• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 3rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

November 14th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
जुम्लामा सम्पन्न आँखा शिविरमा १७६ जनाको शल्यक्रिया

जुम्ला, २८ कात्तिक : यही कात्तिक २४ देखि २७ गतेसम्म जुम्ला खलंगामा सञ्चालन भएको चारदिने आँखा शिविरमा १७६ जना आँखाका रोगीको मोतिबिन्दुको शल्यक्रिया गरिएको छ ।

स्वास्थ्य मन्त्रालय र नेपाल नेत्र ज्योति संघको आर्थिक सहयोग तथा हिमालयन आँखा अस्पताल पोखराको आयोजनामा १७६ जना मोतिबिन्दुका रोगीको शल्यक्रिया गरिएको हो ।

आँखा अस्पताल, पोखराका मेडिकल निर्देशक डा इन्द्रमान महर्जनको नेतृत्वको छजनाको टोलीले शल्यक्रियामा सहयोग पु¥याएको आँखा उपचार केन्द्र जुम्लाका केन्द्र प्रमुख कालीबहादुर रावतले जानकारी दिनुभयो ।

उहाँका अनुसार शिविर सञ्चालनका क्रममा ७९७ जनाले आँखाको उपचार सेवा लिएका छन् । शिविरबाट संसार देखाउने आँखाको उपचार सजिलै जुम्लामै लिन पाउँदा आफू निकै खुशी भएको तिला गाउँपालिका–७ का प्याउरी रोकायाले बताउनुभयो ।

यता पातारासी गाउँपालिका–७ का अमरसिंह सुनारले हामी ज्येष्ठ नागरिकका लागि यो शिविर भगवान् नै सावित भएको जनाउनुभयो । तिलागुफा नगरपालिका–१ फोइमहादेवगाउँ कालीकोटका सिंहबहादुर महताराले शिविर आफ्ना निम्ति वरदान भएको प्रतिक्रिया दिनुभयो ।

हिमालय आँखा अस्पताल पोखराका मेडिकल निर्देशक डा महर्जनले दुर्गम कर्णालीका नागरिकलाई आँखा उपचारमा सेवा पु¥याउने ध्येयले वर्षैपिच्छे एकपटक भएपनि शिविर सञ्चालन गर्दै आएको बताउनुभयो ।

नेत्र ज्योति संघ, जुम्लाका सभापति धनबहादुर बस्नेतले शिविरबाट ज्येष्ठ नागरिक बढी लाभान्वित भएको जनाउनुभयो । त्यसका साथै आँखाका ३३० रोगीलाई चस्मा वितरण गरेको उहाँले बताउनुभयो ।

शिविरमा शल्यक्रिया गरेका ६० जनालाई लायन्स क्लब, पोखराले लत्ताकपडा र २१ बिरामीलाई साईराम समूह जुम्लाले कम्बल वितरण गरेको आइवर्कर सुपरभाइजर दलबहादुर महताराले जनाउनुभयो । शिविरबाट मुगु, कालीकोट, डोल्पा र जाजरकोटका नागरिकले सेवा लिएको आँखा उपचार केन्द्र जुम्लाले जनाएको छ ।

नेत्र ज्योति संघ, पोखराका सदस्यहरु प्राध्यापक डा द्वय दिलबहादुर क्षेत्री र ज्ञानबहादुर कार्की तथा संघका सदस्य गणेश ढकाल, मुगाली बौद्धमार्गी समाजले शिविरमा सहयोग गरेका थिए भने स्व मोहनसिंह कठायतको सम्झनामा उहाँका आमा सत्यदेवी कठायत, सन्ध्या फाउण्डेसन र प्रदेश क्षेत्र नं (क) का उम्मेदवार राजुसिंह कठायत र व्यापारी मीनबहादुर कठायतले बिरामीको खानामा सहयोग गरेको बताइएको छ । रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० प्रतिशतमा मधुमेहको समस्या
Next article साधन प्रयोग गर्नेमा नपढेका बढी

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

144
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web