• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home

कति गुणस्तरीय छन् नेपालमा पाइने कन्डम  

November 17th, 2017 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
कति गुणस्तरीय छन् नेपालमा पाइने कन्डम  

  हेल्थ टुडे

हामी टिसर्ट किन्दासमेत त्यसको ब्रान्ड सोध्छौं । साइज हेर्छौ। मूल्य बुझ्छौं । त्यसपछि चित्त बुझेपछि मात्र किन्छौं । के तपाईंले कन्डम किन्दा कहिल्यै टिसर्ट वा अन्य कुनै वस्तु किनेझैं किन्नु भएको छ ।  पक्कै पनि धेरै कमले मात्र त्यसो गर्नु भएको होला । राम्रो गुणस्तरको जुत्ता जसरी हिँड्दा आरामदायी हुन्छ, टिसर्टलगायत कम्फर्ट फिल हुन्छ, त्यसरी नै सही कन्डमको छनोट र प्रयोगले तपाईंको यौनसाथीसँगको सम्पर्क उत्तिकै आनन्दमय बनाउँछ । त्यसैले सहवासलाई कत्तिको सुरक्षित र सेक्सी बनाउने भन्ने कुरा तपाईंको सानो छनोटमा भर पर्दछ ।

नेपाली बजारमा दर्जनौं किसिमका कन्डमहरू उपलव्ध छन् । सरकारी या संघसंस्थाले पनि कन्डम उपलब्ध गराउने गरेका छन् । गुणस्तरीय कन्डमको सही प्रयोगले अनिच्छित गर्भ रहनबाट मात्र जोगाउँदैन । एचआईभीको संक्रमण रोक्न पनि यसले भूमिका खेल्छ । सहवास गर्नुपूर्व लिंगमा लगाइने कन्डमको फाइदा यत्तिमात्रै छैन । यसले कतिपय यौनरोगहरू, हेपाटाइटिस सीलगायतका अन्य संक्रमणबाट समेत जोगाउँछ ।

जुत्ता किन लगाउने . नांगै हिँडे पनि त भइहाल्यो नि भन्नेहरूलाई तपार्इं जे जवाफ दिनुहुन्छ, ठीक त्यही कुरा कन्डमको सन्दर्भमा पनि लागू हुन्छ । त्यसैले श्रीमान् श्रीमतीका बीच यौनसाथीका बीच, जुनसुकै बेला पनि कन्डमको प्रयोग जरुरी हुन्छ । हो, कन्डमको प्रयोगबाट यौन आनन्द आउँदैन भन्ने गुनासाहरू पनि नसुनिएका होइनन् । माथि नै भनिसकियो, तपाईंले कन्डम छान्ने, कन्डमको प्रयोग गर्ने र यौन वातावरणको निर्माण गर्ने कुरामा सही निर्णय लिएर काम गर्नुभयो भने यसले तपाईंको सहवासलाई चरम सुखतर्फ लैजानेमा शंका गर्नु पर्दैन ।

कन्डमको गुणस्तरीयता तपाईंको छनोटको मुख्य आधार हुनुपर्छ । विडम्बना, नेपालमा कन्डमको गुणस्तर नाप्ने कुनै संयन्त्र छैन । औषधिहरूको गुणस्तरीयतालाई औषधि व्यवस्था विभागले नियन्त्रण गर्ने भए पनि कण्डमको गुणस्तर के कस्तो छ . यसमा आवश्यक सवै तत्वहरू छन् कि छैनन्, यसलाई प्याकेजिङ गर्नु अगाडि जाँच गरिएको छ कि छैन ।  प्रयोग गरिएको रबर, सिलिकन, ल्युव या अन्य पदार्थहरू उपयुक्त छन कि छैनन् ? भन्ने बारेमा नेपालमा जाँच हुँदैन ।

