• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

यस्तो हुनुपर्छ मिर्गौला विरामीको खाना

March 14th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यस्तो हुनुपर्छ मिर्गौला विरामीको खाना

डाइटिसियन रश्मि वजिमय श्रेष्ठ,

खानाले मानिसलाई बाँच्न चाहिने शक्ति प्रदान गर्ने, शारीरिक तथा मानसिक विकास र वृद्धि गर्ने साथै शरीरलाई रोगबाट बचाउने काम गर्छ ।

खाना कसले कति खाने, कसरी खाने भन्ने कुराहरू उसको उमेर, लिंग, शारीरिक तौल, दिनभरि गरिने शारीरिक परिश्रममा निर्भर हुन्छ । कसैलाई यदि कुनै रोग लागेको छ भने सो रोगका प्रकृतिअनुसार  खाना मिलाएर खानुपर्ने हुन्छ ।

मिर्गौलाको रोग लागेको व्यक्तिहरूले खानामा विशेष ध्यान पु¥याउनु पर्छ । यस रोगमा खाद्य विशेषज्ञको सल्लाह लिएर खानाको व्यवस्थापन गर्नुपर्दछ । खाद्य विशेषज्ञले बिरामीको रोगको प्रकार र रोगको तहअनुसार सबै प्रकारको पौष्टिक पदार्थहरू तथा पानीको अनुपात मिलाएर सो व्यक्तिलाई उपयुक्त हुने गरी सन्तुलित खाना मिलाइदिन्छ ।

मिर्गौलाको बिरामीहरूको एउटा मुख्य समस्या रोगले गर्दा मुखको स्वाद बिग्रन गई उनीहरूलाई खानाको स्वाद नमिठो हुन्छ । फेरि हाम्रो समाजमा बिरामीलाई खानामा धेरै परहेज गराइएको हुन्छ । जस्तो कि चिल्लो पटक्कै खाना नदिने, जाउलो मात्र खान दिने आदि । झन्, मिर्गौलाको बिरामी भन्नेबित्तिकै बिरामीलाई माछा, मासु, गेडागुडी बन्द गराइएको पाइन्छ । यसले गर्दा बिरामीलाई आवश्यक पोषण नपुगेर झन्झन् कमजोर हुँदै जान्छ र नराम्ररी कुपोषणको सिकार हुन पुग्छ । त्यसैले मिर्गौलाको बिरामीहरूको खानाको व्यवस्थापन गर्न बिरामी तथा बिरामीका परिवारहरूलाई पनि खाद्य विशेषज्ञको चेतनामूलक विशेष परामर्शको आवश्यकता पर्दछ ।

मिर्गौलाका बिरामीको खानेकुराहरू मिलाउनुको उद्देश्यहरू निम्न लिखित् छन्ः

१. बिरामीहरूलाई आवश्यक पर्ने शक्ति पर्याप्त मात्रामा उपलब्ध गराउनु ।

२. उचाइअनुसारको शारीरिक वजन अर्थात् वाञ्छनीय वजन कायम गर्नु ।

३.शरीरमा उत्पादन हुने विषाक्त पदार्थहरू उत्पादनलाई न्यूनीकरण गर्नु ।

४.रोगले गर्दा शरीरमा हुने खनिज पदार्थहरूको असन्तुलनलाई नियन्त्रण गर्नु ।

५. उच्च रक्तचापलाई नियन्त्रणमा राख्नु ।

६. शरीरमा पानीको मात्रालाई नियन्त्रण गर्नु ।

७.यदि बिरामी डाइलासिसमा छ भने दुईवटा डाइलासिसको बीचको समयमा कुनै किसिमको समस्याहरू (शरीरमा पानीको मात्रा बढी भएर सास फेर्न गाह्रो हुने, रगतमा पोटासियमको मात्रा बढ्ने आदि) आउन नदिनु ।

