• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 20th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मुगुमा भाइरल ज्वरोको प्रकोप

December 5th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मुगुमा भाइरल ज्वरोको प्रकोप

हेल्थ टुडे,
मुगुमा भाइरल ज्वरोको कारण १४ जनाको मृत्यु र औषधि अभाव भएसँगै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अनुगमनका लागि उच्चस्तरीय टोली पठाएको छ । एक महिना लामो प्रकोपबाट १४ जनाको मृत्यु भएको छ भने, १ सय ८१ जना बिरामी परेका छन्। महाशाखाका निर्देशक डा. भीम आचार्यले भाइरल ज्वरोसँगै अन्य स्वास्थ्य समस्याका कारण ११ जनाको मृत्यु भएको खबर आउनासाथ रोग पत्ता लगाउन उच्चस्तरीय टोली मुगु पठाइएको बताए।

‘अहिले सम्म पनि स्वास्थ्यकर्मीको टोली प्रभावित स्थानमा खटिरहेको छ,’ आचार्यले भने, ‘महाशाखाले जिल्ला अस्पताल मुगुबाट थप एक चिकित्सक आवश्यक औषधि सहित प्रभावित खप्त्याड गाउँपालिका तर्फ पठाएको छ । चाँडै नियन्त्रणमा आउने छ। बाहिर आएको जस्तो औषधि नभएको भन्ने कुरा सहि हैन ।’

निर्देशक आचार्यले भने, ‘हामीले मुगुमा जानकारी लिएका छौं । आवश्यक पर्ने सबै प्रकारका औषधि उपलब्ध छन् । कमी नहोस् भनेर खरिद गर्न रकम समेत पठाएका छौं।’

मुगु जिल्लाको सहायक जिल्ला अधिकारी मोहन केसीले मुगुमा समाचारमा आएजस्तो भाइरल ज्वरोको महामारी नफैलिएको दावी गरे। केसीका अनुसार कार्तिक १५ देखि अहिलेसम्म १४ जनाको मृत्यु भएको छ । कालगतिले मर्ने र अन्य कारणले मर्नेहरु पनि १४ जना भित्रै रहेको उनले बताए।

उनले भने, ‘२२ हजार जनसङ्ख्या भएको यहाँ १४ जना मरेका छन् त्यो पनि ६५ वर्ष माथिका । उनीहरु भाइरल ज्वरोका कारण हैन दम र निमोनियाका कारणले मरेका हुन् । समाचारमा आएजस्तो कुनै भाइरल ज्वरोको महामारी छैन् । औषधि पनि पर्याप्त छ।’

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदबाट घातक रोगको उपचार
Next article परिवार नियोजन गरे बाफत चिकित्सकलाई ७५ रुपैया !

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 1:25 PM
समाचार

डब्लूएचओ र युएनएफपिएले स्वास्थ्य सेवा सुदृढ गर्न नयाँ कार्यक्रम सुरु गर्ने

Aug 19th 5:11 AM
समाचार

नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा ईएनटी विशेषज्ञ प्रा डा ढुण्डीराज पौडेल नियुक्त

Aug 18th 8:42 AM
समाचार

लागु औषध प्रयोगकर्ता र एचआईभी संक्रमितलाई अपराधिकरण गर्नु भन्दा अवसर दिनु पर्नेमा जोड

Aug 17th 10:05 AM
समाचार

स्थानीय चुनाव आउन ९ महिना बाँकी, स्वास्थ्यमन्त्री मेहताको ‘भोट अभियान’

Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134164
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

135
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

19
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

140
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web