• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 7th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरि भयो डिनमा शर्माको पुर्नबहाली

January 8th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरि भयो डिनमा शर्माको पुर्नबहाली

हेल्थ टुडे,

काठमाडौँ : त्रिभुवन विश्वविद्यालयले बर्खास्त गरेका डिन डा. शशि शर्मा चिकित्साशास्त्र अध्ययन संस्थानमा पुनर्बहाल भएका छन् । उनलाई कानुनविपरीत बर्खास्त गरिएको ठहर गर्दै सर्वोच्च अदालतले आइतबार पुनर्बहाली गर्न आदेश दिएको हो ।

चारवर्षे पदावधिका कारण आगामी बिहीबार उनको पदावधि सकिँदै छ । प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले सर्वोच्च अदालतले आइतबार शर्मालाई बर्खास्त गर्ने त्रिविको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिदिएको हो । पुस २७ गते सार्वजनिक बिदा भएकाले शर्माको कार्यकाल ३ दिन बाँकी छ ।

‘२०७० साल पुस २५ गतेको निर्णयअनुसारको निर्णय बदर गरी राकेश श्रीवास्तवलाई नियुक्त गरिएको कार्य,’ सर्वोच्चको संक्षिप्त आदेशमा भनिएको छ, ‘कानुन, विधि र प्रक्रियामा नगरिएका कार्यलाई निषेध गरी कानुनको शासन कायम गर्ने काममा अदालतको प्रमुख दायित्व भएकाले न्यायका मूल्यमान्यताविपरीत भएका कामकारबाहीमा विस्तृत तवरबाट निर्देशनात्मक आदेश जारी गरिएको छ ।’ शर्मालाई त्रिवि कार्यकारी परिषद्ले २०७० पुस २६ गते नियुक्त गर्ने निर्णय थियो । निर्णयको पर्सिपल्ट उनी नियुक्त भएकाले चारवर्षे कार्यकाल आगामी बुधबार सकिँदै छ । सर्वोच्चले ४ दिन कार्यकाल बाँकी भएका शर्मालाई बहाल हुन चाहेमा बहाल हुनु भनी आदेश दिनुका साथै तत्कालीन डिन राकेश श्रीवास्तवको नियुक्तिसमेत बदर गरिदिएको छ ।
कनिष्ठलाई डिन नियुक्त गरिएको र सम्बन्धनको खेल भएको भन्दै डा. गोविन्द केसीले थालेको अनशनले चिकित्सा क्षेत्र आन्दोलित भएपछि तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष एवं त्रिवि कुलपति खिलराज रेग्मीले शर्मालाई बर्खास्त गर्न निर्देशन दिएका थिए । त्यसविरुद्ध शर्माले सर्वोच्च अदालतमा रिट हालेका थिए । शर्माको कार्यकाल सकिएपछि डिनको व्यवस्थापनबारे अन्योल देखिएको छ ।
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेवि संघद्धारा नि:शुल्क स्वास्थ्य बिमाको माग
Next article अदालतको आदेश विरुद्ध डा.केसीअनशनमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133243
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

52
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

53
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web