• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

ग्रामीण क्षेत्रमा सर्पदंशको उच्च जोखिम

August 19th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
ग्रामीण क्षेत्रमा सर्पदंशको उच्च जोखिम

हेल्थ टुडे,
दाङ,२ भदौः एक महिनाको अवधिमा जिल्लाको ग्रामीण क्षेत्रमा तीनजना बालिकाले सर्पदंशका कारण ज्यान गुमाएका छन् । जिल्लामा बर्सेनि सर्पदंशका कारण पाँचदेखि ६ जनासम्मले ज्यान गुमाउने गरेका छन् । सर्पदंशका कारण ५–६ जनाले ज्यान गुमाउनुलाई सर्पदंशको अधिक जोखिम मान्न सकिने जिल्ला स्वास्थ्य कार्यालय दाङको भनाइ छ । सर्पदंशका कारण मृत्यु हुनुको मुख्य कारण पायकमा उपचार थलो नहुनु हो ।

जिल्लाका तीन स्थानमा मात्रै सर्पदंशले टोकेका बिरामीको उपचार हुने गरेको छ। तुलसीपुरस्थित प्रादेशिक अस्पताल, घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र लमहीस्थित लमही अस्पतालमा मात्रै सर्पदंशको उपचार सेवा छ । यी अस्पतालहरूमा पनि सर्पले टोकेका बिरामीहरूका लागि प्रयोग गरिने औषधि ‘एन्टी स्नेक भेनम’को पर्याप्तता पनि सधैभरि रहँदैन। केही दिनअघि मात्रै घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएका सर्पदंशका बिरामीले औषधि नपाएको स्वास्थ्यकर्मीले बताएका छन् ।

जिल्लाको ग्रामीण क्षेत्रमा त सर्पदंशको उपचारै हुँदैन । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सर्पदंशको सबैभन्दा जोखिम क्षेत्र भनेकै ग्रामीण क्षेत्र हो। गाउँमा विषालु सर्पले टोकेका बिरामीहरू उपचारका लागि अस्पतालसम्म आउन नपाएरै मृत्यु हुने गरेका घटना धेरै छन् ।सर्पदंशको उपचारका लागि मेडिकल अफिसर तहको स्वास्थ्यकर्मीको अपरिहार्यता रहन्छ। यसका लागि ग्रामीण तहमा सरकारी अस्पतालको अपरिहार्यता रहन्छ। तर ग्रामीण भेकमा मेडिलक अफिसरको दरबन्दी रहने अस्पतालहरू नरहेकाले पनि सर्पदंशका बिरामीहरूको उपचार ग्रामीण भेकमा हुन नसकेको हो ।

कति विषालु सर्पले टोकेको हो र बिरामीमा विष चढेको छ वा छैन भनेर पहिचान गरेर मात्रै यो औषधि प्रयोग गर्नुपर्दछ। विषालु सर्पले टोकेको खण्डमा मात्रै चढाउनुपर्ने यो औषधि सामान्य सर्पले टोकेको अवस्थामा पनि चढाए त्यही औषधिकै कारण बिरामीको ज्यान जाने खतरा हुन्छ । अहिले स्थानीय तहहरूले १५ शड्ढयाको अस्पताल आ–आफ्नो क्षेत्रभित्र सञ्चालनमा ल्याउने बताइरहेका छन्। यसो हुन सके ग्रामीण भेकमा पनि सर्पदंशको उपचार सेवा सहज उपलब्ध हुनसक्ने आशा छ ।

जिल्लाका गढवा गाउँपालिकालाई स्वास्थ्य कार्यालयले जिल्लाको सबैभन्दा बढी सर्पदंशको जोखिम रहेको स्थानका रूपमा राखेको छ। यो गाउँपालिकाका गढा, गंगापरस्पुर , गोबरडिहा गाउँ सर्पदंशको उच्च जोखिममा रहेका छन्। यसैगरी राजपुर गाउँपालिका, राप्ती गाउँपालिका र लमही नगरपालिका क्षेत्र पनि सर्पदंशको जोखिममा रहेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्यका कर्मचारी समायोजनले पूर्णता पाउन अझै समय लाग्ने,७ हजारले मात्र बुझे समायोजनपत्र
Next article बिनादर्ता बिक्री भएका औषधि फिर्ता गर्न औषधि व्यवस्था विभागको ताकेता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132618
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web