• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै,७८ लाखलाई औषधि खुवाउने लक्ष्य

February 24th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि सेवन अभियान सुरु हुँदै,७८ लाखलाई औषधि खुवाउने लक्ष्य

काठमाडौ,१२ फागुन । सरकारले यही फागुन १५ गतेदेखि हात्तिपाइले रोगको जोखिम रहेका मुलुकका १५ जिल्लामा हात्तिपाइले रोगबिरुद्धको औषधि सेवन अभियान सुरु गर्दैछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले यही फागुन १५ गतेदेखि हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने जनाएको हो ।

महाशाखाले फागुन १५ देखि पाचँथर, इलाम, झापा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलबस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी १५ जिल्लाका ७८ लाख ४९ हजारलाई औषधि खुवाउने लक्ष्य लिएको जनाएको छ । कार्यक्रमका लागि ६ हजार २ सय ५ जना स्वास्थ्यकर्मी परिचालन गरिने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

सरकारले यस वर्षको कार्यक्रमलाई २० करोड ६० लाख ७० हजार रकम विनियोजन गरेको छ । महाशाखाले देशभरका ३४ अस्पतालमा ४ हजार १ सय ७० जनाको दरले हाईड्रोशिल सर्जरीको लागि बजेट छुट्याईएको र अहिलेसम्म ६ हजार तीन सय २६ जना हाइड्रोशिलका बिरामीको निःशुल्क शल्यक्रिया भैसकेको जनाएको छ ।

हातीपाइले रोग विरुद्धको औषधि ६ वर्षसम्म लगातार खाएमा यो रोग नलाग्ने चिकित्सकहरु बताउँछन्। सरकारले सन् २००३ देखि यस रोग विरुद्धको औषधि वितरण गर्न सुरु गरेको हो । सरकारले हात्तीपाइले रोग सन् २०२० सम्ममा एक प्रतिशतमा झार्ने लक्ष्य लिएको छ। हात्तीपाइले रोगको जोखिममा रहेका देशहरुबाट हात्तीपाइले रोग निवारण गर्ने संयुक्त राष्ट्रसंघको प्रस्तावअनुसार नेपालले पनि सन् २०२० सम्ममा नेपालबाट हात्तीपाइले रोग निवारण गर्ने प्रतिवद्धता जनाएको छ ।

‘क्युलेक्स’ नामक लामखुट्टेको टोकाइबाट सर्ने हात्तीपाइले रोगबाट हाल ३० हजार मानिस प्रभावित रहेको महाशाखाले जनाएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा. विवेककुमार लालले औषधि सेवन गरेका ४८ जिल्लाका मानिसमा हात्तीपाइले रोगको समस्या नदेखिएको र वर्षको एकपटकको दरले ६ वर्षसम्म औषधि सेवन गर्दा रोग निवारण गर्न सकिने दावी गरे ।

गर्भवती, सुत्केरी तथा दुई वर्ष कम उमेरका बालबालिकाले, कुपोषण भएका ५ वर्षमुनिका बालबालिकाले भने यो औषधि सेवन गर्नुहुँदैन । यस्तै, क्यान्सर, मुटुरोगीलगायत दीर्घरोगको औषधि सेवन गरेका बिरामीले समेत हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्नुहुँदैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विषाक्त मदिरा सेवनबाट एक सय जनाभन्दा बढीको मृत्यु,करिब २०० जना अस्पताल भर्ना
Next article पहिलोपटक आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ६१५ जना लाभान्वित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132305
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web