• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 13th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

हरेक अञ्चल अस्पतालमा डाइलासिस सेवा

March 9th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

स्वास्थ्य मन्त्री गगनकुमार थापाले देशका सबै अञ्चल अस्पतालमा मिर्गौलाका विरामीका लागि डाइलासिस सेवा सञ्चालन गर्न लागिएको बताएका छन् । विश्व मिर्गौला दिवसको अवसरमा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र आरोग्य प्रतिष्ठान, पुल्चोकको संयुक्त आयोजनामा राजधानीको खुल्ला मञ्चमा आयोजना गरिएको विशेष समारोहमा मन्त्री थापाले डाइलासिस सेवा राजधानी सहित बाहिरका केही अस्पतालमा मात्र उपलब्ध भएकाले सयौं विरामीलाई आउजाउमा समस्या परेकोले यो सेवा छिट्टै अञ्चल अस्पतालसम्म विस्तार गर्न लागिएको जानकारी दिएका हुन । मन्त्री थापाले आउँदो बैसाखदेखि सरकारले मिर्गौला प्रत्यारोपण समेत निशुल्क गर्ने गृहकार्य भइरहेको बताए । मिर्गौला रोग लागेपछि त्यसको उपचारमा राज्यले गर्न सक्ने सबै कुरा गरिसकेको दाबी गर्दै अब उपचारभन्दा यो रोग लाग्नै नदिन तर्फ लाग्ने अहिलेको अर्को आवश्यकता रहेको औल्याए । उनले भने, ‘ सरकारले यो भन्दा बढी गर्न सक्ने अवस्था छैन । अव उपचारमा भन्दा रोग लाग्नै नदिने हामी सबै लाग्नु पर्छ । ’ आफू मन्त्री भएपछि डाइलासिस सेवा निशुल्क, मस्तिष्क मृत्यु सम्बन्धि कानून र एक हजार स्वास्थ्य चौकीमा मिर्गौला रोग परिक्षण सेवा उपलब्ध गराइसकेको जानकारी गराउदै मन्त्री थापाले
मिर्गौला बचाउन व्यापक जनचेतना आवश्यक रहेको बताए ।
कार्यक्रममा मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले विश्वमा तिब्र गतिमा बढी रहेको मोटोपनले मिर्गौलाको समस्या पनि बढी रहेको बताए ।
उनले भने, ‘ मोटा व्यक्तिहरुमा ५ देखि ७ गुणा ज्यादा मृगौला फेल हुने जोखिम हुन्छ । ’
समारोहमा आरोग्य प्रतिष्ठानका अध्यक्ष एवं गायिका आनी छोईङ्ग डोल्माले मन्त्री थापालाई अंगदान कार्ड हस्तान्तरण गरिन । थापाले हालै अंगदान गरेका थिए । विश्व मिर्गौला दिवसको अवसरमा मानव अंग प्रत्यारोपण केन्द्रले टुडिखेलमा सर्वसाधारणका लागि निशुल्क मृगौला, मुटु, कलेजो तथा अङ्गदान शिविर सञ्चालन गरेको थियो । कार्यक्रममा पत्रकारिताका माध्यममाबाट मिर्गौला रोगको रोकथाम सम्बन्धि जनचेतना जगाउनमा उल्लेख्य योगदान गरेको भन्दै कान्तिपुर दैनिकका वरिष्ठ स्वास्थ्य पत्रकार अतुल मिश्रलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । मिर्गौला रोगका बिषयमा जनचेतना जगाउदै बसन्तपुरबाट बिहान सुरु भएको र्याली टुडिखेलमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा गायिका छोइङ्ग डोल्मा, संगितकार न्ह्यु बज्राचार्य, श्याम नेपाली र बिश्व नेपालीलगायतले आफनो साङ्गितिक प्रस्तुतिले मनोरन्जन प्रदान गरेका थिए । हरेक वर्ष मार्च महिनाको दोस्रो विहिवार विश्व मिर्गौला दिवस बनाइने गरिन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवसमा ‘ किड्नी वाक ’
Next article किड्नी जोगाउन डा.काफ्लेको प्रिस्कृप्सन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133996
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

143
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

138
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web