• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य विशेष

हिमाल डेन्टललाई यसरी बनाए डा. भट्टले ब्राण्ड 

January 2nd, 2018 स्वास्थ्य विशेष 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
हिमाल डेन्टललाई यसरी बनाए डा. भट्टले ब्राण्ड 

सन्ध्या केसी

‘डाक्टर बन्न मुम्बई पुगेँ । महात्मा गान्धी मेडिकल कलेजमा नाम निकालेँ ।’ डा.राजेन्द्र भट्टले भने, ‘पढ्नलाई पैसा भएन, नेपालै फर्किएँ ।’ भनिन्छ, इच्छा भए उपाय कति कति ! हिमाल डेन्टर हस्पिटलका सञ्चालक डा. राजेन्द्रको जीवनमा पनि यस्तै उपाय निस्कियो । त्यही उपायको उपयोग गर्न जानेर उनी आज मुलुकका दर्जन बढी स्थानमा शखा भएको अस्पतालका सञ्चालक बनेका छन् । डाक्टर पढ्न नपाएको कुण्ठा बोकेर हिँडेको भए उनी आज मुलुकभर सयौं व्यक्तिलाई रोजगार दिन सक्ने थिएनन् । सुदूरपश्चिमको अमरगढी नगरपालिका ६ डँडेलधुरामा विक्रम संवत् २०३६ सालमा जन्मिएका भट्टलाई त्यतिबेला डाक्टरी पढ्नु सपनाजस्तै थियो ।

पिता लक्ष्मीदत्त र माता हीरादेवीको सपना भने छोरो असल मान्छे बनोस् भन्ने थियो । चार दिदी बहिनी र तीन दाजुभाइको बीचमा बसेर डाक्टर बन्ने खर्च जोहो गर्न सजिलो थिएन । राज्यको मूलधारमा जोडिन नसकेको क्षेत्रमा बसेर डाक्टरी पढ्नु चानचुने कुरा थिएन । मुम्बईमा डाक्टरी पढ्ने सपना पूरा नभएपछि उनी फर्किर कञ्चनपुर आए । उनी सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगरमा आईएस्सी भर्ना भए । त्यसपछि उनी दुईवर्षे डेन्टल हाइजिनिस्ट गर्न कान्तिपुर डेन्टल कलेजमा भर्ना भए । त्यसबेला एक, दुईजना मात्रै दाँतका डाक्टर थिए । उनले पढ्दापढ्दै डाक्टरलाई सघाउन थाले । ‘अहिले पनि सरकारी तहबाटै दाँत स्वास्थ्यलाई प्राथमिकता दिइएको छैन’ भट्टले भने, ‘त्यो समय त अलि अगाडि नै भयो ।’ उनले डाक्टरलाई सघाउने क्रममै त्यहाँ काम गर्ने भारतीय डाक्टरहरूबाटै अस्पताल कसरी चलाउने, बिरामीको सेवा कसरी गर्ने ? भन्ने विद्यासमेत सिके । 

उनले दुई वर्ष कान्तिपुरमै काम गरे । त्यही क्रममा उनले दिन र रातको कुनै प्रवाह गरेनन् । आफूलाई मेसिनजस्तै बनाए । दिउँसो कान्तिपुरमा बिहान भक्तपुरको एउटा क्लिनिक र साँझ मैतीदेवीमा सन्ध्याकालीन दन्त क्लिनिक सञ्चालन गरे । ‘बिहान ५ बजे निस्कँथेँ’ डा. भट्टले भने, ‘राति ९÷१० नबजी कोठा पसिँदैनथियो ।’ उनको मान्यता छ ‘गर्न सकुन्जेल दिन रात भन्ने हुँदैन । मेहनत गरे न प्रगति देख्न सकिन्छ ।’ मेहनत गर्ने क्रममा उनले खर्च गर्ने मौका पनि पाएनन् । हाल केडिया डेन्टल कलेज वीरगन्जबाट बीडीएस सकेका डा. भट्टले हालको हिमाल डेन्टर हस्पिटलको जग भने २०५६ मा नेपाल डेन्टल हेल्थ केयर सेन्टरको नामबाट बसालेका हुन् ।  ‘सुरुमा पार्टनरसिपमा चलाएँ, पछि पार्टनरले छोडेपछि एक्लै थालेँ, वरिपरि दोहोरी रेीटुराँहरू थिए, सबैले कसरी चलाउँछौ यस्तो ठाउँमा भन्थे’ भट्टले भने, ‘त्यही क्लिनिकलाई २०५८ मा हिमाल डेन्टल हस्पिटलको रूपमा विस्तार गरेँ ।’