८.यदि बिरामीको मिर्गौलाको प्रत्यारोण भइसकेको हो भने, उसलाई कुनै किसिमको संक्रमण हुन नदिनु तथा प्रत्यारोणपछि हुन सक्ने मधुमेह तथा रगतमा कोलेस्टोरेल, ट्राइग्लिसिराड बढ्न नदिनु ।

बिरामीहरूको लागि पनि स्वस्थ्य व्यक्तिहरूलाई जस्तै चाहिने सबै पौष्टिक तत्वहरूको आवश्यकता पदर्छ । ती हुन् काब्र्राेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिनहरू र खनिज पदार्थहरू ।

कार्बोहाइड्रेट : हामीलाई चाहिने शक्तिको मुख्य स्रोत कार्बोहाइड्रेट हो ।

कार्बोहाइड्रेट विशेष गरेर अन्न समूहका खानेकुराहरूबाट पाइन्छ । जस्तै मकै, कोदो, चामल, गहँु, फापर, कागुनो, जौ आदि । मिर्गौलाका बिरामी तथा मिर्गौला फेरिसकेका बिरामीहरूको खानामा सामान्य व्यक्तिहरू सरह नै कार्बोहाइड्रेटयुक्त खानेकुराहरूको मात्रा मिलाएर खानु पर्दछ ।

प्रोटिन : मिर्गौलाका बिरामीहरूलाई पनि सबैलाई जस्तै प्रोटिनको अत्यन्त आवश्यकता पर्दछ । मिर्गौलाका बिरामीहरूलाई उनीहरूको रोगको अवस्था तथा शरीरको तौल हेरी सामान्य व्यक्तिहरूलाई भन्दा कम वा बढी प्रोटिन चाहिने हुन्छ ।

प्रोटिन दुई किसिमबाट प्राप्त गर्न सकिन्छ जनावरबाट र वनस्पतिबाट । जनावरबाट पाइनेमा माछा, मासु, दूध, दही, अन्डा तथा दूधबाट बनेका परिकारहरू पर्दछन् । वनस्पतिबाट पाइनेमा दाल गेडागुडीहरू पर्दछ । मिर्गौलाका बिरामीहरूलाई जनावरबाट प्राप्त हुने प्रोटिन अर्थात् अन्डा, माछा, मासु, दूध, दही राम्रो हुन्छ ।

चिल्लो पदार्थ : चिल्लो पदार्थहरूले  हामीलाई अतिरिक्त  शक्ति दिनुका साथै विभिन्न भिटामिनहरूलाई सोस्न मद्दत गर्दछ । चिल्लो पदार्थका स्रोतहरू तेल, घिउ नैनी, विभिन्न किसिमका बदामहरू जस्तै काजु, ओखर, बदामहरू, तिल, आलस आदि हुन् । चिल्लो पदार्थहरू खाँदा सकेसम्म कोठाको तापक्रममा नजम्ने खालको चिल्लो खानुपर्दछ । चिल्लो पदार्थलाई धेरै तताएर अथवा खराएर खानु हुँदैन । मिर्गौलाका बिरामीहरूले पनि चिल्लो पदार्थ कम्तीमा पनि दैनिक १५ ग्राम खानु पर्दछ । तर डायलाइसिस गरिरहेका बिरामीहरूले काजु, ओखर, बदामहरू, तिल, आलस आदि पोटासियम धेरै हुने चिल्लो पदार्थ खानु हुँदैन ।

भिटामिन तथा खनिज पदार्थ : भिटामिन तथा खनिज पदार्थहरू मुख्य स्रोतहरू फलफूलहरू, हरियो सागपात तथा तरकारीहरू हुन । डाइलसिस गरिरहेका मिर्गौलाका बिरामीहरूले तथा मिर्गौलाको रोग पाँचौं चरणमा पुगिरहेका ९ऋप्म् ख्० बिरामीहरूले  पोटासियम भएका खानेकुराहरू खाँदा विशेष ध्यान दिनुपर्ने हुन्छ ।

