• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

जाडोमा एलर्जीको खतरा  

December 8th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाडोमा एलर्जीको खतरा  

डा. ललितकुमार मिश्र

मौसम परिवर्तन हुदा एलर्जी हुने खतरा बढी हुन्छ । शरीरको (इम्युन सिस्टम) प्रतिरोधात्मक क्षमतामा हुने असन्तुलनको कारणले मानिसहरू एलर्जीको सिकार हुन्छन् । बदलिँदो मौसममा एलर्र्जीक राइनाइटिस (नाकको एलर्जी) एलर्र्जीक अस्थमा (सांस) र स्किन एलर्जी, खाद्य पदार्थको सेवनबाट एलर्जी हुनु सामान्य कुरो हो ।

मौसममा परिवर्तन हुँदा केटाकेटी, महिला तथा बूढापाकाहरूमा एलर्जीको समस्या पाँचदेखि आठ प्रतिशतसम्म बढ्न सक्छ । आमाबुवामध्ये कुनै एकजनालाई कुनै प्रकारको एलर्जीको समस्या छ भने उनीहरूको सन्तानमा पनि एलर्जी हुने सम्भावना ५० प्रतिशत रहन्छ ।

लक्षणहरू

शरीरमा डाबर आउनु, चिलाउनु, बारम्बार रुघा लाग्नु, हाँछ्युु आउनु, आँखा, नाक चिलाउनु, ज्वरो आउनुको साथै शरीरका मांसपेशीहरू दुख्नु, यसका सुरुका लक्षणहरू हुन् भने खाद्य पदार्थबाट हुने एलर्जीमा खाना खाएको केही मिनेटपछि– अनुहार चिलाउने, डाबर आउने, ओठ, अनुहार जिब्रो, घाँटी या शरीरको अन्य भाग सुन्निने, सास फेर्न गाह्रो हुने, पेट दुख्ने, पातलो दिसा हुने, बान्ता हुने चक्कर लाग्ने, ब्लडप्रेसर कम हुने, बेहोस भएर लड्ने आदिजस्ता लक्षणहरू देखिन्छन् । यसको आधारमा नै रोगको पहिचान हुन्छ । यदि अलिकति सावधानी अपनाउने हो र समयमै उपचार गर्ने हो भने सजिलै सित यस रोगबाट छुटकारा पाउन सकिन्छ । नाक चिलाउनुका साथे हाँछ्यु पनि आउनु र नाकबाट पानी बग्नु पनि यसको लक्षण हो । नाकको छाला रातो हुन्छ । जुन घरिघरि नाक साफ गर्नाले हुन्छ । यदि तपाईंलाई यस्तो भइरहेको छ भने, सतर्क हुनुस्, यो नाकको एलर्जी (राइनाइटिस) नाकको इन्फेक्सन पनि हुन सक्छ ।

के हो मुख्य कारण ?

यस रोगको कारण कैयौ प्रकारको एलर्जी हुनु हो । यसमध्ये मुख्य हो प्रदूषण, धुलोमाटो, घाँस, पराल एवं रूखपात, बिरुवाको परागकण एवं खाद्य एलर्जी । घरबाट बाहिर निस्किँदा धुलो, धुवाँ र वायुमण्डलमा फैलिएको प्रदूषण मानिसको नाकमा प्रवेश गर्दछ । यही एलर्र्जीक राइनाइटिसको कारण बन्दछ । यसको अलावा कुकुर, बिरालो पाल्ने घर परिवारमा पनि एलर्जी हुने जोखिम बढी हुन्छ । भुत्ला हुने जनावरहरू कुकुर, बिरालोको रौं  बराबर भुईंमा झरिरहन्छ । जुन एलर्जीको कारण बन्दछ ।

