• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१०६ ले गराए मुटुको निःशुल्क परीक्षण

September 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१०६ ले गराए मुटुको निःशुल्क परीक्षण

सिन्धुली, २४ भदौः शनिबार सिन्धुलीमा आयोजित निःशुल्क मुटु शिविरमा १०६ जनाले मुटुको स्वास्थ्य परीक्षण गराएका छन् ।
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, लायन्स क्लब अफ सिन्धुली सिटी र सिन्धुली पोलिक्लिनिक धुराबजार द्वारा संयुक्त रुपमा आयोजित उक्त शिविरमा ३० जनाले मुटुको भिडियो एक्सरे र ४५ जनाले इसिजीलगायत स्वास्थ्य परीक्षण गराएका थिए ।
स्वास्थ्य परीक्षण गराएकामध्ये १० जनाको मुटुको शल्यक्रिया गर्नुपर्ने भएकाले उनीहरुको निःशुल्क शल्यक्रियाका लागि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा सिफारिश गरिएको जनाएको छ ।
शिविरमा निःशुल्क विशेषज्ञ सेवा, मुटुको भिडियो एक्सरेमा ७० प्रतिशत छुट, इसिजीमा ५० प्रतिशत छुट, १५ वर्षमुनिका बालबालिकाको निःशुल्क मुटु रोग उपचार, ज्येष्ठ नागारिकको निःशुल्क उपचार तथा मुटु बाथ रोगको निःशुल्क उपचार गरिएको सिन्धुली पोलिक्लिनिकका डा दिन्जुल कटुवालले जानकारी दिनुभयो ।
मुटुरोगीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै खानपानमा विशेष ध्यान दिन परामर्श गरिएको र शिविरमा आएका मध्ये मुटु रोगीको मात्र स्वास्थ्य परीक्षण गरिएको पनि उहाँले बताउनुभयो ।
मुटुरोग विशेषज्ञ डा निशेष बस्नेत, डा किसन कुस्वाहा, डा अच्युत खनाल, डा अमृत केसी, इको तथा इसिजी विशेषज्ञसहित १० जना चिकित्सक टोलीले शिविरमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा दिनुभएको थियो ।
नियमित शारीरिक व्यायम, खानपानमा विशेष ध्यान दिए मुटु रोगबाट बच्न सकिने सुझाव चिकित्सकको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाजुरामा पहिलो पटक आन्द्राको शल्यक्रिया
Next article अधिकांश दरबन्दी खाली–अस्पतालमा चिकित्सकको अभाव

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131767
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web