• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि

May 28th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गर्भजाँच सेवा लिने महिलाको संख्यामा वृद्धि

काठमाडौँ, १४ जेठः प्रजनन स्वास्थ्यका क्षेत्रमा पछिल्लो एक वर्षमा उल्लेखनीय सुधार देखिएको छ । प्रजनन, परिवार नियोजनको साधन प्रयोग, नवजात शिशुमृत्यु, पाँच वर्ष मुनिको बालमृत्यु, कम्तीमा चार पटक गर्भ जाँच गराउने महिला, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिला, तथा पूर्ण रुपमा सबै प्रकारका खोप लगाउने बालबालिकाको प्रतिशतमा प्रगति देखिएको हो ।
अघिल्लो वर्ष प्रजनन दर (प्रतिमहिला) २.३ थियो भने यसपटक २.१ मा घटेको छ । आर्थिक वर्ष २०७४÷७५ को आर्थिक सर्वेक्षणका अनुसार परिवार नियोजनको साधन प्रयोग दरमा गत वर्षको भन्दा तीन प्रतिशतले वृद्धि भएको छ । आर्थिक सर्वेक्षण अनुसार चार लाख ५० हजारले परिवार नियोजनको साधन प्रयोग गरेका थिए । स्वास्थ्य क्षेत्रको महत्वपूर्ण सूचकका रुपमा हेरिने नवजात शिशु मृत्युदरमा उल्लेखनीय सुधार आएको छ ।
नवजात शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा २८ दिनभित्र) २१ बाट १७ मा झरेको छ । समग्र स्वास्थ्य क्षेत्रको उल्लेखनीय सुधारका रुपमा यसलाई लिइन्छ । स्वास्थ्य मन्त्रालयको उच्च प्राथमिकता प्राप्त कार्यक्रम अन्तर्गत आमा सुरक्षा कार्यक्रम रहेको छ ।
यसैगरी, शिशु मृत्युदरमा सुधार देखिएको छ । शिशु मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा जन्मेको एक वर्ष्भित्र) २६ मा झरेको छ । अघिल्लो वर्षसम्म ३२ रहेको थियो । यस वर्षको आर्थिक सर्वेक्षणले पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिएक हजार जीवित जन्ममा) ३९ बाट ३० मा झरेको देखाएको छ ।
पूर्वस्वास्थ्य सचिव डा किरण रेग्मी प्रजनन स्वास्थ्य, आमा सुरक्षा कार्यक्रमका कारण पछिल्लो वर्षमा यस क्षेत्रमा सुधार आएको बताउनुहुन्छ । यसैगरी, प्रजनन स्वास्थ्यको अर्काे महत्वपूर्णको पक्ष गर्भवती भएपछि स्वास्थ्य सस्थामा सेवा गर्भजाँच लिने महिलाको पनि संख्यामा वृद्धि भएको छ । अघिल्लो आर्थिक सर्वेक्षणमा यस्ता जाँच गराउने महिलाको संख्या ६९ प्रतिशतबाट वृद्धि भई ७२ प्रतिशत पुगको छ । यसैगरी, दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने महिला, स्वास्थ्य संस्थामा प्रसूति गराउने महिलाको संख्यामा समेत उल्लेख्य वृद्धि भई ७२ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ५७ प्रतिशत मात्र रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article झाडापखाला नियन्त्रणमा, बिरामी घर फर्कन थाले
Next article नागरिक समाजको तर्फबाट सि.सि.एम. मा ४ सदस्य निर्वाचित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133886
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

146
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

139
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web