• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 3rd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

यसरी हुदैछ क्यान्सर विरामीको तथ्यांक संकलन

May 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसरी हुदैछ क्यान्सर विरामीको तथ्यांक संकलन

हेल्थ टुडे,

बर्दिया :  सरकारसँग अहिलेसम्म क्यान्सर विरामीको तथ्यांक छैन । क्यान्सरमा काम गर्ने संस्था, क्यान्सर अस्पताल र सरकार सबैका आफ्नै अनुमानित तथ्यांक छन् । तर केही महिनाभित्रै  क्यान्सरका विरामीको वास्तविक तथ्यांक थाहा पाउन सकिने छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले अहिले देश भरि र देश बाहिर समेत क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ । परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाका अनुसार परिषद्ले अस्पतालमा आधारित र जनसंख्यामा आधारित क्यान्सर दर्ता गरि दुई किसिमबाट तथ्यांक संकलन भइरहेको छ ।

अस्पतालमा आधारित क्यान्सर विरामीको दर्ता अन्तरगत देशका ठूला  अस्तताल, क्यान्सर अस्पतालहरु, मेडिकल कलेजहरु र नेपाली विरामीले उपचार गराइरेहका विदेशी अस्पतालहरुबाट क्यान्सरका विरामीको संख्या संकलन गरिरहेको छ भने जनसंख्यामा आधारित क्यान्सर विरामी दर्ता अन्तरगत देश भरिका महिला स्वास्थ्य स्वयं सेविकाहरुको सहयोगमा सरकारी स्वास्थ्य संस्थाबाट तथ्यांक संकलन काम धमाधम भइरहेको छ । डा. झाले भने, ‘अहिलेसम्म बर्दियाको बारबर्दिया, कास्कीको पोखरा उपमहानगर, काठमाडौंको बुढानिलकण्ठ नगरपालिमामा तथ्यांक संकलनको काम भइरहेको छ । बिस्तारै देशका सबै स्थानिय निकायमा रहेका सरकारी स्वास्थ्य संस्थामार्फत महिला स्वास्थ्य स्वयं सेविकाको सहयोगमा क्यान्सर विरामीको तथ्यांक संकलन गरिने छ । ’

परिषद्ले उपलब्ध गराएको फारम भरेर महिला स्वास्थ्य स्वयं सेविकाले आआफ्नो स्वास्थ्य केन्द्रमा बुझाउन थालेका छन् । यस बिषयमा उनीहरुलाई परिषद्ले तालिम दिइसकेको छ । यसै गरि सरकारले क्यान्सरका विरामीलाई उपचारमा सहयोग स्वरुप उपलब्ध गराउने एक लाख बराबरको उपचार खर्च निकासा दिने व्यवस्थापन महासाखा र स्थानिय गाउपालिका र नगरपालिका कार्यालयमा दर्ता भएका मृत्यु दर्ताबाट पनि तथ्यांक संकलन गरिदै छ । २०७४ को पुष १५ गतेबाट सुरु गरिएको तथ्यांक संकलनले प्रारम्भिक रिपोर्ट ३ महिनाभित्र आउन सक्ने डा. झाले बताए । सुरुमा प्रारम्भिक रिपोर्ट आउने र बिस्तारै केही बर्षमै देशभरिको वास्तविक तथ्यांक आउने आशा झाले व्यक्त गरे । क्यान्सर विरामीको यकिन तथ्यांक पत्ता लगाउन सकिए सरकारलाई यसका बिषयमा नीति बनाउन र अस्पताल खोल्नमात्र नभएर विरामीलाई सहुलियत दिन पनि सहज हुने अवधारणाका साथ यो कार्य अगाडि बढीरहेको डा. झाले बताए । बर्दियाको धधवार स्वास्थ्यचौकीका इन्चार्ज गोविन्द पौडेलले महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यस विषयमा अभिमुखिकरण तालिम लिएर तथ्यांक संकलनमा पठाइएको बताए । परिषद्की सहायक अनुसन्धान अधिकृत उमा काफ्लेले यो अभियानमा सरकारी स्वास्थ्य संस्था, महिला स्वास्थ्य स्वयं सेविका र निजी क्षेत्रका स्वास्थ्य संस्था र मेडिकल कलेजहरुको सकारात्मक सहयोग रहेको बताइन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article   जेष्ठ महिनालाई स्टार हस्पिटल भ्रमण महिनाका रुपमा मनाईने
Next article प्रजनन उमेर सकिएपछि किन हुन्छ महिलामा अस्टिओपोरोसिस ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132093
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

32
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web