• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

कस्तो अवस्थामा गरिन्छ डाइलासिस ?

March 18th, 2018 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कस्तो अवस्थामा गरिन्छ डाइलासिस ?

डा. कल्पना श्रेष्ठ,

मिर्गौला फेलका पाँचवटा स्टेज हुन्छन् । सबै अवस्थामा डाइलासिस वा प्रत्यारोपण नै गर्नुपर्छ भन्ने हुँदैन । जव मिर्गौलाले १५ प्रतिशतभन्दा कम काम गर्न थाल्छ वा मिर्गौलाले टक्सिन फाल्न सक्दैन त्यो अवस्थामा उसले रगत सफा गर्न सक्दैन । त्यसपछि मात्र डाइलासिस गर्नुपर्छ । लक्षण नै नदेखिई पनि मिर्गौला फेल हुन सक्छ । त्यसैले यसलाई ‘साइलेन्ट किलर’ पनि भन्ने गरिन्छ । केही बिरामी त एकैचोटी पाँचौं स्टेजमा पुगेपछि अस्पताल पुग्छन् । मिर्गौलाको रोग पनि पहिलो, दोस्रो स्टेजमै पत्ता लगाउन सकिए डाइलासिसमा लैजानु पर्दैन ।  तीन÷तीन महिनामा मिर्गौला जाँच गराउने गरेमा यसबाट धेरै हदसम्म बाँच्न सकिन्छ । मिर्गौला जाँच नगराएसम्म ‘म स्वस्थ्य छु’ भन्ने भ्रम पाल्नु हुँदैन । मिर्गौला जाँच गराएपछि मात्र ढुक्क हुन सकिन्छ । मिर्गौला जाँचका लागि न धेरै समय खर्चनुपर्छ न धेरै पैसा नै खर्च गर्नुपर्छ । तीन सय रुपैयाँ तिरेर एक दिनमै मिर्गौला जाँच गराउन सकिन्छ । ब्लड र पिसाबको रिपोर्टपछि आवश्यक उपचार विधि अपनाएर मिर्गौला फेल हुनबाट बच्न सकिन्छ ।

घरमै बसीबसी डाइलासिस

मिर्गौला फेल भएपछि बिरामीसँग उपचारका लागि दुईवटा विकल्प रहन्छन् । एक डायलासिस गर्ने र अर्को प्रत्यारोपण गर्ने । डाइलासिसभन्दा प्रत्यारोपण गर्नु उत्तम विकल्प हो । तर सबै अवस्थामा प्रत्यारोपण गर्न सकिँदैन । त्यसैले मिलेसम्म प्रत्यारोपण गर्नुपर्छ नमिल्ने अवस्थामा डाइलासिस गर्नुपर्छ । डाइलासिस विशेषगरी दुई किसिमका हुन्छन्, हेमोडाइलासिस र पेरिटोनियल । हेमोडाइलासिस भनेको मेसिनको सहायताले फोहोर रगत शरीरबाट निकालेर सफा गरेर फेरि शरीरभित्रै फर्काउने प्रक्रिया हो । हेमोडाइलासिस गर्न अस्पतालमै आउनुपर्छ भने पेरिटोनियल डाइलासिस घरमै बसेर गर्न सकिन्छ ।

पेरिटोनियल डाइलासिस

पेरिटोनियल डाइलासिस घरमै बसेर गर्न सकिन्छ । पेरिटोनियल डाइलासिस गर्दा पेटमा पाइप राखिएको हुन्छ । त्यसलाई क्याटेर भनिन्छ । त्यही पाइपको माध्यमबाट औषधि पानी पेटमा भरिन्छ । दुई लिटर पानी भरिन्छ । हरेक आठ घन्टामा त्यो पानी फेर्नुपर्छ । यो पानीले फोहोर पानी तान्छ र नयाँ पानी प्रवाह गर्छ । यस किसिमको डाइलासिस गर्दा पटुका बाँधेर अन्य काम गर्न सकिन्छ । स्कुल जान सकिन्छ । कार्यालयमा काम गर्न सकिन्छ । तर गरुंगो भारी बोक्ने काम गर्नेका लागि भने मिल्दैन । यो हेमोडाइलासिसभन्दा सजिलो छ । यो गर्दा मेसिन चाहिँदैन । बत्ती चाहिँदैन । अहिले मानव अंग प्रत्यारोपण केन्द्रमा मात्र १८० जनाले यस किसिमको सेवा पाइसकेका छन् । तर यस किसिमको डाइलासिस गर्दा संक्रमण हुने सम्भावना भएकाले पानी बदल्ने बेला भने सचेत हुनुपर्छ । यसमा बिरामीलाई पटकपटक सुईले घोचिरहनु पर्दैन । पेटमा राख्ने पानी हाम्रो देशमा उत्पादन हुँदैन । त्यो विदेशबाट मगाउनुपर्छ । त्यो औषधि पानी सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँछ । त्यो पानी स्लाइन पानीजस्तै हुन्छ । त्यसलाई सीएपीडी भनिन्छ । हेमोडाइलासिसमा नर्सको भूमिका बढी हुन्छ भने यसमा बिरामी आफैंले गर्न सक्छ । यसमा डाक्टर व्यस्त रहनु पर्दैन । हेमोडाइलासिस मेसिन मुटुको समस्या भएका व्यक्तिलाई गर्न मिल्दैन । त्यस्ताहरूका लागि यस किसिमको डाइलासिस उपयुक्त हुन्छ । यस किसिमको डाइलासिस गराउने बिरामीलाई हामी प्रत्येक तीनतीन महिनामा बोलाउँछौं । र जाँच गराएर पठाउँछौं । उनीहरूलाई पानी कसरी राख्ने भन्ने तालिम लिएका हुन्छौं ।

( डा.श्रेष्ठ मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरकी वरिष्ठ नेफ्रोलोजिस्ट हुन् । )

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अर्याललाई स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी
Next article मेडिसिटीद्वारा सिमराका एक हजारको स्वास्थ्य परिक्षण

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web