• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 26th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा

November 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य बन्यो प्रदेश–७ को चुनावी मुद्दा

हेल्थ टुडे

स्वास्थ्य सुधारको बिषयलाई प्राथमिकता नदिने प्रदेश–७ का राजनीतिक दलका नेताहरुले यो पालीको निर्वाचनमा भने स्वास्थ्य सुधारका बिषयलाई आफ्नो चुनावी एजेण्डा बनाएका छन् । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले आफ्नो चुनावी एजेण्डामा गृहजिल्ला डडेल्धुरामा रहेको उपक्षेत्रिय अस्पताललाई स्तरोन्नती गर्ने र सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउने समावेस गरेका छन् । उनले आईतबार डडेल्धुरामा आयोजित चुनावी कार्यक्रममा पनि स्वास्थ्यलाई आफ्नो चुनावी एजेण्डा भएको बताएका थिए । एमाले उपाध्यक्ष भिम रावलले पनि अछाम  जिल्ला अस्पतालको क्षमता वृद्वि गर्ने, स्तरोन्नति गर्ने र विशेषज्ञ सेवा जिल्लामा उपलब्ध गराउने बिषयलाई चुनावी मुद्दा बनाएका छन् ।

कैलाली ५ की उम्मेदवार एवं सेभ मदर हुडकी संस्थापिका समेत रहेकी आरजू देउवाले आफूले जिते सेती अञ्चल अस्पताललाई ३ सय शैयाको बनाउने बाचा गरेकी छन् । अस्पताल निरिक्षण गर्न गएकी आरजूले शैया अभावमा विरामीले उपचारमा कठिनाई भइरहेको बताउँदै कम्तिमा पनि ३ सय शैयाको अस्पताल आफुले बनाउन तत्काल पहल गर्ने बताइन । सेती अञ्चल अस्पतालमा अहिले १ सय ५० शैयाको छ ।

सेवा सुधिवा भएर पनि विशेषज्ञ चिकित्सक बस्न नमान्ने समस्याबाट गुज्रिरहेको कञ्चनपुरमा रहेको महाकाली अञ्चल अस्पतालको स्तरोन्नती र सुधारलाई कञ्चनपुरका उम्मेदवारहरुले चुनावी मुद्दा बनाएका छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता, पुर्व मन्त्री एवं कञ्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार रमेश लेखकले आफ्नो चुनावी एजेण्डामा महाकाली अञ्चल अस्पतालको स्तरोन्नतीलाई प्रमुख मुद्दा बनाएका छन् । दोधरा चादनीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई पन्ध्र शैयाको बनाउने र चौविसै घण्टा आकस्मिक सेवा सञ्चालन गर्ने पनि उनको चुनावी एजेण्डा छ । त्यसैगरि कञ्चनपुर ३ कै एमाले उम्मेदवार डा. दीपकप्रकाश भट्टले पनि महाकाली अञ्चल अस्पतालको सुधार र दोधरा चादँनीको स्वास्थ्य केन्द्रलाई सुविधा सम्पन्न बनाउने मुद्दा अगाडि सारेका छन् ।

कैलाली क्षेत्र नम्बर १ प्रदेश सभा ख का उम्मेदवार रणबहादुर रावलले पनि आफ्नो प्रमुख चुनावी मुद्दा टिकापपुरमा सुविधा सम्पन्न अस्पताललाई बनाएका छन । बैतडीबाट प्रतिनिधि सभाका उम्मेदवार एवं एमाले नेता दामोदर भण्डारीले पनि बैतडी जिल्ला अस्पतालदेखि पाटन, पुुर्चौडी, मेलौली सबै ठाउँका स्वास्थ्य संस्थामा सधै डाक्टर बस्ने बनाउने मुद्दालाई अगाडि सारेका छन् । एउँटा पनि मेडिकल कलेज नभएको, क्षेत्रिय अस्पताल नभएको र उपचारका लागि सधै सिमापारीको भर पर्नु पर्ने बाध्यतामा रहेका प्रदेश नम्बर ७ का मतदातालाई नेताहरुका चुनावी भाषणले प्रभाव पार्ने भएकाले स्वास्थ्यलाई चुनावी मुद्दा बनाइएको हुन सक्ने जिल्ला जनस्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थी बताउछन । कहिल्यै स्वास्थ्यका मुद्दालाई चुनावी नारा नबनाउने यहाँका नेताहरुले स्वास्थ्य सुधारलाई गम्भिरताका साथ लिएर काम गरे यहाँको स्वास्थ्य अवस्था सुधार आउने उनले बुझाई छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article बदलिँदो मौसमसँगै हुने एलर्जी
Next article निधीको स्वास्थ्यमा क्रमिक सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

Aug 25th 11:42 AM
समाचार

पाँच महिना बित्दा पनि सकिएन स्वास्थ्यमा सरुवा : नीति योजनामा डा. विवेक र क्षयरोगमा डा. गुणनीधि

Aug 22nd 2:22 PM
समाचार

वरिष्ठ स्त्रीरोग तथा प्रसूति विशेषज्ञ प्रा. डा. गणेश डंगाललाई प्रतिष्ठित FICOG फेलोसिप

Aug 21st 7:26 AM
समाचार

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा. प्रमोद जोशी नियुक्त

Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134266
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

97
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

15
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

100
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web