उमेरले नपत्याउँदो । योग्यताले पनि भट्ट त्यसबेला अन्य डाक्टरभन्दा कमै थिए । त्यसको अनौठो अनुभव पनि उनले सँगालेका छन् । हस्पिटल खोलेपछि उनलाई डाक्टर चाहियो । आवश्यकता खोले । धेरै डाक्टर सम्पर्कमा आए । ‘स्पेस्लिस्टहरूले मलाई देखेर धेरै कुरा सोधे’ डा.भट्टले भने, ‘अन्डरग्रयाजुएटले कसरी हेन्डिल गर्छांै ? भनेर सम्म प्रश्न गरे ।’ उनले त्यसको जवाफमा उच्च आत्मबल प्रदर्शन गरे । सबै कुरा समयले देखाउँछ भन्ने जवाफ दिँदै उनले बंगलादेशी डाक्टर माग्नुर रसिद र नेपाली डाक्टर अनिशा पोख्रेललाई साथ लिएर अस्पताल सञ्चालन गरे । दिनमा तीन÷चारजना मात्रै बिरामीको सेवा गर्दा उँभो नलागिने डरभन्दा उनले थप लगनशीलता, मेहनत, सेवाभाव राखे । बिरामीको सेवामा उनी बिहान पाँचै बजे र राति ८, ९ बजे पनि तयार रहे । उनी सुदूर र मध्यपश्चिमका बिरामीलाई आफ्नो सद्भावना दूत सम्झन्छन् । उनीहरूले नै अस्पतालको सेवाका बारेमा विज्ञापन गरेको जश भट्ट सेवाग्राहीलाई दिन्छन् ।

जीवनको १५ देखि ३५ वर्ष मानिसको उर्वर उमेर हो । त्यही उमेरमा निजी जिन्दगीका सारा रहरहरू थाती राखेर दन्त सेवामा समर्पित भएका डा.राजेन्द्र भट्टले त्यसअनुसारको देखाउन लायक प्रगति गरेका छन् । एउटा कोठाबाट सुरु गरेको हिमाल डेन्टल अस्पतालाई देशका कुनाकुनामा पु¥याउने लक्ष्यको नजिक डा. भट्ट छन् । दसवर्षे माओवादी युद्धकालमा मानिसहरू घरबार छोडेर विस्थापित भइरहेको अवस्था थियो । त्यहीबेला हिमाल डेन्टलले आफ्ना शाखा गाउँगाउँमा पु¥याउने योजना अगाडि सा¥यो । काठमाडौंको चाबहिलमा अस्पताल स्थापना भएको एक वर्ष पछि हिमाल डेन्टल अस्पतालले २०५९ मा नेपालगन्जको बीपी चोकमा आफ्नो शाखा स्थापना ग¥यो । स्थापना भएको दोस्रो दिन अस्पतालको अगाडिको चोकमा भएको भिडन्तले नयाँ खुलेको हिमालको शाखा तीन दिनसम्म खुल्न सकेन ।

हिमालले आफ्नो यात्रा रोकेन त्यही वर्ष नारायणघाटमा खोल्यो । त्यसको एक वर्षपछि पोखरामा शाखा खोल्यो । हिमालले हेटौंडा, पूर्वको इटहरीहुँदै सुदूरपश्चिमको धनगढी, महेन्द्रनगर र डँडेलधुरामा गरी हाल देशभर द्यर्जन ठाउमा शाखा विस्तार गरेको छ । डेन्टल अस्पतालहरू सहरमुखी भइरहेका बेला हिमालले गाउँमुखी दाँत स्वास्थ्यको अभियानसँगै स्तरीय सेवालाई पनि ध्यान दिएको डा. भट्ट बताउँछन् । उनले निजी क्षेत्रको अस्पताल सञ्चालन गरे पनि मध्यम र निम्नमध्यम वर्गीय जनताको पहुँचलाई सेवाको मूलमन्त्र बनाएका छन् । त्यसैले एक पटक आएको बिरामी अर्को पटक नयाँ बिरामी लिएर आउन उत्प्रेरित भएको अनुभव डा. भट्टको छ । हिमालले थालेको सेवाले उनका आमाबुवामात्रै होइन समाज र साथीभाइ पनि खुसी छन् । 

