• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

April 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश ७ मा ’स्वास्थ्य वर्ष’ सुभारम्भ

हेल्थ टुडे,

धनगढी : सामाजिक विकास मन्त्रालयले २०७५ साललाई स्वास्थ्य वर्षका रुपमा अघि बढाउने भएको छ । ‘स्वास्थ्यप्रति जिम्मेवार, समृद्धिको आधार’ भन्ने नाराका साथ २०७५ लाई  ‘स्वास्थ्य वर्ष’ मनाइन लागेको हो । प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले योगा, सरसफाइ, स्वास्थ्य परिक्षण सहितका कार्यक्रममा सरिक भई नयाँ वर्षको पहिलो दिन बैसाख १ गते अभियान शुरुवात भएको घोषणा गरेका हुन । स्वास्थ्य हामी सबैको पहिलो प्राथमिकता हो ।  स्वस्थ रहन व्यवहार परिवर्तन आवश्यक रहेकाले योगा अभ्यासबाट अभियान शुभारम्भ गरेको भट्टले बताए ।  सर्वसाधारणलाई स्वस्थ रहन प्रेरित गर्दै मुख्यमन्त्री भट्ट सहित प्रदेशका स्वास्थ्य समेत हेर्ने समाजिक विकास मन्त्री दीर्घ सोडारी सहितले योगा अभ्यास गरेका थिए । त्यसपछि उनीहरुले सेती अन्चल अस्पतालका वृद्धवृद्धा सहितका बिरामीलाई फलफूल वितरण र अस्पताल क्षेत्र सरसफाइ पनि गरेका थिए ।

धनगढीबाट शुरु भएको अभियानलाई प्रदेश ७ का गाउँ, वडा तहमा लैजान सामाजिक विकास मन्त्रालयले विभिन्न कार्यक्रम सञ्चालन गर्ने भएको छ ।  पछिल्लो समय सर्नेभन्दा नसर्ने रोगको संक्रमण बढ्दै भइरहेको पाइएकाले मन्त्रालयले उपचारात्मकसंगै प्रतिरोधात्मक कार्यक्रम प्रदेशभरि नै सन्चालन गर्न लागेको सामाजिक विकास मन्त्री सोडारीले बताए ।  ‘नसर्ने रोग विशेषगरी खानपान तथा जीवनशैलीसँग सम्बन्धित भएकाले यसबारे जनचेतना फैलाउनुको विकल्प छैन,’ मन्त्री सोडारीले भने ।

सामाजिक विकास मन्त्रालयले चुरोट, रक्सी र सुर्तिजन्य पदार्थ नखाने, नियमित व्यायम गर्ने, ट्राफिक नियमको पालना गर्ने लगायतका आठ बुँदे प्रतिबद्धता जनाएको छ ।

यस्ता छन् प्रतिबद्धताः

१.   म तनावरहित जीवन व्यतित गर्छु ।

२.   म मेरो घर र टोल समुदाय सफा राख्छु ।

३.   म चुरोट रक्सी र सुर्तीजन्य पद्धार्थ खान्न ।

४.  म नियमित व्यायाम गर्छु ।

५.  म पोषिलो खाना खान्छु ।

६.   म नियमति स्वास्थ्य जाँच गर्छ ।

७.  म मेरो परिवार र समूदायको स्वास्थ्यप्रति सजग रहन्छु ।

८.  ट्राफिक नियमको पालना गर्छु ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ग्राण्डी अस्पतालको छतबाट हाम फालेर आत्महत्या
Next article स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133244
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

44
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web