• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 7th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बाथरोग दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना

October 13th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बाथरोग दिवसमा नेशनल बाथरोग सेन्टरको सचेतना

हेल्थ टुडे,

काठमाडौं : विश्व बाथरोग दिवसको अवसरमा राजधानीको रोतोपुलमा रहेको नेशनल बाथरोग सेन्टरले शुक्रबार सेचतना कार्यक्रम आयोजना गरेको छ । सेन्टरले बिगत चार वर्षदेखि यस्तो कार्यक्रम वर्षेनी गर्दै आइरहेको छ ।  अक्टुवर १२ लाई विश्वभरि नै बाथरोग दिवसका रुपमा रुपमा मनाइने गरिन्छ । सेन्टरले आयोजना गरेको कार्यक्रममा बाथरोग विशेषज्ञहरुले बाथरोगका विविद पक्षहरुमाथि प्रकाश पार्दै समयमै बाथरोगको पहिचान गरि उपचार गर्न सकिए धेरै हदसम्म रोकथाम गर्न सकिनेमा जोड दिए ।

सेन्टरका बाथरोग विशेषज्ञ डा. विनित बैद्यले बाथरोग दीर्घकालिन रोग भएकाले यसप्रति सत्य, तथ्य सचेतना आवश्यक रहेको बताए । बेलैमा सहि पहिचान गर्न सकिए थप संक्रमणबाट जोगाउन सकिने दावी गर्दै डा. बैद्यले बाथरोग विज्ञहरु मार्फत सेवा दिन आग्रह गरे ।

नेशनल बाथरोग सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिले जुनसुकै बाथरोगको उपचारका लागि सेन्टरका विज्ञहरु सक्षम भएको बताउदै बाथरोगको उपचारका लागि विदेश जानु पर्ने अवस्था नभएको दाबी गरे । बाथका विरामीको बढ्दो चाप र आवश्यकता अनुसार सेन्टरले दोश्रो इकाई पनि स्थापना गरेको जानकारी दिए । कक्षपतिका अनुसार इकाई एकको नेतृत्व डा. वैद्यले गरिरहेको र ईकाई दुईको नेतृत्व बाथरोग विशेषज्ञ डा. स्वेता नकर्मीले गरेर उपचार सेवा दिई रहेकीछिन् ।

कार्यक्रममा डा. नकर्मीले बाथ बढ्दो उमेरसँग बढ्दै जाने रोग भएकाले सचेतना र परीक्षण आवश्यक रहेको बताइन । बाथ रोगीले लामो समयसम्म औषधि खानु पर्ने बताउदै डा. नकर्मीले बिचमै औाषधि सेवन गर्न छोड्ने प्रवृतिका कारण समस्या देखिने गरेको अनुभव सुनाइन । कार्यक्रममा सेन्टरका प्रवन्ध निर्देशक कक्षपतिले बाथरोग प्रति सचेतना जगाउन सेन्टरले उपत्यका सहित देशका भिन्न भिन्न स्थानमा निशुल्क स्वास्थ्य सिविर सञ्चालन गर्ने योजना रहेको जानकारी दिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बाथरोगको चेतना जगाउन नर्भिकको मोटरसाइकल -याली
Next article विवादास्पद’ स्वास्थ्य सचिव डा.पुष्पा चौधरीको सरुवा 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132173
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

18
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web