• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३०० ले लिए योग र स्वस्थ जीवनका बारेमा तीन दिने प्रशिक्षण

June 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३०० ले लिए योग र स्वस्थ जीवनका बारेमा तीन दिने प्रशिक्षण

बुटवल, ६ असारः रुपन्देहीको ग्रामीण क्षेत्र मर्चवारमा योग तथा स्वस्थ जीवन कार्यक्रम सम्पन्न गरिएको छ ।
कोटहीमाई गाउँपालिका–५ मर्चवारमा गरिएको कार्यक्रममा स्वस्थ जीवनका लागि योग तथा आयुर्वेदको महत्वको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा, विद्यालयका शिक्षक विद्यार्थी गरी ३०० जनालाई योग र स्वस्थ जीवन र नसर्ने रोगबाट बच्ने उपायका बारेमा तीन दिनसम्म प्रशिक्षण दिइएको थियो ।
लुम्बिनी अञ्चल आयुर्वेद योग शाखा संयोजक तथा पतञ्जली योग समिति, लुम्बिनीका वरिष्ठ योग प्रशिक्षक विष्णुहरि आचार्यले बढ्दो शहरीकरण र अव्यवस्थित जीवनशैलीका कारण उच्च रक्तचाप, मधुमेह, दम, क्यान्सर जस्ता नसर्ने रोग अहिले चुनौतीका रुपमा रहेकाले ती रोगबाट बच्नका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा कार्यक्रममा जानकारी गराउनुभयो । जीवनशैली व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि उचित आहार विहार, व्यवहार र विचारले नसर्ने रोगलाई न्यूनीकरण गर्न सकिने समेत उहाँले बताउनुभयो ।
आयुर्वेद शाखा प्रमुख रवीन्द्रप्रसाद मिश्रले ग्रामीण क्षेत्रमा पनि स्वास्थ्य क्षेत्रका समस्या बढ्दो रहेको भन्दै स्वस्थ जीवनका लागि सरसफाइदेखि योग, जीवनशैलीको महत्व बढी हुने धारणा राख्नुभएको थियो ।
तीनदिने कार्यक्रमको मंगलबार समापन समारोहमा बोल्दै गाउँपालिकाका अध्यक्ष चन्द्रभूषण यादवले स्वास्थ्य क्षेत्रलाई आफूले महत्व दिने उल्लेख गर्दै वार्षिकरुपमा तीनपटक यस किसिमका कार्यक्रम सञ्चालन गरी चेतना विस्तार गरिने बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद घिमिरेले स्वस्थ जीवनका लागि योगको महत्व बढी हुने भन्दै अनुशासनमा ध्यान दिनुपर्ने बताउनुभयो । शुद्धोधन गाउँपालिका आयुर्वेद शाखाका प्रमुख प्राम्सु ढकालले योगका बारेमा सहजीकरण गर्नुभएको थियो । योग प्रशिक्षणमा गाउँपालिकाका पदाधिकारी लगायतका जनप्रतिनिधि, दलका स्थानीय नेता कार्यकर्ता तथा सुरक्षाकर्मीको समेत सहभागिता रहेको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ‘स्वस्थ नगरवासीःस्वस्थ नगर’–नीति तथा कार्यक्रम
Next article ६ गाउँपालिकामा आइरन चक्की निरन्तर खुवाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132054
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

35
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web