• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

मिर्गौंला कसरी जोगाउने ?

November 23rd, 2017 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौंला कसरी जोगाउने ?

डा. सुमित आचार्य

मिर्गौंला भनेको हाम्रो शरीरको पेटको पछाडि ढाडको दुवैतिर रहेको दुईवटा महत्वपूर्ण अंग हो । प्रत्येक मिर्गौंला सिमीको गेडा आकारको ४ देखि ५ इन्च लामो हुन्छ । मिर्गौंलाले एक दिनमा सरदर दुई सय लिटर रगत छान्छ र त्यसबाट उत्पन्न शरीरका विकार तत्वलाई पिसाबको रूपबाट बाहिर पु¥याउँछ । यसका अतिरिक्त मिर्गौलाले राता रक्तकोष उत्पादन गर्न, हाड मजबुत बनाउन र शरीरमा रक्तचाप नियन्त्रण गर्न मद्दत पु¥र्याउँछ । मिर्गौंला रोग लागेको पत्ता लगाउन सर्वप्रथम मिर्गौंला परीक्षण गर्नुपर्छ । मिर्गौंला रोगको लक्षण देखिएपछि उपचार गर्छु भन्नु एकदम खतरानाक हुन्छ । किनभने मिर्गौंला रोगको लक्षण देख्नु भनेको मिर्गौंला बिग्रिसकेको अवस्था हो । शरीरको अवस्थाका बारेमा बेलाबेलामा जानकारी लिनुपर्छ । मिर्गौंलाको रोग भनेको लक्षण नै नदेखि हुने समस्या हो । मिर्गौंलाको उपचार निकै नै महँगो पर्ने भएकाले यो रोग लागेपछि शरीरको अवस्था त कमजोर हुन्छ नै आर्थिक अवस्था पनि कमजोर बनाउँछ ।

मिर्गौंलाले के काम गर्छ ?

मिर्गौंलाले हामीले खाएको खाद्यपदार्थ जुन शरीरलाई चाहिँदैन त्यसलाई शरीर बाहिर फाल्ने काम गर्छ । दूषित पदार्थ शरीरमा नबसोस् भनेर मिर्गौंलाले पिसाबको माध्यमबाट फ्याक्ने गर्छ । मिर्गौंला रोग लागेपछि रगत छानेर दूषित पदार्थ पिसाबमा फाल्ने क्षमता घट्छ ।

मिर्गौंला रोगको लक्षणहरू

शरीर सुनिने, पिसाब रातो हुने, पिसाब कम हुने, पिसाब धेरै लाग्ने । खाना रुचि कम हुने, वाकवाक लाग्ने ।  शरीरमा रगत कम भएर शरीर सेतो हुने । शरीरको छाला गाढा कालो भएर जाने ।  सास फेर्न गाह्रो हुने, छाती दुख्ने, मानिस बेहोससम्म हुने ।सानो उमेरमा नै उच्च रक्तचाप हुनुको प्रमुख कारण मिर्गौंलासम्बन्धी रोग हुन सक्छ ।

मिर्गौंला बिग्रनुका कारणहरू

शरीरमा पानीको मात्रा कम हुनुजस्तै धेरै झाडापखाला लाग्नु वा बान्ता हुनु वा धेरै गर्मीमा काम गर्नु र पर्याप्त मात्रामा पानी नपिउनु ।

पिसाब मार्गमा ढुंगा वा प्रोस्टेड ग्रन्थी बढेर अवरोध हुने । धेरै मात्रामा औषधिहरू सेवन जस्तै– केही एन्टिबाइटिक र दुखाइ कम गर्ने औषधिहरू । रोग प्रतिरोधात्मक शक्तिमा कमी ल्याउने रोगजस्तै स् एचआईभी एड्स हेपाटाइटिस ‘बी’ र ‘सी’ वा लामोसमयसम्म भाइरसको संक्रमण । मधुमेह र उच्च रक्तचाप नियन्त्रणमा नहुनु ।

मिर्गौंला रोगबाट बच्न के गर्ने ?

रक्तचाप र मधुमेहको नियमित परीक्षण गरी नियन्त्रणमा राखौं । स्वस्थ व्यक्तिहरूले पनि कम्तीमा वर्षको एक पटक स्वास्थ्य परीक्षण गराई रगत पिसाबको जाँच गराऔं ।  प्रशस्त मात्रामा पानी पिऔं र जथाभावी औषधि सेवन नगरौं ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article निन्द्रा लाग्दैन भने यसो गर्नुहोस्
Next article बौलाहा कुकुरले टोकेको वर्षौंपछि पनि रेबिजको खतरा

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

142
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

136
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web