• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 21st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाइने स्वास्थ्यमन्त्री यादवको आश्वासन

August 18th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अन्तराष्ट्रियस्तरको बनाइने स्वास्थ्यमन्त्री यादवको आश्वासन

हेल्थ टुडे,
दमौली,१ भदौः स्वास्थ्यमन्त्री तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको निर्माण कार्य छिट्टै शुरु गरिने आश्वासन दिएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित उपचार केन्द्रको निरीक्षण गर्दै उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाइने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको नाममा स्थापना भएको उपचार केन्द्रको निर्माणमा ढिलाइ भएको भन्दै मन्त्री यादवले गम्भीर रुपमा लिएर निर्माण कार्य अगाडि बढाउन सरकार दृढ रहेको प्रतिबद्धता जनाए । मन्त्री यादवले भनेः‘उपचार केन्द्रलाई अन्तरराष्ट्रियस्तरको बनाउनका लागि सहयोगी दाताको खोजी भइरहेको छ । सहयोगका लागि दातासँग कुरा पनि भएको छ । भारत सरकारले यसमा चासो देखाइरहेको छ ।’

उनले भौगोलिकलगायत सबै हिसाबले उपचार केन्द्र निर्माण उपयुक्त ठाउँमा रहेको बताए । सरकारले यस वर्ष उपचार केन्द्रको पूर्वाधार विकासको काम गर्नका लागि बजेटको व्यवस्था गरेको उनले जानकारी दिए । बेलचौतारामा करीब ७०० रोपनी जग्गामा निर्माण हुने केन्द्रको गुरुयोजनाको काम यसै वर्ष शुरु हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सम्मानमा विसं २०६७ मा उपचार केन्द्र स्थापना गर्ने निर्णय भएको थियो । स्थानीयस्तरबाट सञ्चालित सेतीगङ्गा सामुदायिक अस्पतालको स्वामित्व गत वर्षको साउनदेखि गिरिजाप्रसाद कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा हस्तान्तरण गरिएपछि सोही अस्पतालको भवनबाट उपचार केन्द्रको प्रशासनिक काम र स्वास्थ्य उपचारको सेवा सञ्चालन भइरहेको छ ।

अस्पतालमा तनहुको शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, रिसिङ गाउँपालिकासहित स्याङ्जा, पाल्पा र नवलपरासी जिल्लाका केही गाउँपालिकाका जनता पनि सेवा लिन आउने गरेका छन् । पचास श्ययाको अस्पतालमा सवारी दुर्घटनाका घाइतेको अलावा झाडापखला, टाइफाइड, ज्वरो, ग्यास्ट्रिक, पेटसम्बन्धी र हाडजोर्नीका बिरामी नियमित आउने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कैलालीमा पनि देखियो डेंगुको संक्रमण
Next article अनियमितता भएको गुनासो बढेपछि क्यान्सर अस्पताल व्यवस्थापन समिति खारेज

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

Sep 10th 4:36 PM
समाचार

डा. झाको नेतृत्वमा वीरमा दुर्लभ न्यूरोसर्जरी, एउटै बिरामीका ६ वटा एन्युरिज्म सफल क्लिपिङ

Sep 10th 1:47 PM
समाचार

बाढी प्रभावितकालागि युएसभी फर्मास्युटिकल्सको चिकित्सक संघ मार्फत डेढ करोड रुपैया सहयोग

Sep 6th 4:02 AM
समाचार

बाढी प्रभावित क्षेत्रका क्यान्सर बिरामीलाई भक्तपुर क्यान्सर अस्पतालमा निःशुल्क उपचार

Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134360
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web