अत्याधुनिक प्रविधिबाट सेवामात्रै होइन डा.भट्टले देशका कुना कुनामा दाँतसम्बन्धी स्वाथ्यकर्मी उत्पादन होऊन् भनेर अस्पतालसँगै नयाँ अध्यायको समेत सुरुवात गरेका छन् ।  त्यसका लागि २०६३ बाट ‘हिमाल डेन्टल हस्पिटल एन्ड इन्स्टिच्युट अफ डेन्टल साइन्स’ कक्षा सञ्चालनमा ल्याइएको छ । इन्स्टिच्युट र अस्पतालले वल्र्ड बैंक र एडीबीले गराउने छोटो अवधिका तालिमसमेत सञ्चालन गर्दै आएको छ । जुन अवसर अन्य दाँतका अस्पतालले प्रदान गर्ने गरेको छैन । सेवालाई ‘इन्जोय’का रूपमा लिने डा.भट्ट भन्छन्, ‘त्यसरी काम गर्ने हो भने, सेवा लिने र दिने दुवैलाई आनन्द हुन्छ ।’ अहिले हिमालले कर्णाली, डोल्पा, मुगु, हुम्ला, जुम्ला, डँडेलधुरा, बाजुराजस्ता क्षेत्रमा निःशुल्क स्वास्थ्यशिविरसमेत सञ्चालनमा ल्याएको छ ।

दाँत स्वास्थ्यमा नेपाल निकै पछि परेको देख्ने डा. भट्ट भन्छन्, ‘सरकारले पोलिसी बनायो, तर लागू हुन सकेको छैन । अहिले गाउँगाउँमा अवस्था उस्तै रहेको छ’ उनको दाबी छ, ‘गाउँगाउँमा दन्त चिकित्सक, दन्त प्यारामेडिक कोही छैन ।’ मुख स्वास्थ्यका लागि सरकारले हरेक गाउँमा डेन्टल प्यारामेडिक्स र जिल्ला अस्पतालसम्म भए पनि डेन्टल सर्जन पु¥याउन आवश्यक रहेको सुझाव डा. भट्टको छ । नेपालमा आधुनिक दन्त चिकित्सा हिमाल डेन्टल अस्पतालको अबको मिसन भएको छ । आफूकहाँ हरेक नेपालीले उपचार गर्न सकून् भन्ने योजनामा हिमाल डेन्टल अस्पताल रहेको छ । डेन्टल चिकित्सामा हिमालले आफूलाई नमुना अस्पतालका रूपमा स्थापित गर्न सुकेधारामा करोडौंको आफ्नै भवन बनाएर सेवा प्रदान गरिरहेको छ । अहिले हरेक दिन सात सयभन्दा बढी बिरामीलाई सेवा दिँदै आएको हिमालमा पाँच दर्जन बढी  डेन्टिस्ट र कर्मचारी सेवारत छन् ।

हिमालले आफूलाई हरेक नेपालीको मनमा ‘यो हामीले उपचार गर्न सक्ने अस्पताल हो’ भन्ने कुरा स्थापित गर्ने अभियान थालेको छ । त्यसका लागि उसले नयाँ नेपालमा कतै नभएको नयाँ प्रविधिसमेत भित्र्याएको छ । हिमालमा सीबीसिटी मेसिनबाट सेवा प्रदान गरेको छ (सिटी स्क्यान), आधुनिक ओपीजी मेसिनबाट डिजिटल एक्स–रे, लेजर प्रविधिबाट दाँतको उपचार, स्पेस्लिस्टबाट दाँतको सेवा, दाँत, मुखसम्बन्धी आधुनिक शल्यचिकित्सा सेवा, दाँत मुख सुन्दर बनाउने वैज्ञानिक प्रविधि,बांगाटिंगा दाँत मिलाउने आधुनिक सेवा लगायतका सेवा उपलब्ध छन् ।

 

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिक सँगै मदिरा सेवन कति घातक ?
Next article बैतडी अस्पतालमा समन्वयात्मक समस्या

Health Today Nepal

Related Posts

विरामी र डाक्टर : अविश्वासको खाडल

विरामी र डाक्टर : अविश्वासको खाडल

सहरिया खाएरै रोगी

सहरिया खाएरै रोगी

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

जुन घटनाले प्रभुलाई घोचिरहन्छ

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web