• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जाजरकोटमा भाइरल ज्वरो नियन्त्रणमा आउन सकेन

January 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जाजरकोटमा भाइरल ज्वरो नियन्त्रणमा आउन सकेन

जाजरकोट, २६ पुस : झन्डै तीन साता अघिदेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोको प्रकोप नियन्त्रणमा आउन सकेको छैन ।भाइरल प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गरे पनि गाउँबाट बिरामी शिविरमा आउन नसक्दा उपचार कार्य प्रभावकारी हुन नसकेको हो । बिरामी गाउँमा छ्याप्छ्याप्ती भए पनि शिविर ल्याउनका लागि मानिस नहुँदा उपचार प्रभावकारी हुन सकेको छैन । एकै घरमा चारभन्दा बढी बिरामी हुनुका साथै जिल्लाबाट पाएको औषधिले काम नगर्दा मंगलबार सुईबाट दिने औषधि लिएर थप पाँचजना डाक्टरको टोली जुनीचाँदे गाउँपालिकातीर लागेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले बताउनुभयो ।

भाइरल प्रभावित क्षेत्रमा सक्रिय चिकित्सक डा पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षीय लालबहादुर भण्डारीको ज्वरो र पखालाको कारण ज्यान गएको छ भने सोमबार जुनीचाँदे गाउँपालिका–२ मौगानका दुई महिनाका शिशुको भाइरलका कारण ज्यान गएको छ । यो सहित मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

नमूना जाँचको लागि काठमाडौँ पठाइयो

सोमबार मृत्यु भएका शिशुलाई कडा खालको भाइरल अर्थात एचवानएनवानको शंका लागेकाले खकार र सिँगान परीक्षणका लागि रोग नियन्त्रण महाशाखा, टेकु, काठमाडौँको प्रयोगशालामा पठाइएको उपचारमा खटिएका डा शाक्यले जानकारी दिनुभयो ।

परीक्षणबाट एचवानएनवान प्रमाणित भए गाउँमा भाइरलको महामारीको नै हुनसक्ने डा शाक्यले बताउनुभयो । जुनीचाँदे गाउँपालिकाको वडा नं १, २ र ३ लगायत अन्य वडा र बस्तीमा भाइरल फैलिएको छ । पाँच वर्षमुनिका बालबालिका र दीर्घरोगीमाथि कडारुपमा देखिएको भाइरल ज्वरोबाट अहिलेसम्म १२ जनाको ज्यान गइसकेको छ । रुघाखोकी, ज्वरो, टाउको दुख्ने, पखाला लाग्नेजस्ता लक्षण भाइरल पीडितमा देखिएको छ ।

नियन्त्रणमा हुन नसक्दा थप स्वास्थ्यकर्मी पठाइयो

भाइरल प्रभावित गाउँमा जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र, गर्खाकोटबाट परिचालित चिकित्सक तथा अन्य स्वास्थ्यकर्मीको टोलीले रोग नियन्त्रणमा ल्याउन नसकेपछि मंगलबार फेरि जिल्ला अस्पतालबाट थप चिकित्सक र औषधि प्रभावित क्षेत्रमा पठाइएको छ ।

एकजना चिकित्सकसहित दशजना स्वास्थ्यकर्मी, नेपाली सेनाका स्वास्थ्यकर्मीको टोलीले उपचारमा सहयोग गर्दा पनि प्रकोप नियन्त्रणमा आउन नसकेपछि जिल्ला अस्पताल, जाजरकोटका मेडिकल अधिकृत डा भूपेन्द्रप्रकाश मल्ल, नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकसहित अन्य स्वास्थ्यकर्मीको समूह औषधिसहित प्रभावित क्षेत्रमा हिँडेको जिल्ला स्वास्थ्य प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो । उहाँले गाउँमा भाइरल प्रभावितको संख्या बढ्दो भएकाले जिल्ला अस्पतालबाट थप औषधि र चिकित्सकको टोली मगाइएको बताउनुभयो ।

जिल्ला अस्पताल, जाजरकोटका निमित्त प्रमुखसमेत रहेका डाक्टर भूपेन्द्रप्रकाश मल्लले गाउँमा भाइरलको प्रकोप बढ्दै गएका कारण आफू गाउँमा बिरामीको उपचारका लागि हिँडेको बताउनुभयो ।

अन्य ठाउँमा सर्दैछ भाइरल

उपचारमा खटिएका स्वास्थ्यकर्मीका अनुसार जिल्लाको दुर्गम तथा विकट जुनीचाँदे गाउँपालिकाको वडा नं २ र ३ मा शुरुमा देखिएको भाइरलको प्रकोप अहिले अन्य क्षेत्रमा पनि सर्दै गएको छ ।

स्वास्थ्यकर्मीका अनुसार अहिलेसम्म ७०० भन्दा बढीको उपचार गरिसकिएको छ र अझै दुई हजारभन्दा बढी बिरामीको उपचार गर्न बाँकी छ । गाउँ गाउँमा जान नसकिएका कारण र सामान्य खालको औषधिले काम नगर्दा उपचारमा चुनौती थपिएको स्वास्थ्य प्रमुख नेपालीले बताउनुभयो ।

भाइरल प्रभावित क्षेत्रमा रहेका अधिकांश विद्यालय बन्द गरिएको छ । चिसोका कारण उपचारमा निकै समस्या थपिएको नेपालीले बताउनुभयो । एक गाउँबाट अर्को गाउँमा जाँदा घण्टौँ लाग्दा उपचारमा समस्या भएको स्वास्थ्यकर्मीले बताएका छन् । खानपानमा समेत ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य परीक्षणकालागि ओली बुधबार बैंकक जाँदै
Next article नाइट सिफ्टमा काम गर्ने नर्सहरूमा ब्रेस्ट क्यान्सर

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web