• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 24th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चितवनका हात्तीमा क्षयरोगको संक्रमण घट्दै

March 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चितवनका हात्तीमा क्षयरोगको संक्रमण घट्दै

हेल्थ टुडे,

चितवन, ८ चैत :  देशका सरकारी र निजी तबरबाट पालिएका हात्तीमा देखिएको क्षयरोगको संक्रमण न्युनीकरण हुँदै गएको छ । अहिलेसम्म क्षयरोगकै कारण १५ वटा हात्ती मरिसकेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेरिनरी डाक्टर अमृत सडौलाका अनुसार सन् २०१४ सम्ममा क्षयरोगको संक्रमणका कारण १५ हात्ती मरेका थिए ।

त्यसयता संक्रमणले हात्ती मर्न पाएका छैनन् । सन् २००२ बाट संक्रमण देखापर्न थालेको भए पनि अनुसन्धान गरी रोगको पहिचान गर्न सन् २००७ सम्म लागेको थियो । सन् २०१६ मा गरिएको पछिल्लो परीक्षणमा ९ वटा हात्तीमा मात्र संक्रमण देखिएको थियो । त्यतिबेला ९३ वटा सरकारी हात्तीमा परीक्षण गरिएकामा ५ वटा औषधि खाइरहेका र ४ नयाँ हात्तीमा संक्रमण देखिएको सडौलाले बताए । त्यसअघि सन् २००७ यता ६१ वटा हात्तीलाई क्षयरोग संक्रमणविरुद्धको औषधि खुवाइएको थियो । ५ वटाबाहेक अन्य ५६ वटा हात्ती रोगबाट मुक्त भएको उनले बताए । संक्रमण देखिएका हात्ती १५ वर्षमाथिका रहेका छन् । हात्तीको क्षयरोग परीक्षणका लागि किट पाउन कठिन हुने गरेको छ । सडौलाका अनुसार अमेरिकाको चेम्बियोमा मात्र किट पाइन्छ । एउटा किटको २० डलर पर्ने हुँदा खरिदमा कठिन पर्ने गरेको उनले बताए । जसका कारण यसवर्ष माइक्रो ब्याक्टेरियम ट्युबरकोलोसिसको डिएनए परीक्षण गरेर हात्तीमा रोग संक्रमण भए नभएको पत्ता लगाउन लागिएको उनले बताए ।

मान्छेबाट पशुमा र पशुबाट मान्छेमा पनि क्षयरोग सर्ने भएकाले क्षयरोग लागेका हात्तीलाई अलग्गै राख्ने गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार संक्रमण देखिएका हात्तीलाई अरु हात्ती भन्दा एकान्तमा राख्ने, उपचार गर्ने र सामान्य गस्ती बाहेक काम लगाइएको छैन । हात्तीमा रोग देखापरे पनि हालसम्म माउते र सहयोगीमा रोग सर्न नपाएको निकुञ्जले जनाएको छ । नेपालमा प्रकृति संरक्षण कोषको सातसहित सरकारी एक सयवटा र निजी एक सय हात्ती रहेका छन् । निजी र सरकारी हात्तीमा मानिसबाटै रोग सरेको अनुमान गरिएको छ । हात्तीलाई पर्यटक घुमाउन, वनक्षेत्रमा गस्ती गर्न, वन्यजन्तु नियन्त्रणमा लिन प्रयोगमा ल्याइँदै आएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
Next article सुत्केरीले पाउने न्यानो झोला कार्यक्रम स्थगित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132523
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web