• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा केसीको समर्थनमा देशभरका डाक्टर र स्वास्थ्यकर्मीहरू आन्दोलित

July 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा केसीको समर्थनमा देशभरका डाक्टर र स्वास्थ्यकर्मीहरू आन्दोलित

हेल्थ टुडे,
काठमाडौं, २७ असारः नेपाल चिकित्सक संघको आह्वानमा आवद्ध देशभरका डाक्टर र स्वास्थ्यकर्मीहरू आन्दोलित भएका छन् । १२ दिनदेखि अनसनमा रहनुभएका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा बुधवार १० बजेदेखि ११ बजेसम्म काम छाडेर धर्नामा बसेका हुन् । डा केसीका माग पूरा गर्न दबाब दिन संघले मंगलवार सार्वजनिक गरेको विरोध कार्यक्रम अनुसार बुधवार धर्ना दिइएको हो ।
संघका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले बुधवार विभिन्न दलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताउनुभएको छ । डा केसीका पक्षमा समर्थन जुटाउन र माग पूरा गर्ने सहमतिका लागि दबाब दिन चिकित्सक संघ सक्रिय छ । बुधवार दुई बजे नेता बाबुराम भट्टराइलाई कार्यक्रम रहेको उहाँले बताउनुभयो ।
संघले डा केसीका माग तत्काल सम्बोधन नभए इमर्जेन्सी बाहेकका सबै सेवा बन्द गराउन आफूहरु बाध्य हुने चेतावनी यसअघि नै दिइसकेको छ । संघले वरिष्ठ चिकित्सक केसीको माग सम्बोधन गर्न सरकारलाई दबाव दिन विगत ३ दिनयता हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
चिकित्सक संघका तीनबुँदे कार्यक्रमः
१. देशभरका स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले आ–आफ्नो स्वास्थ्य संस्थामा अर्को निर्णय नहुँदासम्म प्रत्येक दिन दैनिक कार्य सुरु हुने समयबाट १ घन्टा कालोपट्टी बाँधी धर्ना, र्या ली लगायतका कार्यक्रमहरु सञ्चालन गर्ने ।
२. नेपाल चिकित्सक संघ केन्द्रीय कार्यालय र संघका देशभरका शाखा कार्यालयहरुले सम्बन्धित जिल्लामा रहेका शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) सँग समन्वय गरी संघले संचालन गरेका कार्यक्रमहरुका बारेमा छलफल गरी सहयोग पुर्यालउन अपिल गर्ने ।
३. यी विरोधका कार्यक्रमहरु सञ्चालन गर्दा समेत सरकारले निकासका लागि यथाशीघ्र सम्बोधन नगरेमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवाहरु बन्द गर्ने सम्मका कार्यक्रमहरु सञ्चालन गर्न संघ बाध्य हुनेछ । साथै, यसबाट उत्पन्न हुने परिणती प्रति नेपाल सरकार नै जिम्मेबार हुनेछ ।
त्यसैगरी डा केसीको समर्थन देशका विभिन्न स्थानमा धर्ना तथा सरकारलाई दवाव मुलक कार्यक्रमहरु भैरहेका छन ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको पक्षमा जुम्लाका महिलाहरु सडकमा उत्रेका छन्। सरकारले माग पुरा गर्न अटेर गरिरहेको समयमा जुम्लामा आमाहरुले सडकबाट डा केसीको पक्षमा नारा लगाएका हुन् । उनीहरुले तत्काल डा केसीको जीवन रक्षा गर्नुका साथै जनताको पक्षमा उठाएका जायज माग पुरा गर्न सरकारलाई दबाव दिएका हुन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लुम्बिनी अस्पतालको बोलपत्र आह्वान स्थगन प्रदेश सरकारसँग समन्वय गरिने
Next article गर्भवती महिलाका लागि बहुक्षेत्रीय पोषण कार्यक्रम

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133754
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

130
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web