• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ

January 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ

काठमाडौँ, १ माघ : राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रले आजबाट योग तथा पुनः स्थापना सहितको ‘स्वस्थ जीवनशैली परामर्श क्लिनिक’ शुभारम्भ गरेको छ । बिरामीलाई आयुर्वेद अनुरुपको निवारण रोकथाम र पुनः स्थापना चिकित्सासहितका सेवा प्रदान गर्न उक्त केन्द्रले क्लिनिक सञ्चालन गरेको हो ।

राष्ट्रिय योग दिवस–२०७४ को अवसरमा आज केन्द्र परिसर कीर्तिपुरमा आयोजित कार्यक्रममा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले क्लिनिक सञ्चालन भएको घोषणा गर्दै स्वस्थ जीवनशैलीबाटै स्वस्थ राष्ट्र निर्माण हुने बताउनुभयो । उहाँले भन्नुभयो नेपालमा जटीबुटी, “योगसाधनको प्रशस्त सम्भावना भएर पनि राजनीतिक अस्थिरताका कारण त्यसतर्फ ध्यान जान सकेको थिएन तर अहिले तिनवटै निकायको निर्वाचन भइसकेका कारण यसको विकासमा देश अगाडि बढ्नेछ ।’’

उहाँले राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रलाई सातै प्रदेशमा विस्तारका लागि सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । उक्त केन्द्रका अध्यक्ष डा ऋषिराम कोइरालाले नेपालका ८० प्रतिशत जनताको आयको स्रोत जडीबुटी भए पनि यसबारे ज्ञानको अभावमा अमूल्य जटीबुटी असमयमै उत्खननले ह्रास हँुदै गएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘नेपाल जैविक विविधता भएको देशमध्ये ३२औँ स्थानमा रहे पनि यहाँको विविधता र जडीबुटीबारे अध्ययन–अनुसन्धान तथा संरक्षण हुन नसक्दा नष्ट हुँदै गएका छन् ।’’

जनतामा आयुर्वेद र योगसाधनाबारे जनचेतना दिनका लागि उच्चस्तरको प्रविधियुक्त स्रोतको संकलन र डिजिटल पुस्ततकालय स्थापना गर्ने सोच रहेको उल्लेख गर्दै केन्द्रका कार्यकारी निर्देशक डा सिद्धार्थकुमार ठाकुरले केन्द्रको एक मात्र उद्देश्य आयुर्वेदको क्षेत्रमा अनुसन्धान र संरक्षण गर्नु हो भन्नुभयो ।

सिहंदरबार वैद्यखाना विकास समितिका प्रबन्ध निर्देशक डा वंशदीप खरेल र नेपाल आयुर्वेद चिकित्सक संघका अध्यक्ष डा प्रकाश ज्ञवालीले सरकारले आयुर्वेदको विकासका लागि बजेट बढाउनुपर्ने र स्नाकोत्तरत शिक्षाका लागि थप कोटा दिलाउनुपर्नेमा जोड दिनुभयो । नेपालमा आयुर्वेद र वैकल्पिक चिकित्साको विकास र विस्तार तथा अनुसन्धान गर्न चीन सरकारले सन् २००९ मा रु ६८ करोडको लगानीमा भवन निर्माण शुरु गरी गरी सन् २०११ मा नेपाल सरकारलाई हन्तान्तरण गर्नुका साथै रु २४ करोडको चिकित्सकीय उपकरण पनि उपलब्ध गराएको छ ।

कार्यकारी निर्देशक ठाकुरले बहिरंग सेवामा कार्य चिकित्सा, शालाक्य, शल्यचिकित्स, स्त्री, प्रसूति सेवा अर्बुद्ध, कौमारभृत्य, दन्त सेवा, अकुपञ्चर, रेडियोलोजी, प्याथोलोजी लगायतका सेवा प्रदान गर्दै आएको जानकारी दिनुभयो । विशिष्ट सेवाअन्तर्गत अन्तरंग सेवा, पञ्चकर्म, क्षारसूत्र सेवा, अकुपञ्चर सेवा सेवा, थेराप्युटिक योग तथा फिजियोथेरापी, एक्स–रे, सिटी स्क्यान, अल्ट्रा साउण्ड, इसिजी÷इइजी, इन्डोस्कोपी, कोलोनस्कोपी र फार्मेसी सेवा मेडिसिन लगायतका सेवा शुरु भइसकेको केन्द्रले जनाएको छ । राष्ट्रिय योग दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा केन्द्रका योग तथा पुनः स्थापना विशेषज्ञ डा विनोद घिमिरेले योगको महत्वबारे चर्चा गर्दै विभिन्न योगाशन गराउनुभएको थियो । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यसरि बढाउछ चिसोले स्वास्थ्य समस्या
Next article यौनशक्ति बढाउन जाइफल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132562
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web