• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

राजधानीमा फर्मा एक्पो सुरु

March 3rd, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
औषधि उत्पादकहरुको साझा संस्था नेपाल औषधि उत्पादक संघको आयोजनामा शुक्रबारदेखि राजधानीको भृकुटी मण्डपमा फर्मा एक्पो सुरु भएको छ । तिन दिनसम्म चल्ने एक्पोको नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष पशुपति मुरारकाले उद्घाटन गरेका हुन् ।
मेलामा स्वदेशी र विदेशी गरि १०८ वटा औषधि कम्पनीका स्टल राखिएका छन् । उद्घाटन कार्यक्रममा संघका अध्यक्ष शैकर घिमिरेले नेपाली औषधि उद्योग आत्मनिर्भरताको बाटोमा गइरहेको दाबी गर्दै सरकारले स्वदेशी उद्योगहरुलाई प्रोत्साहन गर्ने वातावरण बनाउनु आवश्यक रहेको बताए । अहिले नेपालमा खपत हुने कुल औषधिको ४५ प्रतिसत औषधि नेपालमै उत्पादन भइरहेको घिमिरेले जानकारी दिए । एक्पोका प्रवक्ता प्रज्ज्वलजंग पाण्डेले पहिलेका वर्षहरु भन्दा यो बर्ष बढी औषधि कम्पनीहरुको सहभागिता रहेको जनाउदै मेलामा करिव ५० हजारले अवलोकन गर्ने अपेक्षा गरेको बताए । नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सरकारले फागुन मसान्त भित्र सबै क्लिनिक दर्ता भइसक्नु पर्ने नियमले औषधि पशल भित्र सञ्चालन हुने क्लिनिक दर्तामा समस्या रहेको बताउदै यसका लागि कम्तिमा ६ महिनाको समय दिनु पर्ने माग गरे ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले उद्योगको विकास नभएसम्म नेपाल समृद्व हुन नसक्ने दाबी गर्दै राज्यले गुणस्तरीय औषधि उत्पादन गर्ने उद्योग सञ्चालनका लागि उपयुक्त वातावरण सिर्जना गर्नु पर्ने बताए । संघका पूर्व अध्यक्ष उमेशलाल श्रेष्ठले सरकारले औषधिको मूल्य नियन्त्रण गर्न खोजेकोमा विरोध गर्दै यसले औषधि उद्योगमा समस्या ल्याउने ठोकुवा गरे । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले बजारमा औषधिको मूल्य कुनै बैज्ञानिक नभएकाले सरकारले मूल्य नियन्त्रण गर्न लागेको बताए । उत्पादक र उपभोक्ता भन्दा पनि बिचौलियाले औषधिको मूल्य बढाएर सयौं प्रतिसत नाफा लिइरहेको जानकारी दिदै सरकार औषधि उद्योगको वाधक नरहेको बताए ।
कार्यक्रममा औषधि उद्योगका विकासमा योगदान दिएको भन्दै पन्ना थापा र आशिश भण्डारीलाई सम्मान गरिएको थियो । एक्सोको उद्घाटन स्वास्थ्य मन्त्री गगन थापाले गर्ने भनिएको भए पनि निर्वाचन आचारसंहिताका कारण थापा उद्घाटनका लागि आएनन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सनमले जितिन ‘ मिस नेपाल पिस ’ को उपाधि
Next article अब माइक्रोस्कोपबाट दाँतको उपचार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133227
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

49
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

47
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web