काठमाडौं, १० साउनः सरकार र डा गोविन्द केसी पक्षबीचको बार्ता सकिएको छ । डा केसीका मागका विषयमा दुवै पक्ष सहमति नजिक पुगेपछि वार्ता टुंगिएको हो ।
सहमतिका लागि अन्तिम निर्णय भने डा केसीले नै बताइएको छ । डा केसी तर्फबाट वार्तामा सहभागी अधिवक्ता ओम प्रकाश अर्यालका अनुसार अधिकांश विषयमा सहमति नजिक पुगेकोले कुरा मिल्ने सम्भावना बढेको बताउनुभयो । ‘हामी सहमति नजिक पुगिसकेका छौं । सहमतिका विषयमा डा केसीलाई जानकारी गराउन जाँदैछौं ।’ आफू सहमत भएपनि डा केसीको निर्णय जरुरी भएको उहाँले बताउनुभयो ।
Leave a Reply