• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आरोग्य स्वास्थ्य प्रतिष्ठानले दियो डाइलाइसिस मेशिन

July 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आरोग्य स्वास्थ्य प्रतिष्ठानले दियो डाइलाइसिस मेशिन

हेटौँडा, १ साउनः आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर (पुलचोक) ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गाैला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ ।
हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भ¥याङ स्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ ।
अहिले सर्लाही, रौतहट र मकवानपुर जिल्लाका गरी करीब ३० जना मिर्गौला रोगीलाई उपचारको क्रममा क्रमशः प्रत्येक दिनको तीनपटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान हेटौँडाका इञ्चार्ज स्टाफ नर्स रिना सिलवालले जानकारी दिनुभएको छ ।
अहिले सर्लाही, सिन्धुली, रौतहट र मकवानपुरका गरी करीब २३ जना थप मिर्गौला रोगी डाइलाइसिस सेवाका लागि प्रतिक्षा सूचीमा रहेका र ती बिरामीलाई आगामी भदौको २० गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराउन आवश्यक प्राविधिक तयारी भइरहेको र ती बिरामीलाई थप उपचारका लागि वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ चिकित्सकको पनि सेवा उपलब्ध गराउनेतर्फ पहल गरिएको चुरेहिल अस्पतालका वरिष्ठ प्रशासन प्रमुख रविरमण अधिकारीले बताउनुभएको छ ।
हेटौँडा उपमहानगरपालिका–१४ बस्ने मिर्गौला रोगी गुरुङबहादुर आलेमगर र वडा नं ८ राजपानी बस्ने मिर्गौला रोगी मीना परियारले हेटौँडास्थित चुरेहिल अस्पतालमा नियमित डाइलाइसिस उपचार गरिरहेको भएपनि तत्काल डाइलाइसिस कार्यकक्षमा बिरामीलाई आकस्मिक रुपमा आइपर्ने समस्यालाई तत्काल उपचार विधिमा लैजान वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा अहिले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरबाट एकजना विशेषज्ञ चिकित्सक उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्न माग गरेका छन् ।
आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा सञ्चालित डाइलाइसिस सेवालाई अझ प्रभावकारीरुपमा सेवा सुविधा उपलब्ध गराउन दुईजना स्टाफ नर्स उपलब्ध गराउने र ती प्राविधिक जनशक्तिलाई अहिले डाइलाइसिससम्बन्धी तालीम उपलब्ध गराइएको र आगामी भदौको दोस्रो साताबाट ती स्टाफ नर्स हेटौँडामा कार्यरत रहनुहुने आरोग्य स्वास्थ्य प्रतिष्ठान, हेटौँडाका इञ्चार्ज रीना सिलवालले बताउनुभएको छ ।
यसअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा तीनवटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article डा केसीसँग वार्ता गर्न टोली गठन
Next article एन्जियोग्राफी परिक्षण सेवा सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133246
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

46
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

36
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

49
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web