• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 19th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए

April 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए

हेल्थ टुडे,
काठमाडौ,२ बैशाखः
कर्मचारी समायोजनको विरोध गर्दै आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकहरु काममा फर्किएका छन् । सरकारले चिकित्सकहरुका माग पूरा गर्न १५ दिनको समय मागेपछि आन्दोलनरत चिकित्सकहरु बैशाख १५ गतेसम्मको लागि आन्दोलन स्थगित गरेर काममा फर्किएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शनिबार साँझ सरकार र आन्दोलनरत पक्षबीच भएको वार्तामा सरकारले वैशाख १५ गतेसम्मको समय माग गरेको थियो ।

आन्दोलनरत केहि चिकित्सकहरुले सरकारबाट विगतमा जस्तै धोका हुनसक्ने भन्दै उधारो सम्झौता नगर्ने अडान लिए पनि लगातारको बन्दका कारण धेरै बिरामीले उपचार सेवा नपाएको, बिरामीलाई मार्कामा परेकाले केहिदिनको लागि आन्दोलन स्थगित गरी काममा फर्किने निर्णय लिइएको सरकारी चिकित्सकहरुले जनाएका छन् ।

दुईपक्षबीच भएको छलफलमा डाक्टरको माग बमोजिम नै पुल दरबन्दीका विषयलाई कानुनी रुपमा नै सम्बोधन गर्न सरकार सकारात्मक रहेको दुवैपक्षले जनाएका छन् । मन्त्रालयका प्रतिनिधिले कानुनी रूपमा यो विषयलाई टुंग्याउनुपर्ने भएकाले केही दिनको समय माग गरेकोले आफुहरु केहि दिन समय दिन राजी भएको सरकारी चिकित्सक संघ(गोदान) ले जनाएको छ ।

सरकारी चिकित्सकहरुले आफूहरुलाई संघ माताहत राखेर आवश्यकता अनुसार देशका जुनसुकै कुनामा रहेका स्वास्थ्य संस्थामा खटाउन माग गरेका छन्। सरकारी डाक्टरले एक सातादेखि अस्पतालमा आकस्मिक बाहेकका सेवा बहिष्कार गरेका थिए । उनीहरुले अस्पताल परिसर बाहिर टेन्टबाट भने उपचारका लागि आएका बिरामीलाई सेवा दिँदै आएका थिए ।

सरकारसंग भएको सहमतिपछि आइतबार बसेको गोदान केन्द्रीय समितिको बैठकले १५ दिनसम्मका लागि आन्दोलन स्थगित गरी काममा फर्किने निर्णय गरेको थियो । आन्दोलनस्थगितको निर्णयसंगै सम्पूर्ण सरकारी चिकित्सकहरु पूर्ववत् काममा फर्किएका छन् । तर,सरकारी चिकित्सकहरुले १५ दिनभित्र पनि माग पूरा नभए थप कडा आन्दोलनको चेतावनी दिएका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article राष्ट्रपतिद्वारा लाइसेन्समा पटक–पटक फेल भएका चिकित्सक बिभूषित
Next article स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132726
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web