जोखिम

(नाकको एलर्जीले साइनसको आस्टिया (हड्डीको प्वाल) लाई बन्द गर्न सक्छ । जुन पछि गएर साइनोसाइटिस (पिनास)को कारण बन्न सक्छ । यसले नाकभित्र पालिपस (मासुको) डल्लो बनाउन सक्छ । (यसले आडिटरी ट्युब (श्रवण) नलिलाई बन्द गर्न सक्छ । जसले गर्दा कानको मध्य भागमा पानी भरिन सक्छ ।

बच्ने उपाय

१. इन्फेक्सनबाट बच्ने  प्रयास गर्ने ।

२. चिसो हावा, धुलो (धुवाँ र ओसिलो ठाउँबाट बच्ने ।

३. घरबाट बाहिर निस्किँदा कोसिस गर्ने कि धूलोको कण नाकभित्र नजाओस् ।

४. यदि धुलो, धुवाँ भएको ठाउँमा जानुप¥र्यो भने मास्क या रुमाल राखेर जाने ।

५. घरको पाल्तु जनावर कुकुर, बिरालो आदिको धेरै नजिक नजाने ।

६. घर या कार्यालयमा जहाँ ओसिलो छ, त्यहाँ नजाने ।

७. धूमपान नगर्ने । यदि छेउको कुनै व्यक्तिलाई चुरोटको धुवाँले एलर्जी छ भने उसको अगाडि धूमपान नगर्ने ।

८ कुनै खाद्य पदार्थ खानाले यदि नाकमा एलर्जी हुन्छ भने त्यो वस्तुको सेवन नगर्ने ।

९.नाकको एलर्जीले बढी तकलिफ भएमा नोजल स्प्रेको प्रयोग गर्न सकिन्छ ।

१०. जुन चिजको प्रयोगले छालामा एलर्जी हुन्छ, त्यस चिजलाई नोट गर्ने र त्यो वस्तुको प्रयोग गर्न बन्द गरिदिने । छालाको जुन भागमा एलर्जी हुन्छ, त्यहाँ कुनै पनि प्रकारको कस्मेटिक साधनको प्रयोग नगर्ने ।

११. हाम्रो वरिपरि मौजुद रहेको एलर्जी उत्पन्न गराउने तत्वहरू (एलर्जन) बाट बच्नुने एलर्जीको सबैभन्दा राम्रो उपचार हो ।

१२. धेरैजसो व्यक्तिहरूको छाला अत्यधिक संवेदनशील हुन्छ । कुनै वस्तु विशेषको सम्पर्कमा आउने साथै उनीहरूलाई एलर्जी भइहाल्छ । धेरैजसोलाई अर्काको चिज प्रयोग गर्नाले पनि एलर्जी भइहाल्छ । जस्तै, सुत्ने ओछ्यान, टाबेल, अर्काले लगाएको लुगा, जुत्ता, चप्पल आदि । उनीहरूले यस कुराको विशेष ख्याल राख्नु पर्दछ ।

१३. घरमा बत्ती (सलेदो) भएको स्टोभको ठाउँमा एलपीजी या इलेक्ट्रिक स्टोभको प्रयोग गर्नुपर्दछ ।

१५. घर यदि सड़क छेउमा छ भने बाहिर को धुलो (माटो कोठा भित्र आउन रोक्नको लागि झ्यालढोका सकेसम्म बन्द राख्नु पर्दछ ।

१७. धेरैलाई  फूलको बास्नाले पनि एलर्जी हुन्छ, यस्ता व्यक्तिहरूले फूल फुल्ने किसिमको बिरुवा कोठामा राख्नु हुँदैन ।

१८. आफ्नो ओछ्यानलाई सफासुघर राख्नुपर्दछ ।

२०. घरको भित्तामा ढुसी या जालो लागेको छ भने त्यसलाई ब्लिचको माध्यमले सफा गर्नुपर्दछ ।

 

 

 

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निदाएको बेला यौन सम्पर्क
Next article गर्भपतनको यस्तो डरलाग्दो रुप

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

126
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web