• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोगबाट नेपालमा वर्षेनी सात हजार मानिसको मृत्यु

May 1st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोगबाट नेपालमा वर्षेनी सात हजार मानिसको मृत्यु

हेल्थ टुडे,
काठमाडौ,१८ बैशाखः नेपालमा क्षयरोगबाट वर्षेनी सात हजार मानिसको मृत्यु हुने गरेको तथ्याङ्क  सार्वजनिक भएको छ । नेपाल क्षयरोग निवारण संस्था विराटनगर शाखाका कार्यक्रम संयोजक घनश्याम कोइरालाले जनचेतनाको अभावका कारण वर्षेनी सात हजारको संख्यामा मानिसको मृत्यु हुने गरेको जानकारी दिएका छन् ।

क्षयरोगबाट मृत्यु हुनेको सङ्ख्या प्रत्येक वर्ष वृद्धि हुँदै गइरहेको र हालको तथ्याङ्क अनुसार ८० हजार क्षयरोगीले उपचार गराइरहेका उनले जानकारी दिए । उनले यस्ता रोगीको सङ्ख्या प्रत्येक वर्ष ४० हजारका दरले थप भइरहेको दावी गरे ।

समयमा उपचार नगराउने, खानपानमा हेलचेक्र्याइँ, जनचेतनाको कमी, पूरा समय औषधि सेवन नगर्नाले मृत्यु दर र रोगीको सङ्ख्यामा वृद्धि भइरहेको हो । एक क्षयरोगीले उपचार नगराउँदा १५ जनासम्मलाई सर्न सक्ने सम्भाबना हुन्छ ।

औषधि सेवन गरेमा यो रोग ९१ प्रतिशत निको हुने संयोजक कोइरालाले बताए । सरकारले क्षयरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ भने क्षयरोगको औषधि अभाव नरहेको सरकारको भनाई छ ।

विराटनगर महानगरपालिकामा मात्रै गत आर्थिक वर्षमा २५१ क्षयरोगका बिरामी भेटिएका थिए । बजेटको अभाव र सबै जिल्ला तथा स्वास्थ्य संस्थामा क्षयरोग निवारणसम्बन्धी कार्यक्रम नभएकाले यो रोग नियन्त्रणमा कठिन भएको संयोजक कोइरालाको भनाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुरक्षित सुत्केरीको लागि नगरपालिकाद्वारा जनचेतना अभियान सञ्चालन
Next article उपचार गर्न बिरामी आफैं जेनेरेटर बोकेर आउँछन् अस्पताल ......

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134299
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web