• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

किन हुन्छ जाजरकोटमा भाइरल पुनरावृत्ति ?

January 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
किन हुन्छ जाजरकोटमा भाइरल पुनरावृत्ति ?

जाजरकोट जिल्लामा सामान्य रोग फैलिएर प्रकोपको रूप लिने र मानवीय क्षति हुने स्थिति पटक–पटक पुनरावृत्ति हुँदै आएको छ । आठ वर्षअघि झाडापखाला र हैजाको महामारीका कारण करिब साढे तीन सयको ज्यान गएको जाजरकोटमा दुई वर्षअघिको मौसमी रुघाखोकीको प्रकोप फैलँदा २७ जनाको मृत्यु भयो ।

यसपालि पुस पहिलो सातादेखि फैलिएको भाइरल ज्वरोका कारण १३ जनाको मृत्यु भइसकेको छ र करिब दुई हजार बिरामी छन् । सामान्य स्वास्थ्य समस्याले प्रकोपको रूप लिएर मानवीय क्षति हुनुमा स्थानीय बासिन्दाको सरसफाइ कमी र रोगप्रति लापरबाहीजस्ता कारक देखिए पनि यसमा चेतना जगाउने तथा औषधोपचार सर्वसुलभ बनाउने कार्यका लागि राज्यका सम्बन्धित निकायहरू बढी दोषी छन् । जाजरकोटमै प्रकोप पुनरावृत्ति भइरहनुले सरकार त्यहाँको समस्याको दीर्घकालीन समाधान खोज्न गम्भीर छैन भन्ने पनि देखाउँछ ।
यसपटक जाजरकोट, जुनीचाँदेका १, २, ३ र ११ वडामा भाइरल ज्वरोको प्रकोप फैलिएको हो, जुन अझै नियन्त्रण भइसकेको छैन । त्यस क्षेत्रका घर–घरमा रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको तथा जिउ दुख्ने, पखाला लाग्नेजस्ता समस्याका बिरामी छन् । विगतका वर्षझैं यसपालि पनि प्रकोप नियन्त्रणका लागि राज्यका तर्फबाट बेलैमा पहल हुन सकेन । प्रभावित क्षेत्रमा दुई सातापछि मात्र स्वास्थ्यकर्मी पुगे । नियन्त्रणमा जति ढिलाइ भयो, परिस्थिति उति जटिल बन्छ भन्ने विगतका प्रकोपबाटै सम्बन्धित निकायले पाठ सिक्नुपर्ने हो । २०६६ सालको प्रकोप पूर्ण नियन्त्रण हुन झन्डै छ महिना लागेको थियो भने दुई वर्षअघिको प्रकोप दुई महिनासम्म फैलिएको थियो । स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी पर्याप्त औषधिसहित जुट्न सकेको भए सामान्य स्वास्थ्य समस्या प्रकोपमा रूपान्तरण भएर मानवीय क्षति हुने थिएन ।
जाजरकोटका दुर्गम बस्तीमा चेतनाको कमी, स्वच्छ पानी तथा पौष्टिक खानेकुराको अभाव र सरसफाइमा हेलचेक्रयाइँजस्ता समस्या छन् । सामान्य स्वास्थ्य समस्या हुँदासम्म बेवास्ता गर्ने, धामीझाँक्रीमा विश्वास गर्ने प्रवृत्ति पनि छ । स्वास्थ्य संस्थाहरू सबैको पहुँचमा छैनन्, भए पनि कतै स्वास्थ्यकर्मी नहुने त कतै औषधि नपाइने समस्या छन् । विशेषज्ञ चिकित्सकको अभाव छ । बिरामी हतपत स्वास्थ्य संस्था नपुग्ने र पुगिहाले पनि उचित औषधोपचार बेलैमा नमिल्ने हुनाले प्रकोप फैलिने एवं मानवीय क्षति हुने गरेको छ । यस्तै, समस्या रहेका अन्य जिल्लामा पनि बेला–बेला प्रकोप फैलिएर मानवीय क्षति हुने गरेको छ । बाजुराको जगन्नाथ गाउँपालिकामै रुघाज्वरोका कारण दुई सातायता पाँच जनाको मृत्यु भइसकेको छ । जिल्ला र केन्द्रले पनि प्रकोपकै रूप लिइसकेपछि वा व्यक्तिको ज्यान नै गइसकेपछि मात्र गम्भीर ढंगले लिँदै जनशक्ति र औषधि परिचालन गर्ने प्रवृत्ति छ, त्यसलाई सुधार्न जरुरी छ ।
प्रकोप फैलिएको जाजरकोटको जुनीचाँदेमा ढिलै भए पनि विशेषज्ञ चिकित्सकसहित स्वास्थ्यकर्मीले उपचार सुरु गरेका छन् । उनीहरूको उपचार सेवाले यसपालिको भाइरल ज्वरो त नियन्त्रणमा आउला तर फेरि यस्तै प्रकोप कुनै दिन नदेखिएला भन्न सकिने स्थिति छैन । त्यसैले जाजरकोटमा स्वास्थ्यसम्बन्धी प्रकोपको पुनरावृत्ति हुन नदिन सम्बन्धित निकायले विशेष सतर्कता अपनाउन अत्यावश्यक छ । सरसफाइमा ध्यान दिन र बिरामी हुनासाथ स्वास्थ्य संस्थामा जान प्रेरित गर्ने खालका जनचेतनामूलक कार्यक्रम चाहिन सक्छ । सरकारले पनि अत्यावश्यक ठाउँमा स्वास्थ्य संस्था स्थापना र विशेषज्ञसहित पर्याप्त जनशक्ति परिचालन गर्दै उपचार सेवा सर्वसुलभ बनाउन सक्नुपर्छ । आधारभूत स्वास्थ्य सेवा नि:शुल्क र समान पहुँच पाउने प्रत्येक नागरिकको संविधानप्रदत्त मौलिक हक पनि हो । अहिले स्थानीय सरकार अर्थात् स्थानीय तहलाई नै स्वास्थ्य संस्था सञ्चालन, औषधि तथा स्वास्थ्य उपकरण व्यवस्थापनको अधिकार हुनाले सामान्य स्वास्थ्य समस्यालाई जटिल बन्न नदिन जनप्रतिनिधिहरूको भूमिका महत्त्वपूर्ण हुनुपर्छ ।कान्तिपुरबाट
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २०% महिला आङखस्ने समस्याबाट ग्रसित
Next article कण्डम नलगाई यौन सम्पर्क 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132526
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web