• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 16th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्रामीण बस्तीमा सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

April 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्रामीण बस्तीमा सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै

डडेल्धुरा, २२ चैत : केही वर्ष पहिलासम्म घरेलु जटीबुटीको प्रयोग गरी असुरिक्षत तवरमा गर्भपतन गराउने महिला अहिले भने सुरक्षित गर्भपतनतर्फ आकर्षित हुन थालेका छन् ।विभिन्न खाले औषधि तथा घरेलु साधन तथा जटीबुटीे प्रयोग गरी गर्भपतन गराउँदा विभिन्न समस्या भोगिरहेका महिला अहिले जिल्लामा रहेका स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन सेवालाई निःशुल्क गराएपछि गर्भपतन गराउनेकोे संख्या वृद्धि भएको हो । विसं २०७३ मंसिर देखि निःशुल्क सुरक्षित गर्भपतन सेवा लागू भएपछि यसलाई अझ प्रभाबकारी बनाउन आइपास नेपालले जिल्लाको भागेश्वरगाउँपालिका, परशुराम नगरपालिका, नवदुर्गा गाउँपालिका, अजयमेरु र गन्यापधुराका विभिन्न स्थानमा समूह गठन गरी सुरक्षित गर्भपतनबारे जनचेतना जगाउन थालेकाले खुलेर गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको कार्यक्रम अधिकृत हीरा ऐरले जानकारी गराउनुभयो ।

यो आर्थिक वर्षबाट बहुउद्देश्यीय विकास समाजको आइपास नेपाल परियोजनाबाट शुरु गरिएको हेयभाव लान्छाना न्यूनीकरण कार्यक्रम संचालन भएसँगै सुरक्षित गर्भपतन गराउने महिलाको संख्या बढ्दै आएको छ ।सामाजबाट लान्छना हुनसक्ने भयका कारण लुसकछिपी असुरक्षित गर्भपतन गराउँदै आएका महिला कार्यक्रम लागू भएपश्चात् खुल्न थालेको बगरकोट स्वास्थ्य चौकीका सेवप्रदायक आरती बोहराले बताउनुभयो । यो वर्षदेखि सामाजिक सचेतना कार्यक्रम र सुरक्षित गर्भपतनका बारेमा समुदायस्तरमा नै सडक नाटक, तालीमपश्चात् गाउँमै गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जोगबुढा अस्पताले जनाएको छ ।सन्तानको इच्छा नभएका उमेर नपुगेका वा अवैध तरिकाले गर्भ रहन गएमा आधिकारिक वा तोकेको स्वास्थ्य संस्थामा सरकारले सुरक्षित गर्भपतन गराउने व्यवस्था गरेसँगै ग्रामीण भेगमा पनि गर्भपतन गराउनेको संख्यामा वृद्धि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख दिलबहादुर शाहीले बताउनुभयो ।डडेल्धुरा जिल्लामा १२ वटा स्वास्थ्य संस्थामा निःशुल्क सेवा दिँदै आएको र नौ हप्तासम्मको गर्भपतन स्वास्थ्य संस्थामा नै हुने र १२ हप्तासम्मको जिल्ला अस्पताल र जोगबुढा अस्पतालबाट यो सेवा उपलब्ध भइरहेको सरोकारवालाले जनाएका छन् ।  (रासस)

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नेपाल मेडिसिटी अस्पताल र ग्लोबल आईएमई बैंकबीच सम्झौता
Next article इलाममा ३६ हजारभन्दा बढीको स्वास्थ्य बीमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132713
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web