• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

चिकित्सकिय जाचँमा किन हेरिन्छ जिब्रो

December 8th, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चिकित्सकिय जाचँमा किन हेरिन्छ जिब्रो

डा. ललित मिश्र

जब तपाईं आफ्नो या आफन्तको रोगको उपचार गर्न कुनै चिकित्सक कहाँ पुग्नु हुन्छ । सम्बन्धित डाक्टरले तपाईंको कुरालाई सुन्दै नोट गर्दछ, त्यसपछि शारीरिक परीक्षणको क्रममा मुख आँ…गर्न लगाएर जिब्रो बाहिर निकाल्नुस् भन्छ । र, मुखभित्र टर्च बालेर जिब्रोलाई मज्जासँग नियालेर हेर्दछ । टाउको दुखेको होस, पेट या शरीरको कुनै अन्य भागमा नै पीडा किन नभएको होस, चिकित्सकले जिब्रो भने अवश्य नै हेरेको अनुभव हामी तपाईंले गरेका छौं । आखिरमा चिकित्सकले जाँचको क्रममा जिब्रो किन हेरेको होला भन्ने कुराको जिज्ञासा लाग्नु स्वाभाविक नै हो ।

पाँच ज्ञानेन्द्रीयमध्ये जिब्रो पनि एक हो । यसको शब्दको उच्चारणमा सहयोग गर्ने , बोल्ने र खाने कुराको स्वाद छुट्टयाउने काम हो । यतिमै मात्र जिब्रोको काम सीमित भने छैन । जिब्रोले विभिन्न प्रकारका स्वास्थ्य समस्याबारेमा जानकारी समेत दिन्छ । जिब्रोको अवस्था हेरेर व्यक्तिको स्वास्थ्य समस्याको बारेमा सजिलोसित थाहा पाउन सकिन्छ । भनिन्छ, जिब्रो पेटको दर्पण हो । यसले पाचनसम्बन्धी विकारलाई दर्साउनुको साथै पाचनतन्त्रको गडबडीले शरीरको अन्य भागमा हुने खराबीलाई पनि देखाउँछ । जस्तै अपचले गर्दा पित्त बढन गई टाउको दुख्छ साथै दृष्टिमा पनि गडबडी हुन्छ । यसैप्रकार पेटको वायु विकारले मुटुको धड्कनलाई बढाउनुको साथै छातीमा दर्द पनि हुन्छ । पेटको खराबी नभइकन पनि जिब्रोले हामीलाई शरीरको अन्य सिस्टमको बारेमा पनि महत्वपूर्ण जानकारी दिन्छ । जस्तै अर्ध पक्षघातमा (जिब्रोको आधी भाग सुकेको) देखिन्छ । पहेँलो र चिल्लो जिब्रोले व्यक्तिमा रगतसम्बन्धी विकारबारे सूचित गर्दछ । यसैगरी निलो भएको जिब्रोले (ईमप्युअर अक्सिजन)  मुटुसम्बन्धी रोगलाई बताउँछ । तर, यी सबै कुराहरु फिजिकल लेबलमा भए । मानिसको मन, शरीर, भावना समेत पाचनतन्त्रबाट प्रभावित भएको हुन्छ । जस्तै– हाइपर एसीडीटी प्रायस्गरी व्यक्तिको तनाव (स्ट्रेस) सँग गाँसिएको हुन्छ । यसप्रकारले हेर्ने हो भने जिब्रोले पाचनतन्त्रको गडबडीलाई मात्र दर्साउँदैन कि अपितु समष्टिगत रुपमा व्यक्ति विशेषलाई नै जनाउँछ भन्दा अतियुक्ति नहोला ।

सायद यही कारण होला कि प्राचीनकालमा वैद्य (आयुर्वे्दिक फिजिसियन) हकिम (युनानी फिजिसियन) हरुले रोगीको जिब्रो, नाडी, हात र खुट्टाका नङ तथा केश आदिको परीक्षणबाट नै गम्भीर रोगहरु पत्ता सजिलोसित लगाउँदथे । त्यसबेला अहिलेको जस्तो अत्याधुनिक चेकजाँच गर्ने मेसिन तथा औजारहरु पनि थिएन । र पनि, टि.बी. मस्तिष्क रोग, छारे रोग, पेटसम्बन्धी रोग, आदिहरुको सफल उपचार गरिन्थ्यो । आधुनिक चिकित्सा (एलोप्याथिक) स्कुलमा रोग निदानको ऊद्देश्यबाहेक बिरामीको जिब्रोलाई त्यति महत्व दिँदैनन् । जति अन्य चिकित्सा पद्धति आयुर्वे्दिक, होमियोप्याथिक, युनानीमा दिइन्छ । होमियोप्याथिक दृष्टिकोण अनिवार्य रुपले यसबाट भिन्न हुन्छ । एक होमियोप्याथिक चिकित्सकलाई रोगीको जिब्रोले महत्वपूर्ण जानकारी दिन्छ । जसको सहायताले व्यक्तिविशेषको उपचारार्थ औषधिको निर्देशपत्र लेख्न सकिन्छ । जिब्रोको अवस्थाले शरीरमा विभिन्न प्रकारको रोगहरुको उपस्थितिलाई जनाउँछ । उदाहरणको लागि–यदि कसैको जिब्रो मोटो, पहेँलो तथा किनारमा दाँतका निसानहरु देखिन्छ भने व्यक्तिको शरीरमा भयकंर रगतको कमी हुन सक्छ । जिब्रोमा देखिने कालो दागले व्यक्तिमा उच्च रक्तचापको संकेत दिन्छ । यदि पेटको माथिल्लो भागमा दर्द रहन्छ भने त्यस व्यक्तिको जिब्रो चम्किलो हुनसक्छ ।

यदि जिब्रोमा चिनिका मसिना कणजस्ता चम्किलो थोप्लाको निशान छ भने–पेटमा जुका(वार्मस)हरु रहेको संकेत हो । यसैगरी ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको दुख्नु, पेट दुख्नु, जस्ता समस्याहरुमा व्यक्तिको जिब्रो हेरेर पत्ता लगाउन सकिन्छ भने जिब्रोको अवस्थाले चिकित्सकहरुलाई रोगको निदान गर्नमा सहयोग पुर्यााउँछ । जिब्रोमा हुने परिवर्तनले अनेक रोगको संकेत दिन्छ । रोगको निदानमा बिरामीले चिकित्सकसँग झुटो बोलेर रोग लुकाउन खोजे तापनि ऊसको जिब्रोले झुटो बोल्दैन । तर, जहाँ रोगीले उपचारार्थ एलोप्याथिक औषधिको सेवन गरिरहेको छ या कुनै प्रकारको जडिबुटी प्रयोग गरिरहेको छ भन्ने कुरा त्यस अवस्थामा जिब्रोको रगं बद्लिन पनि सक्छ । रंग परिवर्तन भएको जिब्रोलाई रोग निदानको रुपमा लिन वा विश्वास गर्न सकिँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौनकर्मी किन लुकाउछन आफना स्वास्थ्य समस्या
Next article निदाएको बेला यौन सम्पर्क

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134174
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

13
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web