• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश नं २ मा क्यान्सरको उपचार गर्ने पहिलो सेन्टर स्थापना

August 17th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश नं २ मा क्यान्सरको उपचार गर्ने पहिलो सेन्टर स्थापना

विष्णु नेपाल
महोत्तरी, १ भदौः क्यान्सर रोगको उपचार सम्बन्धी सबै स्वास्थ्य सेवा महोत्तरीका जनताले अव सर्वसुलभ रुपमा आफ्नो घर आँगनमा नै पाउने भएका छन् ।
विनयतारा फाउण्डेशन अमेरिका, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपाल नगरपालिकाको संयुक्त सहकार्यमा क्यान्सर सेन्टर (अस्पताल) सञ्चालनमा आएपछि नगरवासीले पहिलो पटक विशेषज्ञ सहितको गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पाएका हुन् ।
नगरपालिकाका प्रमुख अशोक कुमार मण्डल, उपप्रमुख सीतादेवी साह, वरिष्ठ क्यान्सर रोग एवं शल्यचिकित्सक राकेश साहले हालै सो सेवाको शुभारम्भ गर्नुभयो । अस्पतालले विशेष गरी क्यान्सर रोगका लागि प्रदान गर्ने सेवा गुणस्तरीय हुने बताइएको छ ।
प्रदेश नं २ अन्तर्गत क्यान्सर रोग उपचार गर्ने यो पहिलो सेन्टर मानिन्छ । सिराहा, सप्तरी, धनुषा, महोत्तरी लगायताका जिल्लाका क्यान्सर रोगी उपचार गर्न चितवन अथवा धरान जानुपर्ने बाध्यता कम हुँदै जानेछ । क्यान्सर रोग विशेषज्ञद्वय डा विनय साह र डा राकेशकुमार साहको पहलमा जिल्लाको दुर्गम क्षेत्रमा क्यान्सर सेन्टर सञ्चालनको अगुवाइ गर्नुभएको हो ।
ट्रष्टले अहिले घर भाडामा लिइ अन्तरङ्ग साथै प्रयोगशाला, रेडियोजोली लगायतका सेवा शुरु गरेको छ । शल्यक्रिया, किमोथेरापी जस्ता क्यान्सर रोग सम्बन्धित थप सेवा विस्तार गर्ने जनाइएको छ ।
विशेषज्ञ धेरै तर क्यान्सर बढ्दो
तराई–मधेशमा क्यान्सर रोगका कारण कतिले अकालमा ज्यान गुमाउँदछन् यसको कुनै आधिकारिक तथ्याङ्क कुनै निकाय सित छैन । विशेष गरी सूर्ती, गुट्खा, धूमपान, मदिरापान आदि कारणले हुने विविध प्रकारका क्यान्सर तराई–मधेशमा बढी हुने बताइन्छ ।
महिलाको पाठेघर, स्तनमा हुने क्यान्सर रोगीको मात्रा यही क्षेत्रमा बढी हुने अनुमान छ ।
जनकपुर स्थित निजी अस्पतालमा कार्यरत वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा अवधेश कुमार साह तराई–मधेशका जिल्लामा कति क्यान्सर रोगी छन् भनेर हालसम्म कुनै पहिचान नभएको बताउनुहुन्छ । उहाँले कति बिरामी त अन्तिम अवस्थामा आउँने बताउनुभयो । अर्का क्यान्सर रोग विशेषज्ञ डा सन्तोष कुमार पञ्जियार मुखका क्यान्सरको सङ्ख्या तुलनात्मक रुपमा तराई–मधेशमा बढिरहेको बताउनुहुन्छ । नेपाल चिकित्सक सङ्घका अनुसार नेपालमा रहेका क्यान्सर रोग विशेषज्ञ मध्ये करीब ५० प्रतिशत प्रदेश नं २ अन्तर्गतका छन् ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चिकित्सकहरूको आन्दोलन दुई हप्ता स्थगित
Next article बिरामीको चाप दिन प्रतिदिन बढ्दै

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132854
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

31
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web