फलफूल, सागपात तथा तरकारीहरूमा पोटासियमको मात्रा धेरै हुन्छ । यी खानाहरू खाद्य विशेषज्ञको परामर्शअनुशार मात्रा मिलाई विशेष प्रकारले पकाएर खानु पर्दछ ।

हामीले खाने हरेक खानेकुराहरूमा फोस्फोरस हुन्छ । यो एकदम महत्वपूर्ण खनिज पदार्थ हो । अझ धेरै मात्रामा फोस्फोरस पाइने भनेको दाल, गेडागुडी, माछा, मासुको हड्डी, दूध, दही आदि हुन् । त्यसैले मिर्गौलाका बिरामीहरूले माछा, मासु खाँदा हड्डी चपाउनु हुँदैन । त्यस्तै गरेर दूधलाई सुक्ने गरेर धेरैबेर उमाल्नु हुँदैन ।

मिर्गौलाको बिरामीहरूले शरीरमा बढी भएको फोस्फोरस फाल्न सक्दैन । त्यसैले उनीहरूको रगतमा फोस्फोरसको मात्रा बढी भई  शरीर चिलाउने छाला फुस्रो हुने हुन्छ । यस्तो लक्षणहरू देखिएमा चिकित्सकको परामर्शअनुसार औषधि सेवन गरी शरीरमा फोस्फोरसको मात्रालाई नियन्त्रण गर्नुपर्छ ।

मिर्गौलाका बिरामी तथा प्रत्यारोपण गरेका बिरामीहरूले ध्यान दिनुपर्ने कुराहरू :

१. खानेकुराहरू खाँदा एकै पल्ट धेरै नखाने, थोरै खाने तर धेरै पटक खाने ।

२. खाना खाँदा शरीरको तौल, उमेर, रोगको अवस्थाअनुसार खाद्य विशेषज्ञले दिएअनुसार मिलाएर खाने ।

३. ताजा, शुद्ध, सफा, प्राकृतिक खानेकुराहरू खाने ।

४. खानामा कुनै किसिमको रसायनिक तत्वहरू नभएको खानेकुराहरू खाने ।

५. खाना खाँदा सकेसम्म धेरै थरीको खाद्य पदार्थहरूको समावेश गर्ने ।

६. तयारी खानेकुराहरू जस्तै तयारी चाउचाउ, भुजिया, दालमोठ आदी नखाने ।

७. नुनको मात्रा कम गर्ने (दिनको आधा चिया चम्चा मात्र)

८. पुरानो अचार, गुन्द्रुक, सिन्की, किनिमा, तामाजस्ता अमिलो खानेकुराहरू नखाने ।

९. रक्सी, बियर, कोक, फान्टाजस्ता पेय पदार्थहरू नपिउने ।

१०. रातो मासु खसी, राँगा, बंगुर आदि नखाने ।

११. भित्री मासु कलेजो, फोक्सो, आन्द्रा आदि नखाने ।

१२. अमिलो, पिरो तथा धेरै मसलादार खानेकुराहरू पनि नखाने ।

१३. सुकेका फलफूलहरू (काजु, किसमिस, बदाम, पेस्ता आदि) नखाने ।

१४. सकेको शारीरीक व्यायाम दिनहुँ गर्ने ।

मिर्गौलाका बिरामीहरूले नियमित रूपमा स्वस्थ्य परीक्षण गर्दै चिकित्सक र खाद्य विशेषज्ञको परामर्श लिने गरेमा स्वास्थ्यको स्तर अपेक्षित रूपमा राम्रो राख्न सकिन्छ । ( श्रेष्ठ, मानव अंग प्रत्यारोपण केन्द्रकी डाइटिसियन हुन। )

 

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखामा लाग्ने रोग ट्रकोमाको समस्या पाँच प्रतिशतभन्दा कम
Next article बंगलादेशको मेडिकल कलेजले तीन दिन शोक मनाउने

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134354
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web