नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र आठ जना सदस्यका लागि भएको निर्वाचनको मत गणना आईतबार बिहानदेखि सुरु हुने भएको छ ।
उपत्यका बाहिर र उपत्यका भित्र गरि दुई चरणमा भएको निर्वाचन शनिबार सम्पन्न भएको थियो । निर्वाचन कमिटिका अनुसार कुल ७ हजार ७५ मत खसेको छ । उपत्यका बारिहका १६ मतदान केन्द्रमा यही भदौ २३ गते निर्वाचन भएको थियो भने उपत्यकाका दुई वटा मतदान केन्द्रमा २९ भदौ देखि मतदान सुरु भएर शनिबार सम्पन्न भएको हो । मतदान शान्तिपूर्वक सम्पन्न भएको निर्वाचन कमिटिका संयोजक डा. विश्वराज जोशीले बताए ।
उनका अनुसार मतगणना आईतबार बिहानदेखि हुने छ । एक जना उपाध्यक्षका लागि ३ जना उम्मेदवार मैदानमा छन् भने आठ सदस्यका लागि दुई दर्जन युवा चिकित्सक मैदानमा उत्रेका छन । काउन्सिलमा दर्ता भएका सबै चिकित्सकले मतदान गर्न पाउने व्यवस्था छ । काउन्सिलमा अहिलेसम्म करिव १८ हजारभन्दा बढी चिकित्सक दर्ता भएका छन । निर्वाचन कमिटिका अनुसार उपत्यकामा साडे तिन हजार र उपत्यका बाहिर पनि साडे तिन हजार गरेर ७ हजार मत सकेको छ । यो संख्या अहिलेसम्म कै सबैभन्दा कम हो ।
Leave a Reply