• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

महिनावारीका बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

December 31st, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिनावारीका बेला यौन सम्पर्क गर्दा के हुन्छ ?

डा. खेम कार्की

महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदैन । साथै पहिला निस्किसकेको डिम्ब र पाठेघरको भित्री भाग पनि तुहिएर गइसकेको हुनाले त्यसबेला शुक्रकिटसँग निसेचित हुने कुरै भएन । तर जुन महिलाको महिनावारी चक्र छोटो छ जस्तै करिब २० दिनमा महिनावारी हुन्छ भने त्यस्ता महिलामा महिनावारी भएको चार–पाँच दिनमा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ । त्यस्तै गरी विचार गर्नुपर्ने कुरा के हो भने महिनावारी भएको बेलामा यौनसम्पर्क गर्दा बरू अरू संक्रमित रोग निम्त्याउन सक्छ । त्यसैले महिनावारी भइरहेका बेलामा यौनसम्पर्क नगर्नु नै उत्तम हुन्छ ।  महिनावारी भएपछि यौनइच्छा घट्न पनि सक्छ र बढ्न पनि सक्छ । यो नितान्त व्यक्तिको शारीरिक अवस्थामा भर पर्छ ।

कुनै अध्ययनमा महिनावारी भएपछि डिम्बाशयबाट डिम्ब निस्केको समयमा यौनइच्छा बढी भएको जनाइएको छ भने अन्य अध्ययनमा केही महिलाहरूमा महिनावारी भएको बेला रागरसको कारणले गर्दा यौनइच्छा बढेको हुन्छ । तर कुनै अध्ययनमा भनेको छ कि महिनावारी भएको समयमा पेट दुख्ने, रिंगटा लाग्ने, मानसिक तनाव हुनेजस्ता समस्या हुनेहरूमा यौनइच्छामा कमी भएको बताइएको छ ।

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article हरिवंश सहित ७६ हजार आँखा दान गर्न तयार
Next article काठमाडौँका चर्चित अस्पतालबाट १३ प्रतिशत कर असुली

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132298
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web