बजारमा पाइने सबै कन्डमहरू गुणस्तरीय नै छन् भनेर दाबी गर्न सकिँदैन । अमेरिकामा भने ल्याटकस (रबरबाट प्राप्त गरिने पदार्थ) कन्डम उत्पादकहरूले भने संघीय औषधि प्रशासन फेडरल ड्रग एडमिनिस्टे«सनका मानकहरू पूरा गर्नै पर्दछ । यो भनेको कुनै एउटा ब्याजको कन्डम प्याकेज गर्नु अगाडि यो खराब अर्थात् डिफेक्ट छ कि छैन भनेर अनिवार्य विद्युतीय जाँच गरिनु पर्दछ । यसबाहेक औषधि प्रशासनले हरेक ब्याचका नमुनाहरूलाई यसमा प्वाल छ या छैन भनेर जाँच गर्दछ ।

हामीकहाँ अमेरिकामा उत्पादन हुने कन्डमहरू पनि बजारमा छन । कतिपय कन्डमहरू भारतबाट आयातित हुन्छन् । कुन कम्पनीको कन्डम गुणस्तरीय र भरपर्दो छ भन्ने कुरा उपभोक्तालाई जानकारी दिने किसिमको कुनै संयन्त्र नहुँदा उपभोक्ता स्वयंले यसमा सचेत हुनुपर्ने अवस्था छ ।

अनुदानमा बाँडिने कन्डमहरू कमिसनको कारण कमसल गुणस्तरको किनिने र उपभोक्ताहरूले प्रयोग गर्न नमान्ने गुनासाहरू बारम्बार आइरहने गर्छन् । विज्ञापन या बाहिरको खोल आकर्षक हुँदैमा भित्रको सामान राम्रो हुन्छ भन्ने भ्रममा पर्नु हुँदैन ।

साइजको कुरा गर्दा कन्डमहरू औसत लिंगको साइजका आधारमा (४ इन्चदेखि ७ इन्चसम्म) निर्माण गरिएका हुन्छन् । विशेष साइज या साँघुरो या खुकुलो कन्डम पनि बजारमा पाउन सकिन्छ । नेपाली बजारमा भने औसत सबैलाई मिल्ने किसिमको कन्डम उपलब्ध छन् । कन्डम भित्र प्रयोग हुने ल्युब या जेली (चल्लो पदार्थ) गुणस्तरीय कम्पनीको उत्पादनमा राम्रो खाले प्रयोग गरिएको हुन्छ । मुख मैथुनका लागि बिना जेल या चिल्लो भएका कन्डम पनि वनाइका हुन्छन् । कन्डमबाहेक आफैंले अतिरिक्त ल्युव या चिल्लो पदार्थ प्रयोग गर्दा सबै खालको कन्डममा सबै किसिमको चिल्लो पदार्थ मेल नहुन सक्छ ।

कुनै कन्डमको बाहिर पातलो, डेटेड आदि इत्यादि लेखिएको हुन्छ । तर लेखिएअनुसार उक्त पातलो या मोटो कुन कन्डम कति प्रभावकारी हुन्छ  भन्ने कुनै अनुसन्धान नेपालमा भएको देखिँदैन ।

कन्डमको प्रयोग गर्दा मुख्य कुरा तपाईंले आफू र आफ्नो साथीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याल राख्नु पर्दछ । गुणस्तरीय कम्पनीको कन्डम किन्ने, यौन आनन्दलाई कन्डमसँग तुलना नगर्ने, यौन सम्पर्कको वातावरण आनन्दमय बनाउने, कन्डमको सही किसिमले प्रयोग गर्ने हो भने तपाईंको यौन जीवनमा कन्डमले उन्मादको आगोमा घिउको काम पक्कै गर्नेछ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टिबायोटिक प्रयोग गर्दा जान्नै पर्ने कुरा
Next article तपाईको पनि हुनसक्छ मिर्गौलामा पत्थरी 

Health Today Nepal

Leave a Reply Cancel reply

Timeline
Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133292
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

42
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

32
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

51
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web