• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

विद्यार्थी आन्दोलनका कारण गण्डकी मेडिकल कलेज बन्द

February 22nd, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
विद्यार्थी आन्दोलनका कारण गण्डकी मेडिकल कलेज बन्द

पोखरा,१० फागुन । कलेजले नियमभन्दा बढी शुल्क असुल्न थालेपछि त्यसबिरुद्ध भईरहेको विद्यार्थी आन्दोलनले पोखरास्थित गण्डकी मेडिकल कलेजको पठनपाठन ठप्प भएको छ । एमबिबिएस पढ्न ५५ लाखभन्दा बढी तिर्नुपरेपछि कलेजका विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

विद्यार्थीहरुले अतिरिक्त शुल्क फिर्ता हुनुपर्ने, सरकारले तोकेको शुल्कमा पढ्न पाउनुपर्ने र विद्यार्थीले तिरेको रकमको बिल, भौचर र रसिद उपलब्ध गराउनुपर्ने माग राख्दै आन्दोलन गरेपछि पठनपाठन अवरुद्ध भएको हो । काठमाडौँ उपत्यकाबाहिर एमबिबिएस पढ्ने विद्यार्थीले रु ४२ लाख ४५ हजार शुल्क तिर्नुपर्ने सरकारी नियम छ। तर, गण्डकी मेडिकलल कलेजले प्रत्येक विद्यार्थीबाट ८ लाख भन्दा बढी तिर्नुपरेपछि विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन्।

विद्यार्थीहरुको आन्दोलन चर्किदै गएपछि नेपाल मेडिकल काउन्सिलले छानविन गर्ने भएको छ। काउन्सिलले समस्या पहिचान गरी प्रतिवेदन पेश गर्न तीन सदस्यीय टोली खटाउने निर्णय गरेको छ । टोलीले आज र भोली मेडिकल कलेजमा पुगेर त्यहाँ देखिएको समस्या, विद्यार्थीहरुले आन्दोलन गर्नु परेको कारण लगायतका विषयमा अध्ययन गर्नेछन्। टोलीमा डा. विश्वराज दवाडी, डा. कालु सिंह खत्री र डा. सुनिलकुमार शाह छन्।

कलेजले तोकिएभन्दा बढी शुल्क लिएको भन्दै माघ १७ देखि कक्षाकोठा, कलेज प्रशासन र अस्पतालको बहिरङ्ग विभागमा तालाबन्दी गरेका विद्यार्थीले मेडिकल कलेज परिसरमा रिले अनशन समेत गरेका छन्। तर,कलेज प्रशासनले भने कानूनअनुसार नै शुल्क लिएको जिकिर गरिरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सरकारी चिकित्सकको आन्दोलन जारी, आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिस्कार
Next article प्रदेश मातहत आएपछि लुम्बिनी आयुर्वेद अस्पताल औषधिविहीन, बिरामीलाई समस्या

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132851
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

34
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web