• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 8th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
बिशेषज्ञ लेख

उच्च कोलेस्टेरोल पनि हृदयाघातको कारण

November 28th, 2017 बिशेषज्ञ लेख 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उच्च कोलेस्टेरोल पनि हृदयाघातको  कारण

डा. रमेश पौडेल

मधुमेह, उच्च रक्तचाप र धूम्रपानबाहेक उच्च कोलेस्टेरोल पनि हृदयाघातको महत्वपूर्ण कारण हो । कोलेस्टेरोल भनेको रगतमा पाइने मैनजस्तो टाँसिने चिल्लो वा बोसो हो । पछिल्ला दिनमा अधिकांश नेपालीमा कोलेस्टेरोल आवश्यकताभन्दा बढी पाइएको छ । चिकित्साशास्त्रको भाषामा कोलेस्टेरोल बढी हुनुलाई हाइपर कोलेस्टेरोमिया भनिन्छ । यो स्वास्थ्यका लागि खतराको संकेत हो । उच्च कोलेस्टेरोल धमनी कडा बनाउनमा सबैभन्दा बढी सहयोगी तत्व हो, जसले पछि गएर एन्जाइना, हृदयाघात र पक्षाघाततर्फ उन्मुख गराउन सक्छ ।

किन हुन्छ रगतमा बडी  कोलेस्टेरोल ?

मोटो वा व्यायाम नगर्ने मानिसले चिल्लो वा बोसोयुक्त खाना खाएमा उसको कोलेस्टेरोलको स्तर असाधारण रूपमा बढ्न सक्छ । धेरै चिल्लो र बोसोयुक्त खानाले कोलेस्टेरोल बढाउने मात्र होइन यसले असल कोलेस्टेरोल पनि घटाउँछ । तयार भइसकेको खानालाई धेरै समयसम्म राखिन्छ । आलु, चिप्स, छिटो खानलाई बेस्करी तारेका खानाहरू तथा अरु चुर्बुरचुर्बुर खानेकुराहरूमा चिल्लो बढी प्रयोग हुन्छ । विभिन्न वंशानुगत कारणबाट पनि कोलेस्टेरोलको मात्रा उच्च हुन सक्छ । वंशानुगत कारणबाट पनि कोलेस्टेरोलको मात्रा उच्च हुन सक्छ । वंशानुगत रूपमा आएको अनियमित कोलेस्टेरोल व्यक्तिलाई चाँडो हृदयाघात हुने सम्भावना हुन्छ । यदि वंशानुगत रोगका कारण कुनै व्यक्तिमा कोलेस्टेरोलको मात्रा बढेको आशंका भएमा केटाकेटीदेखि परिवारका सवै सदस्यले यसको जाँच गराउनु जरुरी छ ।

किन बढ्छ कोलेस्टेरोल

कोलेस्टेरोलको नियमित जाँच हुनु अत्यावश्यक छ । पुरुष तथा महिला दुवै वयस्कहरूले कोलेस्टेरोलको नियमित जाँच गराउनुपर्छ । मधुमेह, ज्यादै मोटो, मुटुको रोगको पारिवारिक इतिहास भएका व्यक्तिहरूले वर्षको एक पटक अनिवार्य रूपमा कोलेस्टेरोलको जाँच गराउनुपर्छ । बढ्दो उमेरका केटाकेटीहरूको मुटुमा केही प्रतिकूल असर परेको छ, छैन भनी जान्न पनि यो जाँचले धेरै मद्दत गर्छ ।

उपचार विधिहरू

रगतमा भएको कोलेस्टेरोल एक प्रतिशत घटाउनु भनेको मुटुको रोग तीन प्रतिशत घटाउनु हो भनी एक अध्ययनले निष्कर्ष निकालेको छ । कोलेस्टेरोल घटाउन रातो मासु, फुलको पहेँलो र दुग्ध पदार्थहरू नखान सिफारिस गरिएको छ । दिनमा करिव ४० मिनेट एरोबिक व्यायाम गरेर शरीरका लागि चाहिएको तौल कायम राख्न प्रयास गर्नुपर्छ । यदि यसो गर्दा पनि चाहिएको जति तौल कायम भएन भने चिकित्सकको सल्लाह लिएर औषधि खान थाल्नुपर्छ । वंशानुगत आएको मामिलामा भने लामो समयसम्म औषधि सेवन गर्नुपर्ने हुन्छ ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article यौन भावना लुकाउनु राम्रो होईन
Next article यी हुन् उत्कृष्ठ क्यान्सरका डाक्टर

Health Today Nepal

Related Posts

समान्य नहुनसक्छ रुघाखोकी

समान्य नहुनसक्छ रुघाखोकी

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

मधुमेहबाट बच्न सानो थाल

मधुमेहबाट बच्न सानो थाल

Leave a Reply Cancel reply

Timeline
Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132676
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

25
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web