोर वा पुरुषको लिङ्गबाट वीर्य स्खलन हुने गर्दछ तथा किशोरी वा महिलाहरूमा पनि योनीबाट चिप्लो पदार्थ निस्कन्छ । स्वप्नदोष शरीरको विकाससँगै हुने प्राकृतिक प्रव्रिmया हो र यो किशोर अवस्थामा मात्र नभएर वयस्क अवस्थामा पनि हुने गर्दछ । केटाहरूमा भने किशोराअवस्थादेखि नै नियमित वीर्य उत्पादन भैरहेको हुनाले लामो समयसम्म सम्भोग वा हस्तमैथुन नगरेको अवस्थामा स्वप्नदोष भई वीर्य बाहिर निस्कने गर्दछ । यसबाट केही हानी नोक्सानी भने हुँदैन । स्वप्नदोष भएपछि यौन अङ्गको सरसफाइ राम्रोसँग गर्नुपर्दछ । ( डा. कार्की यौन तथा प्रजनन् विज्ञ हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकिय जाचँमा किन हेरिन्छ जिब्रो
Next article जाडोमा एलर्जीको खतरा  

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134259
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

139
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web